राम बहादुर बिश्वकर्मा,प्युठान ।विपद् व्यवस्थापनका लागि प्युठानमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला तत्काल उद्दार, राहत लगायतका काम गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा केन्द्रको स्थापना गरिएको हो ।केन्द्रले २४ सै घन्टा काम गर्नेछ । ।बिपदका सूचना समयमै आदानप्रदान गर्न केन्द्रमा सञ्चारसेट समेत जडान गरिएको छ ।केन्द्र संचालनका लागि जनशक्तिको रुपमा प्रदेस सरकारबाट १ जना सुचना केन्द्रका लागि कर्मचारी, दुईजना नेपाल प्रहरी र दुई जना नेपाली सेना परिचालित गरिएको छ । विशेषगरी प्राकृति प्रकोप र महामारीका घटनापछि रोकथाम, क्षति न्यूनीकरण, पुनःस्थापना, स्थान्तरणलगायतका कार्यलाई परिणाममुखी बनाउन जिल्लामा अापतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैरेले जानकारी दिनुभयो । जिल्ला प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेकाले ठूलो जनधनको क्षति व्यहोर्नु नपरोस भन्ने हेतुले पुर्व तयारी स्वरुप केन्द्र स्थापना गरिएको हो। प्युठान अापतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने ५३ जिल्ला हो।केन्द्र स्थापनाले जिल्लामा आइपर्ने प्रकोप व्यवस्थापन, जनधनको क्षति न्यूनीकरण र मानवीय सहायता उपलब्ध गर्न योगदान मिल्ने अपेक्षा गरिएको छ।केन्द्रले जिल्लाभरवाट एकिकृत रुपमा सूचना सङ्कलन गरी जिल्लामा आपतकालिन अवस्थामा निर्वाह गर्नुपर्ने खोज,उद्धार राहत,पुर्नस्थापना सहितको कार्ययोजना निर्माण लगायत त्यस संवन्धि आवश्यक कार्यहरु गर्ने छ। उक्त केन्द्रमा विभिन्न ३० प्रकारका उद्दारका सामग्रीहरू राखिएको छ भने पूर्व सूचना उपलब्ध गराउने, तत्काल उद्दारका लागि टाेलि परिचालनमा समन्वय गर्ने, रिपोर्टिङ गर्ने, रेकर्ड राख्ने लगायतका कार्यहरू सञ्चालन हुने बताइएको छ ।
२४ सै घन्टा काम गर्ने गरि प्युठानमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना
२४ सै घन्टा काम गर्ने गरि प्युठानमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

Advertisement
तपाईको प्रतिक्रिया