• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गुल्मीमा साँस्कृतिक तथा पर्यटन महोत्सवबाट २७ लाख बचत


  •   आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सब एबम ब्यापार मेलामा २७ लाख बचत भएको छ । गत चैत्रमा गुल्मी चेम्बर अफ कमर्शले चैत २० गते देखी ३० गते सम्म महोत्सव आयोजना गरेको थियो ।
    महोत्समा आइतवार पत्रकार भेटघाटको आयोजना गरेर आम्दानी खर्चको सार्बजनिक गरिएको हो । महोत्सव मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले कुल ८४ लाख २० हजारको आयव्य प्रस्तुत गरेका थिए ।
    ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नारा तय गरिएको थियो । कुल रकम माध्ये बिभिन्न शिर्षकमा ५७ लाख २० हजार खर्च भएको महोत्सव मुल आयोजक समिति सह–संयोजक भुसालले बताए ।
    महोत्सवमा टिकट, स्टल, रमाइलो मेला र प्रायोजक सहयोगबाट आम्दानी भएको भुसालले बताए । मेलामा कलाकार, स्टल निर्माण, यातायात÷खाना वास, साउण्ड सिष्टम, सुरक्षा खर्च, प्रचार प्रसार कार्यालय व्यवस्थापन सम्पूर्ण खर्च, मञ्च गेट निर्माण शिर्षकमा खर्च भएको जानकारी गराइएको थियो ।
    उनले महोत्सव आयोजकले सोचे अनुसार नै पूर्ण रुपमा सफल भएको र सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए । मेलामा १० करोड बढिको कारोबार मेलामा झण्डै १ लाख दर्शकले मेला अबलोकन गरेको आयोजकले जनाएको छ ।
    महोत्सवमा ७२ हजार ५ सयका टिकट बिक्री भएको बताइएको थियो । महोत्सवबाट बचत भएको रकम मध्ये ४५ प्रतिशत सामाजिक कार्यमा र अरु ५५ प्रतिशत संस्थागत बिकासमा खर्चिने भुसालले बताए । बचत रकमको सामाजिक कार्यमा रेसुङ्गा नगरपालिकाको सहकार्यमा काम गरिने भुसालले बताए ।
    महोत्सव सम्पन्न गर्न १२ वटा संस्था मिलेर सम्पन्न भएको सहसंयोजक भुसालले बताए । मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह–आयोजकमा होटल व्यवसायी मञ्च, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी, गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् । मिडियो संयोजनमा नेपाल पत्रकार महासंघ गुल्मी रहेको थियो ।
    सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोर्टिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, अर्जुन युवा क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका थिए ।
    महोत्सवमा गुल्मी जिल्लामा उत्पादन भएका बिभिन्न बस्तुहरुसँगै बिभिन्न औधोगिक क्षेत्रबाट उत्पादिन बस्तुहरु पनि प्रर्दशन तथा बिक्रीमा राखिएको थियो । महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरु गठन गरिएको थियो । महोत्सवलाई प्रभावकारी फरक बनाउनको निम्ति ७० वर्ष भन्दा माथिका बृद्धहरुलाई महोत्सव स्थल भित्र निशुल्क प्रबेशमा दिइएको थियो । बिद्यार्थी, अपाङ्ग र एकल महिलाहरुलाई पनि प्रबेश टिकटमा ४० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको थियो ।
    मेलामा २ सय ३० वटा स्टल रहेका थिए । स्टलहरु मध्ये जिल्ला भित्र रहेका १२ वटा स्थानियत तहबाटै बिभिन्न उत्पादनहरु प्रर्दशन गरिएको थियो । स्टलहरु मध्ये कृषिलाई उच्च प्रथामिकता दिएर महोत्वमा ल्याइएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए ।
    महोत्सवमा राखिएका स्टलहरुमा स्थानिय तम्घासका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहेको पत्रिकार सम्मेलनमा जानकारी गराएका थिए । स्थानिय व्यापारिलाई बिशेष छुटका कारण धेरैले सहभागिता जनाएको थिए । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी,

    Advertisement

    सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा स्थलमा प्रर्दशनमा राखिएको बुढाथोकीले बताए ।
    बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधी भर प्रर्दशन गरिएको थियो । मेलालाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको थियो । महोत्सवमा कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिएको थियो ।
    जिल्लामा उत्पादन भएका फूलका मालाहरुलाई मात्रै प्रयोग ल्याएर आयोजकले खर्चलाई पनि मितव्यायीता जनाउदै यस्तो कार्यको थालनी गरेको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए । महोत्सवमा अतिथिलाई प्रयोग गरिने ब्याच को सट्टामा पिपलको पात र मायाको चिनोमा गुल्मीकै कफि र गुडलाई प्रयोजमा ल्याइएको थियो ।
    यस महोत्सवबाट जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको आयोकले जनाएको छ ।
    जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु,अर्जुन,बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए । मेलामा पत्येक दिनको साँस्कृतिक कार्यक्रममा झण्डै ६ दर्जन वढि नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति राखेका थिए ।

    आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...