काठमाडौं – चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले नवलपुरको देबचुली नगरपालिकाका हावाहुरी पीडितलाई एक सय बण्डल जस्तापाता सहयोग दिएका छन् ।बिहीबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको थियो ।जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीका कारण प्रभावित बनेका नवलपुरका स्थानियलाई उनले दस लाख बराबरको जस्तापाता प्रदान गरेका हुन। यहाँ मात्रै हावाहुरीले दुई सयभन्दा धेरै घरका छानो उडाएको थियो । ‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुर्याएको असरबाट मर्माहत भएको छु । नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु । यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ,’ नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनिएको छ । नगरपालिकाको अध्ययन टोलीले हुरीपीडितका लागि तत्काल सबैभन्दा आवश्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि करिब १० लाख रुपैयाँ बराबरको जस्तापाता पठाएका हुन् ।
हावाहुरी पीडितलाई बिनोद चौधरीले गरे दस लाखको जस्तापाता सहयोग
हावाहुरी पीडितलाई बिनोद चौधरीले गरे दस लाखको जस्तापाता सहयोग
Advertisement
तपाईको प्रतिक्रिया