• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

ओलीलाई घेराबन्दी र विरोधका १२ दृष्टान्त: त्रासदीपूर्ण दुष्कृत्य


  •   बुधबार, असार २५, २०७६ मा प्रकाशित
  • सूर्य थापा। यो कसैको व्यक्तिगत विरोध होइन । तर…दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकारलाई सनातन गठबन्धन सरकारहरूभन्दा भिन्न हैसियत, भूमिका र स्थिरताका साथ संचालन गर्न र हुन किन कठीनाई परेको होला? जनताको मनमनमा प्रश्नहरू उठेका छन् ।
    किनभने,
    १. पूर्व एमालेकै कतिपय नेता र सांसदहरूद्वारा शृङ्खलाबद्ध र नियोजित रूपमा सरकारको बेइमानीपूर्ण आलोचना र भर्त्सना भएको छ । सत्तारूढ सांसदहरू नै पार्टीको अनुशासन र मार्गदर्शनमा नचलिरहेकोजस्तो देखिएको छ ।
    २. पूर्व माओवादीकेन्द्रका तर्फबाट मन्त्री भएका केही व्यक्तिहरूको विवादास्पद निर्णय निर्देशित र निहित परिणाम लक्ष्यितजस्तो छ । त्यसो गर्दा कूटनीतिक सम्बन्धको समेत ख्याल नगरी बिगार्नेखालको र संशयपूर्ण गतिविधि रहेको छ ।
    ३. सरकारका राम्रो कामको प्रतिरक्षा नै नगरी मन्त्रीहरु लोकसेवाबाट नाम निकालेर ३० बर्ष पूरै अवधि र ५८ बर्ष उमेरहदसम्म निरन्तर पदमा विराजमान हुन आएजस्तो रवाफ प्रदर्शन गरिरहेको पाइन्छ । नीति, कार्यक्रम र बजेट मन्त्रीमुखी हुन पुगेको छ, आफ्नो हात जगन्नाथ गरिएको छ र जनमुखी बनाउन कोसिस नै गरेको देखिएन ।
    ४. मन्त्रीहरू सबै अत्यन्त जान्नेसुन्ने देखिन चाहने, तर खासमा केही नजान्नेजस्तो सावित भएर सूर, ताल र लयबिहीन मन्त्रिपरिषद् प्रतीत हुन्छ । मन्त्रीहरूको कार्यशैली धाकभन्दा धक्कु ठूला, हिड्दाखेरि खुट्टा लुलाजस्तो भएको छ । यसले गर्दा नै सफल कार्यसम्पादन देखिएको छैन ।
    ५. बोल्नै नपर्ने बिषयमा प्रधानमन्त्री र सल्लाहकारहरूको जवाफी फायरिङ चलेको छ । काममा दिने जवाफ कुराले दिँदा तिक्तता झनै बढ्न बल पुगेको छ ।
    भारतमा १० बर्ष मनमोहन सिंह र चीनमा सि जिन पिङको जारी कार्यशैली अनुकरण गरी नेतृत्वले कुराले भन्दा कामले परिणाम देखाउन जरूरी छ । मूल्याङ्कन त कसैको पनि सुन्दर कुरामा होइन, औसत काममा हुने हो ।
    ६. सारा अपजस प्रधानमन्त्रीमाथि थोपरेर जनमतकै खिल्ली उडाउने प्रपंच रचिएको छ । पहिले (२०१६मा) बीपीले सकेनन्,अहिले(२०७६ मा) केपीले नसकेको भन्ने माहोल बनाउने षड्यन्त्रमूलक सक्रियता र चलखेल जारी छ ।
    ७. केपी ओलीका पखेटा काटेर र लोकप्रियता कमजोर पारेर मात्र आफू प्रभावी हुनसक्ने प्रतिस्पर्धी विभिषण प्रवृत्तिको गठजोडको प्रयास भएको पाइन्छ । विदेशी शक्तिहरूको सरकारलाई घेराबन्दी र थुनछेक तथा नेकपामा विभाजनकारी कोशिसअन्तर्गत प्रोत्साहन, मलजल र दानापानी चलेको छ ।
    ८. एकपछि अर्को गरी सरकारविरुद्ध भ्रमको तुवाँलो सिर्जना गरिएको छ । खानेपानी मन्त्री मेलम्चीमा चुर्लुम्मै भएर उपत्यकाबासी आक्रोसित छन्, उद्योग र कृषिमन्त्री विषादी प्रकरणमा निर्वस्त्र हुनु निकै दुखद छ । मलेशियाको रोजगार गन्तव्यको विवादका कारण डेढ बर्षदेखि निरन्तर समस्या भएर श्रममन्त्रीको पुरानो छवि धूमिल भएको छ । विधेयकहरूको तयारी र दर्ता एवं कानून निर्माणको प्रक्रियामै केही मन्त्रीहरूको खेलाँची र चरम हेलचक्र्याइ प्रमाणित भएको छ । गुठीआदि विधेयक जनमत, तथ्य र यथार्थ विपरित हुनाले फिर्ता गर्न बाध्य हुनुपरेको छ । लोकसेवाको विग्यापनविरुद्ध गरिएको षड्यन्त्र भने असफल भयो । चिकित्साशास्त्र विधेयक र लोकसेवाको सूचनाको विरोधमा उत्रिने र उतार्नेहरू नाजवाफ र निरूत्तर भएका छन् ।
    ९. भ्रष्ट, स्वार्थी र माफियाहरूको उछलकूद जारी छ । सरकार दूरी कायम गर्न अनिच्छुक भएर तिनको प्रभाव बढ्दो छ ।
    १०. स्थायी सरकार कर्मचारीतन्त्र मणि हराएको सर्पजस्तै काम र परिणाममा असहयोगी र लक्ष्यबिमुख नै सावित छ ।
    ११. पार्टीको भूमिका शून्यप्राय: रहेको छ । एकता प्रक्रियामा ढिलाइको सरकार संचालनमा प्रत्यक्ष नकारात्मक असर परेको छ । दोस्रा अध्यक्षको सार्वजनिक अभिव्यक्ति सदैव आगोमा पानी हालेर समस्या समाधानमूखी होइन, इन्धन हालेजस्तो अस्थिरता बढाउन लक्ष्यितजस्तो र तरंगित पार्न उद्दत महसुस गर्न सकिन्छ ।
    १२. नेकपाको डुंगा डुब्दा सवार कोही सुरक्षित नहुने निश्चितप्रायः छ । डोकाको कथा त व्यवहारमा चरितार्थ हुनेछ नै । हरेक दुष्ट छोराहरू बाबुलाई डोकामा हालेर आफ्नो भीरबाट खुरमु-याउन क्रियाशील भएजस्तै अनुभव हुन्छ यतिबेला । तर नियति त सबका सबले आफ्नो पनि यस्तै बेहोर्नु अनिवार्य हुनेछ भन्ने बुझेकै राम्रो र बुद्धिमत्तापूर्ण हुन्छ होला ।
    नागरिक तहमा बेचैनी, छटपटी र आक्रोस बढिरहेको बिडम्बनायुक्त अवस्था स्थिरता, विकास र समृद्धिको लागि धेरै खतरनाक सूचक होइन र ?

    Advertisement

    बुधबार, असार २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation