• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

पढाइ छोडेर पानी ओसार्छन् बालबालिका


  •   बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। घडीले बिहानको ८ बजाईसक्यो। सर्मिला स्वाँस्वास गर्दै उकालो चढ्दै छिन् । चिउडोबाट तप्प–तप्प पसिना चुहिएको छ । दुई चार पाइला सार्छिन, उभिएर खुइइ गर्छिन्, फेरी अघि बढ्दै भन्दै थिइन् ‘आज पनि स्कुल जान ढिला हुने भयो ।’ बिहान साझ पिठ्यूमा जर्किन र बाल्टिन बोकेर यसै गरि पानी ओसार्नु सर्मिलाको दैनिकी नै हो ।उनको मात्रै होइन मल्लरानी गाउँपालिका स्थित बडडाँडाका बालबालिकाहरु भालेको डाँकोसँगै झिसमिसे बिहानमै ब्यूँझन्छन र रित्तो गाग्री र डोको बोकेर कुवातिर लाग्छन् । उनी पछि आएका साथीहरु पालो कुरेर बसिरहेका हुन्छ्न । विहान ५ बजे उठेर पानी भर्न गएका उनिहरु ९ बजेतिर मात्रै घर आईपुग्छन । फर्कदा गाग्रीभरी पानी, उकालो बाटो कम्ता सास्ती छैन उनिहरुलाई। बिहानभरीको समय पानी ओसार्दैमा बित्छ । ‘विहान त सधै पानी बोकेर बित्छ ।’ सर्मिला भन्छिन् ‘ घरमा पढ्न पाईदैन,पानी ओसार्नु पर्यो नि ।’ कुवामा सबैभन्दा अघि नपुगे पालो कुर्नुपर्छ। ‘पालो कुरेरै बिहान बित्छ अनि त स्कुल जान पाईदैन’ सर्मिलाले भनिन।

    Advertisement

    महेन्द्र उच्च मा बि खलंगा कक्षा ९ मा पढ्दै गरेकी सर्मिला नेपालीले घण्टौँ लगाएर पानी लिन जानुपर्ने हुदाँ कुर्दाकुर्दै ढिला हुने र विद्यालय छुट्ने गरेको सुनाईन।सर्मिला जस्तै बडडाँडाका अघिकांश दलित बालबालिकाहरुको दैनिकी पानी लिन जादा नै बित्ने गर्छन् । उनीहरुलाई विद्यालय कतिखेर जाने भन्ने होइन कि आज कुवामा पानी पाइन्छ कि पाईदैन भन्ने कुराको पिरलो हुन्छ । गाउँ नजिक भरपर्दो मुहान छैन । बस्तीबाट एक, डेढ घण्टा हिडेर पानी लिन जानुपर्छ । दिनभरीमा एक ग्रागी पानीले टार्नुपर्छ मल्लरानी ४ बडडाडा कि फुर्सी नेपाली भन्छिन– ‘तिर्खा मेट्ने गरी पानी समेत खान पाउँदैनौँ ।’ हामीलाई त पानीको थोपा थोपाको महत्व छ ।’ फुर्सीले भनिन ‘गाउँमा कोही नयाँ पाहुना आएमा दिने पानीं समेत हुँदैन, हिउँदमा सधै यहा पानीको सास्ती हुन्छ, बर्षात नहुदै केही काम छैन।”
    पानी खाने गरेको पँधेरोे र खोल्सा खोल्सीको पानी समेत सुकेपछि गाउँमा पानीको हाहाकार मच्चिएको छ ।गाउँको पँधेरामा पानी आउन छाडेपछि समुदायले तरकारी खेती गर्न, गाई वस्तुलाई पानी खुवाउन त परै जाओस् राम्रोसंग कपडा धुन समेत पाएका छैनन् । छोराछोरीलाई पकाएर खुवाएर स्कुल पठाउनु भ्याइदैन । गाउँलेहरू भन्छन् ‘ हाम्रा लागि त पानी साह्रै महंगो बनेको छ ।’ गाउँमा पानीका मुहानहरु बस्तीभन्दा धेरै टाढा छन् ।

    पानीका लागि राती देखिनै लाइन बसेर कुर्नुपर्ने हुन्छ । त्यसले गर्दा बालबालिका पढाई समेत प्रभावित बनेको स्थानीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्त साक्यले बताए । प्रत्येक बर्ष चैत्र देखि असार सम्म यस्तै समस्या हुन्छ. ७ हजार जनसंख्या रहेको यो क्षेत्रमा प्रतिदिन ९ लाख लिटर पानी आबश्यक हुन्छ । सार्बजनिक धारा सहित ३ सय ९५ धारा जडान गरिएका छन तर पानी छैन साक्यले भने -” रात्तिनै उठेर पानी लिन गएपछि बच्चाहरू स्कुल जान भ्याउँदैनन् । पानी लिन नगए घरमा पानी पिउन पाउँदैनन् । ‘व्यक्तिगत र घर आँगन सरसफाई गर्न सक्ने त कुरै छैन’ उनले भने यहाँका स्थानीयलाई दैनिक खानेपानीको पिरलो छ । झिमरुक खोलाबाट प्रती लिटरको एक रुपैयाँ खर्च गरि ट्यांकरले पानी बोक्छ, तर महिनाको ३ सय रुपैया शुल्क खानेपानीलाई तिर्दै आएको स्थानीय हिरा शाहीले बताए -“खानेपानीका कर्मचारीले समस्या बुझेन्न , प्रधानमन्त्री भन्दा ठुला छ्न” वडा र गाउँपालिकालाई यो समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ।

    बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...