• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

लोकप्रिय समाचार

  • १. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • २. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ३. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ४. गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

  • ५. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ६. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ७. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • ८. कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

  • ९. जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

  • १०. गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

गुल्मीमा साँस्कृतिक तथा पर्यटन महोत्सवबाट २७ लाख बचत


  •   आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सब एबम ब्यापार मेलामा २७ लाख बचत भएको छ । गत चैत्रमा गुल्मी चेम्बर अफ कमर्शले चैत २० गते देखी ३० गते सम्म महोत्सव आयोजना गरेको थियो ।
    महोत्समा आइतवार पत्रकार भेटघाटको आयोजना गरेर आम्दानी खर्चको सार्बजनिक गरिएको हो । महोत्सव मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले कुल ८४ लाख २० हजारको आयव्य प्रस्तुत गरेका थिए ।
    ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नारा तय गरिएको थियो । कुल रकम माध्ये बिभिन्न शिर्षकमा ५७ लाख २० हजार खर्च भएको महोत्सव मुल आयोजक समिति सह–संयोजक भुसालले बताए ।
    महोत्सवमा टिकट, स्टल, रमाइलो मेला र प्रायोजक सहयोगबाट आम्दानी भएको भुसालले बताए । मेलामा कलाकार, स्टल निर्माण, यातायात÷खाना वास, साउण्ड सिष्टम, सुरक्षा खर्च, प्रचार प्रसार कार्यालय व्यवस्थापन सम्पूर्ण खर्च, मञ्च गेट निर्माण शिर्षकमा खर्च भएको जानकारी गराइएको थियो ।
    उनले महोत्सव आयोजकले सोचे अनुसार नै पूर्ण रुपमा सफल भएको र सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए । मेलामा १० करोड बढिको कारोबार मेलामा झण्डै १ लाख दर्शकले मेला अबलोकन गरेको आयोजकले जनाएको छ ।
    महोत्सवमा ७२ हजार ५ सयका टिकट बिक्री भएको बताइएको थियो । महोत्सवबाट बचत भएको रकम मध्ये ४५ प्रतिशत सामाजिक कार्यमा र अरु ५५ प्रतिशत संस्थागत बिकासमा खर्चिने भुसालले बताए । बचत रकमको सामाजिक कार्यमा रेसुङ्गा नगरपालिकाको सहकार्यमा काम गरिने भुसालले बताए ।
    महोत्सव सम्पन्न गर्न १२ वटा संस्था मिलेर सम्पन्न भएको सहसंयोजक भुसालले बताए । मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह–आयोजकमा होटल व्यवसायी मञ्च, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी, गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् । मिडियो संयोजनमा नेपाल पत्रकार महासंघ गुल्मी रहेको थियो ।
    सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोर्टिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, अर्जुन युवा क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका थिए ।
    महोत्सवमा गुल्मी जिल्लामा उत्पादन भएका बिभिन्न बस्तुहरुसँगै बिभिन्न औधोगिक क्षेत्रबाट उत्पादिन बस्तुहरु पनि प्रर्दशन तथा बिक्रीमा राखिएको थियो । महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरु गठन गरिएको थियो । महोत्सवलाई प्रभावकारी फरक बनाउनको निम्ति ७० वर्ष भन्दा माथिका बृद्धहरुलाई महोत्सव स्थल भित्र निशुल्क प्रबेशमा दिइएको थियो । बिद्यार्थी, अपाङ्ग र एकल महिलाहरुलाई पनि प्रबेश टिकटमा ४० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको थियो ।
    मेलामा २ सय ३० वटा स्टल रहेका थिए । स्टलहरु मध्ये जिल्ला भित्र रहेका १२ वटा स्थानियत तहबाटै बिभिन्न उत्पादनहरु प्रर्दशन गरिएको थियो । स्टलहरु मध्ये कृषिलाई उच्च प्रथामिकता दिएर महोत्वमा ल्याइएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए ।
    महोत्सवमा राखिएका स्टलहरुमा स्थानिय तम्घासका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहेको पत्रिकार सम्मेलनमा जानकारी गराएका थिए । स्थानिय व्यापारिलाई बिशेष छुटका कारण धेरैले सहभागिता जनाएको थिए । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी,

    Advertisement

    सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा स्थलमा प्रर्दशनमा राखिएको बुढाथोकीले बताए ।
    बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधी भर प्रर्दशन गरिएको थियो । मेलालाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको थियो । महोत्सवमा कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिएको थियो ।
    जिल्लामा उत्पादन भएका फूलका मालाहरुलाई मात्रै प्रयोग ल्याएर आयोजकले खर्चलाई पनि मितव्यायीता जनाउदै यस्तो कार्यको थालनी गरेको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए । महोत्सवमा अतिथिलाई प्रयोग गरिने ब्याच को सट्टामा पिपलको पात र मायाको चिनोमा गुल्मीकै कफि र गुडलाई प्रयोजमा ल्याइएको थियो ।
    यस महोत्सवबाट जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको आयोकले जनाएको छ ।
    जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु,अर्जुन,बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए । मेलामा पत्येक दिनको साँस्कृतिक कार्यक्रममा झण्डै ६ दर्जन वढि नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति राखेका थिए ।

    आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
    जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’
    गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद
    यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु
    सरुमारानीबाट दशैं लक्षित ४० लाखका खसी-बोका बिक्री
    भालुबाङमा लालमटिया सुसमाचार मण्डलीको भवन उद्घाटन

    लोकप्रिय

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ३.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ४.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि

    • ५.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ६.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई

    भर्खरै

    • १.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • २.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ३.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • ४.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ५.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    • ६.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ७.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    • ८.
      गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...