• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

“चिन्ता नगर साथी हो, यहाँ सबै ठीक छ ।”


  •   शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने÷नवलपरासी ।
    आफ्नो जिन्दगीको संघर्षका क्रममा कति छिटो बिहानलाई दिन, दिनलाई साँझ, साँझलाई रात र रातलाई फेर बिहान बनाइरहेका हुन्छौँ हामी । कति कुराहरू हेक्का गर्न भ्याउँदैनौँ । एउटा कुराको पछि दगुर्दा दगुर्दै अरू कति कुराहरूलाई छोड्दै हिड्छौ हामी ।
    आकस्मिक रूपमा नसोचेका कुराहरू बेलाबेला हुने गर्छन् । कुनै सुखद अनि कुनै दुःखद । एउटा यस्तै सुखद संयोग थियो, स्कुल पढ्दाका केही साथीहरूसँग अचानकको भेटघाट । मित्रताको अर्थ भनेको कति समयपछि भेट्नु हैन रहेछ, भेटेपछि नभेट्दाको दूरी स्वात्तै मेटियो कि मेटिएन भन्ने मात्र हो रहेछ भन्ने कुरा त्यो भेटले बतायो । समयले मान्छेलाई कहाँकहाँ धकेल्दो रहेछ, कति बाटोहरूलाई कताकता मोड्दो रहेछ, कति नयाँ मान्छे भेटाउँदो रहेछ, कति पुराना मान्छे छुटाउँदो रहेछ । अनि, त्यही समयले कुनै सरकारी कार्यालयको अव्यवस्थित फाइलका ढड्डाहरूमा हराएका कागजहरू जस्तै स्मृतिका पानाका खातहरूमा लुकेका सम्बन्धहरूलाई खोतलखातल पारेर अगाडि पनि ल्याइदिँदो रहेछ । झारपातहरूले छोपेर हराइसकेको, बिर्सिसकेका गोरेटाहरू अनि तिनमा हराएका पाइलाका डोबहरूलाई अचानक छर्लंग पारेर आँखा अघि ल्याइदिँदो रहेछ समयले ।
    कुनै दिन बिनाकुनै सूचना अचानक अतीतलाई वर्तमान बनाइदिने समयले त्यसै गरी हामी केही पुराना साथीहरूलाई एउटै मोडमा भेटाइदियो । त्यहीँ कुराकानीका क्रममा थाहा भयो, हाम्रो समूहका धेरैजसो साथीहरू यो देशमा छैनन् । कोहि जापान, कोहि अष्ट्रेलिया, त कोहि खाडि मुलुकमा आ–आफ्नो बन्दोबस्त गरेर बसेका छन् । कोहि बिहे गरिवरि घरजम गरेर बसेका छन् । अनि, फेसबुकको माध्यमबाट सबै अलिअलि गर्दै सबै भेटिन थालेका छन् । एकएक गर्दै सबै फेरि सम्पर्कमा आउन थाले । त्यसपछि त मानौँ, यस्तो हुन थाल्यो, हामी कहिले कतै अलमलिएका नै थिएनौँ । विश्वको ठ्याक्कै अर्को पाटोमा बस्नेहरूका पनि मिनटैपिच्छेका गतिविधिहरू थाहा हुन थाले । सबैभन्दा अचम्मको अनुभूति त के थियो भने, जिन्दगीको दौडमा कहाँ–कहाँ पुगेका ती हामी सबैमा खासै फरक केही पनि आएको थिएन । हामीलाई यस्तो अनुभव भयो, मानौँ अझै पनि हामी त्यही स्कुल कलेजका दौतरी नै हौँ । हाम्रा कुराहरू पनि अझै त्यस्तै नै थिए । हाम्रो माझमा हामी त्यही नै थियौँ, त्यस्तै नै थियौँ । शारीरकि रूपमा धेरै परविर्तन भएका थिए तर मन, भावना र एकअर्काप्रतिको स्नेह जस्ताको त्यस्तै थियो।
    हामी त्यस्तै रहे पनि हाम्रा वरपिरिका सबै कुरा भने कहाँबाट कहाँ पुगिसकेका छन् । यहाँ रहेका साथीहरूलाई त सबै थाहा नै भएको कुरा हो । तर, वर्षौंदेखि विदेशमा रहेका साथीहरूको सबैभन्दा ठूलो प्रश्न हुने गर्छ, कस्तो छ नेपाल ? बडो कठिन हुने गर्छ त्यस्तो बेलामा । के भन्नु ? बाहिर बसेकाहरूका

    Advertisement

    अगाडि आफू बसेको देशको बख्वाइँ गर्न पटक्कै मन लाग्दैन तर आफँैलाई ढाँट्न पनि सकिन्न । उसै पनि सूचना र सञ्चारले फड्को मारेर सिंगो विश्वलाई एउटा कम्प्युटरको मनिटर बनाइदिएका बेला छलेर पनि कसलाई छल्नु र ! तरै पनि मन आहत हुन्छ, हो तिमीहरूले सुनेका कुराहरू अतिरञ्जित होलान् तर असत्य पनि होइनन् भन्दा छातीमा एक मनको ढुंगा बोक्नुपर्छ ।
    धेरै समय पहिलेको कुरा पनि कहाँ हो र ? आकाश–पाताल फरक भइसक्यो हरेक कुरामा । यो परविर्तन आकस्मिक रूपमा रातारात भएको पनि होइन । विस्तारै विस्तारै नै भएको हुनुपर्छ किनभने हरेक कुराको जस्तै परविर्तनको पनि त आफ्नै गति हुन्छ । फरक यति मात्र हो, त्यो गतिलाई हामीले हेक्का गर्यौँ कि गरेनौँ । आफ्नो जिन्दगीको संघर्षका क्रममा कति छिटो बिहानलाई दिन, दिनलाई साँझ, साँझलाई रात र रातलाई फेर बिहान बनाइरहेका हुन्छौँ हामी । कति कुराहरू हेक्का गर्न भ्याउँदैनौँ । एउटा कुराको पछि दगुर्दा दगुर्दै अरू कति कुराहरूलाई छोड्दै हिड्छौ हामी । अनि कुनै बेला एकोहोरिएर सोच्दा पो थाहा हुन्छ, कतिपय कुराहरू त चाहेर पनि सुधार्न, फेर्न र बदल्न नसक्ने भइसकेका हुँदा रहेछन् । उतिबेला आमा, दिदीहरू कतै बिहे खाएर लटरम्म गहना लगाएर आधा रातमा हिँड्दैहिँड्दै घर आइपुग्थ े। निर्धक्कसँग कोही पनि कहीँ पनि कुनै पनि बेला ओहोरदोहोर गर्न सक्थे । सिंगो देश नै सबैको घरजस्तो थियो । न तराईमा कोही पहाडिया हुन्थ्यो, न पहाडमा कोही मधेसी । अहिले एउटा टोलबाट अर्को टोलमा जान पनि सोच्नुपर्ने भएको छ । अरू जिल्लाबाट यार्चागुम्बा टिप्न जानेहरू त्यहाँका लागि अब बाहिरिया भइसकेछन्। । लखेटीलखेटी, पिटीपिटी सिध्याउनु पर्ने बाहिरियाहरू । अहिले त हामी हल्लाको भरमा कुनै अपरिचितलाई बच्चाचोर हो भनेर मार्न सक्ने बहादुर भइसकेछौँ । पहिले त नेपाली हुनु नै परचिय हुन्थ्यो तर अब त्यतिले मात्र नपुग्ने भएछ । यो परविर्तनको गतिलाई पनि हामीले देख्न सकेका भए, यति छिट्टै यस्तो अवस्था सायद हुने पो थिएन कि ! किनभने, यो रातारात भएको परविर्तन त पक्कै होइन तर हामीले यसलाई पनि किन देखेनौँ ?
    हामीमा संवेदना हराएको हो भनेर मान्न सकिँदैन । त्यो कुराको ज्वलन्त उदाहरण हो, ख्याति अपहरण । बलात्कार र हत्याका अभियुक्तप्रतिको जनऐक्यबद्धता । बाहुन, क्षेत्री, नेवार, मधेसी, राई, लिम्बू, गुरुङ वा अन्य कुनै पनि जात र सम्प्रदायका नेपालीहरू यो एउटा कुरामा त सद्भावना देखाउन सक्दा रहेछन् । निर्मला पन्थ जस्ता नामकी ती किशोरीमा आफ्ना छोरी (नातिनी र बहिनी) देखेका थिए त्यतिबेला । ती सबै नेपाली भएका थिए त्यतिबेला । यो एकता, यो भावनालाई चिन्न सक्ने हो भने र सही दिशामा मोड्न सक्ने हो भने अझै पनि हातेमालो गरेर अघि बढ्न ढिला भएको छैन । बस्, आफूलाई सबैभन्दा पहिले नेपालीका रूपमा चिन्ने सानो र सरल प्रयास मात्र गरे पुग्छ ।
    अनि कुनै दिर्न च्याट’मा भेटिने प्रवासी मित्रका प्रश्नहरूका कुनै पनि बहाना नबनाईकन सकारात्मक उत्तर दिन पाइनेछ, छाती खोलेर गर्व गरेर ढुक्क भएर भन्न पाइनेछ “चिन्ता नगर साथी, यहाँ सबै ठीक छ ।”

    शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित
    प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न
    गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ विमोचित
    ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
    बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...