• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ६. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

“चिन्ता नगर साथी हो, यहाँ सबै ठीक छ ।”


  •   शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने÷नवलपरासी ।
    आफ्नो जिन्दगीको संघर्षका क्रममा कति छिटो बिहानलाई दिन, दिनलाई साँझ, साँझलाई रात र रातलाई फेर बिहान बनाइरहेका हुन्छौँ हामी । कति कुराहरू हेक्का गर्न भ्याउँदैनौँ । एउटा कुराको पछि दगुर्दा दगुर्दै अरू कति कुराहरूलाई छोड्दै हिड्छौ हामी ।
    आकस्मिक रूपमा नसोचेका कुराहरू बेलाबेला हुने गर्छन् । कुनै सुखद अनि कुनै दुःखद । एउटा यस्तै सुखद संयोग थियो, स्कुल पढ्दाका केही साथीहरूसँग अचानकको भेटघाट । मित्रताको अर्थ भनेको कति समयपछि भेट्नु हैन रहेछ, भेटेपछि नभेट्दाको दूरी स्वात्तै मेटियो कि मेटिएन भन्ने मात्र हो रहेछ भन्ने कुरा त्यो भेटले बतायो । समयले मान्छेलाई कहाँकहाँ धकेल्दो रहेछ, कति बाटोहरूलाई कताकता मोड्दो रहेछ, कति नयाँ मान्छे भेटाउँदो रहेछ, कति पुराना मान्छे छुटाउँदो रहेछ । अनि, त्यही समयले कुनै सरकारी कार्यालयको अव्यवस्थित फाइलका ढड्डाहरूमा हराएका कागजहरू जस्तै स्मृतिका पानाका खातहरूमा लुकेका सम्बन्धहरूलाई खोतलखातल पारेर अगाडि पनि ल्याइदिँदो रहेछ । झारपातहरूले छोपेर हराइसकेको, बिर्सिसकेका गोरेटाहरू अनि तिनमा हराएका पाइलाका डोबहरूलाई अचानक छर्लंग पारेर आँखा अघि ल्याइदिँदो रहेछ समयले ।
    कुनै दिन बिनाकुनै सूचना अचानक अतीतलाई वर्तमान बनाइदिने समयले त्यसै गरी हामी केही पुराना साथीहरूलाई एउटै मोडमा भेटाइदियो । त्यहीँ कुराकानीका क्रममा थाहा भयो, हाम्रो समूहका धेरैजसो साथीहरू यो देशमा छैनन् । कोहि जापान, कोहि अष्ट्रेलिया, त कोहि खाडि मुलुकमा आ–आफ्नो बन्दोबस्त गरेर बसेका छन् । कोहि बिहे गरिवरि घरजम गरेर बसेका छन् । अनि, फेसबुकको माध्यमबाट सबै अलिअलि गर्दै सबै भेटिन थालेका छन् । एकएक गर्दै सबै फेरि सम्पर्कमा आउन थाले । त्यसपछि त मानौँ, यस्तो हुन थाल्यो, हामी कहिले कतै अलमलिएका नै थिएनौँ । विश्वको ठ्याक्कै अर्को पाटोमा बस्नेहरूका पनि मिनटैपिच्छेका गतिविधिहरू थाहा हुन थाले । सबैभन्दा अचम्मको अनुभूति त के थियो भने, जिन्दगीको दौडमा कहाँ–कहाँ पुगेका ती हामी सबैमा खासै फरक केही पनि आएको थिएन । हामीलाई यस्तो अनुभव भयो, मानौँ अझै पनि हामी त्यही स्कुल कलेजका दौतरी नै हौँ । हाम्रा कुराहरू पनि अझै त्यस्तै नै थिए । हाम्रो माझमा हामी त्यही नै थियौँ, त्यस्तै नै थियौँ । शारीरकि रूपमा धेरै परविर्तन भएका थिए तर मन, भावना र एकअर्काप्रतिको स्नेह जस्ताको त्यस्तै थियो।
    हामी त्यस्तै रहे पनि हाम्रा वरपिरिका सबै कुरा भने कहाँबाट कहाँ पुगिसकेका छन् । यहाँ रहेका साथीहरूलाई त सबै थाहा नै भएको कुरा हो । तर, वर्षौंदेखि विदेशमा रहेका साथीहरूको सबैभन्दा ठूलो प्रश्न हुने गर्छ, कस्तो छ नेपाल ? बडो कठिन हुने गर्छ त्यस्तो बेलामा । के भन्नु ? बाहिर बसेकाहरूका

    Advertisement

    अगाडि आफू बसेको देशको बख्वाइँ गर्न पटक्कै मन लाग्दैन तर आफँैलाई ढाँट्न पनि सकिन्न । उसै पनि सूचना र सञ्चारले फड्को मारेर सिंगो विश्वलाई एउटा कम्प्युटरको मनिटर बनाइदिएका बेला छलेर पनि कसलाई छल्नु र ! तरै पनि मन आहत हुन्छ, हो तिमीहरूले सुनेका कुराहरू अतिरञ्जित होलान् तर असत्य पनि होइनन् भन्दा छातीमा एक मनको ढुंगा बोक्नुपर्छ ।
    धेरै समय पहिलेको कुरा पनि कहाँ हो र ? आकाश–पाताल फरक भइसक्यो हरेक कुरामा । यो परविर्तन आकस्मिक रूपमा रातारात भएको पनि होइन । विस्तारै विस्तारै नै भएको हुनुपर्छ किनभने हरेक कुराको जस्तै परविर्तनको पनि त आफ्नै गति हुन्छ । फरक यति मात्र हो, त्यो गतिलाई हामीले हेक्का गर्यौँ कि गरेनौँ । आफ्नो जिन्दगीको संघर्षका क्रममा कति छिटो बिहानलाई दिन, दिनलाई साँझ, साँझलाई रात र रातलाई फेर बिहान बनाइरहेका हुन्छौँ हामी । कति कुराहरू हेक्का गर्न भ्याउँदैनौँ । एउटा कुराको पछि दगुर्दा दगुर्दै अरू कति कुराहरूलाई छोड्दै हिड्छौ हामी । अनि कुनै बेला एकोहोरिएर सोच्दा पो थाहा हुन्छ, कतिपय कुराहरू त चाहेर पनि सुधार्न, फेर्न र बदल्न नसक्ने भइसकेका हुँदा रहेछन् । उतिबेला आमा, दिदीहरू कतै बिहे खाएर लटरम्म गहना लगाएर आधा रातमा हिँड्दैहिँड्दै घर आइपुग्थ े। निर्धक्कसँग कोही पनि कहीँ पनि कुनै पनि बेला ओहोरदोहोर गर्न सक्थे । सिंगो देश नै सबैको घरजस्तो थियो । न तराईमा कोही पहाडिया हुन्थ्यो, न पहाडमा कोही मधेसी । अहिले एउटा टोलबाट अर्को टोलमा जान पनि सोच्नुपर्ने भएको छ । अरू जिल्लाबाट यार्चागुम्बा टिप्न जानेहरू त्यहाँका लागि अब बाहिरिया भइसकेछन्। । लखेटीलखेटी, पिटीपिटी सिध्याउनु पर्ने बाहिरियाहरू । अहिले त हामी हल्लाको भरमा कुनै अपरिचितलाई बच्चाचोर हो भनेर मार्न सक्ने बहादुर भइसकेछौँ । पहिले त नेपाली हुनु नै परचिय हुन्थ्यो तर अब त्यतिले मात्र नपुग्ने भएछ । यो परविर्तनको गतिलाई पनि हामीले देख्न सकेका भए, यति छिट्टै यस्तो अवस्था सायद हुने पो थिएन कि ! किनभने, यो रातारात भएको परविर्तन त पक्कै होइन तर हामीले यसलाई पनि किन देखेनौँ ?
    हामीमा संवेदना हराएको हो भनेर मान्न सकिँदैन । त्यो कुराको ज्वलन्त उदाहरण हो, ख्याति अपहरण । बलात्कार र हत्याका अभियुक्तप्रतिको जनऐक्यबद्धता । बाहुन, क्षेत्री, नेवार, मधेसी, राई, लिम्बू, गुरुङ वा अन्य कुनै पनि जात र सम्प्रदायका नेपालीहरू यो एउटा कुरामा त सद्भावना देखाउन सक्दा रहेछन् । निर्मला पन्थ जस्ता नामकी ती किशोरीमा आफ्ना छोरी (नातिनी र बहिनी) देखेका थिए त्यतिबेला । ती सबै नेपाली भएका थिए त्यतिबेला । यो एकता, यो भावनालाई चिन्न सक्ने हो भने र सही दिशामा मोड्न सक्ने हो भने अझै पनि हातेमालो गरेर अघि बढ्न ढिला भएको छैन । बस्, आफूलाई सबैभन्दा पहिले नेपालीका रूपमा चिन्ने सानो र सरल प्रयास मात्र गरे पुग्छ ।
    अनि कुनै दिर्न च्याट’मा भेटिने प्रवासी मित्रका प्रश्नहरूका कुनै पनि बहाना नबनाईकन सकारात्मक उत्तर दिन पाइनेछ, छाती खोलेर गर्व गरेर ढुक्क भएर भन्न पाइनेछ “चिन्ता नगर साथी, यहाँ सबै ठीक छ ।”

    शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ६.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    भर्खरै

    • १.
      बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

    • २.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    • ३.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ४.
      रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    • ५.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • ६.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ७.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ८.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...