• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

भ्रस्टाचार विरुद्ध म।


  •   मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
  • – किशोर गैरे। “म” एक आम नेपाली, “म” एक नेपाली युबा,”म” एक किसान, “म” मजदुर, “म” एक महिला, म एक वृद्ध, म एक बालक, म एक बिदेशिएको युबा, म एक शिक्षक अनि पत्रकार, म सारा नेपाली। हो म एक आम नेपाली हु, एक युबा हु, हातमा बिषयगत मार्क्सिट र प्रमाणपत्र लिगेर आफ्नो खेत बाझो राखी जागिर खोज्दै हिडेको छु, हो, म एक मज्दुर हु, ज्यालामा काम गर्दा गर्दै आफ्ना पसिना कौडीको मोलमा बेचेर पनि छोरा छोरीलाई बिधालय पठाउन मुस्किल पर्छ।, हो म किसान हु, खेतमा खेती उब्जाउछु, तर त्यही खेतीको मोल न पाएर खेरा गैरहेको छ, म एक महिला हु, महिला अधिकारका ठुला ठुला आवाज गुन्जिने मेरा देशका पाच तारे होटल र रिसोर्ट अनि पार्टी प्यालेसका हलबाट म बस्ने बस्तीमा त्यो गुन्जन पुग्न सकेन, अझै पनि बोक्सी र दाइजोको प्रथाका नाममा जिउदै जल्न बिवश छु, म एक वृद्ध हु, जिवनको अन्तिम समयमा आइपुदा देशका राजनैतिक परिबर्तन र क्रान्तीका नाममा छोरा र छोरी घरपरिबारको आहुती दिएर आज आफ्नो अन्तिम संस्कारका लागि भाइ भार्दारका छोरा छोरि खोज्नुपर्दैछ, म एक बालक हो, म यो देशको भबिस्य हो, तर जब सम्म मेरो बर्तमान सुरक्षित हुदैन, म कसरी भबिस्य हुने? यो प्रश्नको उत्तर खोज्दै बाल्यकाल बिताउदै छु, म एक बिदेशिएको युबा, देशमा केही अवसर पाउने अवस्था न देखेसी बिदेशिने बध्यताले बिदेशिएको म घरमा बुढा बाबा आमाको यादले पिरोलिएको म सुख दुख गर्दै जम्मा गरेर रेमिटेन्स पठाएर घर र देश चलाउने म आज देश भ्रष्टाचारको सागरमा डुबेको देख्दा बिबश र लाचारि बाहेक केही पाउदिन। हो म शिक्षक हो, जीवन भरी आदर्श को शिक्षा दिने म मेरो समाजलाई कती आदर्श बनाउन सके भन्ने प्रश्नले पिरोलिरहेको हुन्छ। निस्पक्ष सत्य सुचना सम्प्रेषण गर्दै आफ्नो पेशालाई मरियादित बनाउनु पर्ने म पत्रकार आज बिबिन्न नाम र बहानामा पक्ष र बिपक्ष भै बिबादित हुनुपर्दा मेरो म अत्तालिएको हुन्छ। मेरो देश किन आज यो कान्तिबिजोक अवस्थामा छ? किन हरेक ठाउमा आराजकता, डण्डहिन्ता, अनुशासनहिन्ता, ठगी, भ्रष्टाचार अनि बिकृती र बिसङ्गती, युबा पलायन जस्ता डरलाग्दा अवस्थाहरु मौलाइरहेका छन? यो प्रश्नले मलाइ रात भरी निदाउन दिदैन, अनि सोच्छु, यस्तो मलाइ मात्र हुन्छ कि सबैलाई? यो प्रश्नको उत्तर खोज्दै जादा कति ले हाम्रो शासन ब्यवस्था, गणतन्त्रलाई दोस देखाए, कतिले नेतालाई दोस देखाए, कति कति हजार बर्ष अगि मरेकी सतिलाई दोश देखाए,? तर यो कुनै पनि कारण होइन। मुख्य कारण त म हो अनि मेरो मौनता, नेपालमा भएक हरेक साना देखि ठुला भ्रष्टाचारका काण्डहरुको उतिनै दोसि म पनि छु, किनकि म मौन छु, किन कि म आम मान्छे हु, म कुनै समस्यामा फस्न चहादिन, म मेरो हरेक कुरा भर्खरै होस भन्ने कामना गर्छु, त्यसका लागि सर्ट्कट अप्नाउछु, कुनै सरकारी अपिस जादा पहिले बिचैलिया खोज्छु, किन कि म हातारमा छु, प्रहरीका पुग्नु पर्यो भने नेता खोज्छु, नाताबाद, कृपाबाद, पार्टिबादका नाउमा हरेक अनियमितालाई मैले मौन समर्थन गर्दछु, छिमेकिले चढेको पजेरो देख्दा मलाइ लोभ लाग्छ, उस्को जीवन शैली एका एक परिबर्तन कसरि भयो म बुझ्दिन, उस्लाइ नमस्कार गर्छु अनि समाजको ठूलो समाजसेबी बनाएर खादा अनि मालाले सम्मान गर्छु, निर्वाचनको प्रक्रियालाई कसरी कम खर्चिलो र प्रभाबकारी बनाइ असल इमान्दार मान्छेलाई जिताउ भन्ने मेरो दिमाग मै छैन, मलाइ त निर्वाचनमा पाइने महङगा अङ्ग्रेजी सराब अनि कबाब त्यस्पछी पेट्रोल पाए पुग्छ, त्यो सबै खर्च कसरी भैरहेको छ मतलब भएन,अनि पछि भ्रष्टाचार भयो, देश सके भन्दै पुर्पुरो समत्ने म किन आफ्ना व्यवहार र आवस्यकतालाई बिलासिता बाट टाढा राख्न सक्दिन, किन म समाजमा पैसा हुनेलाई समाजसेबी बन्नाउछु, अनि नेता अनि हरेक मोडमा अनियमितता गरि धन आर्जन गर्न प्रोत्साहन गरिरहेको छु, यो प्रश्नले मेरो मनको अन्तरकुना झक्झकाइरहेको छ, जब सम्म म बद्लिन्न तब सम्म मेरो देश बद्लिन्न। नेपालको दुर्गतीको मुख्य कारण नै म भित्रको भ्रष्ट आचरण हो त्यसैले भ्रष्टाचारको जरो उखेल्नका लागि मेरो मन भित्र लुकेको नाता वाद कृपा वाद, पैसाबाद अनि पार्टीबादको अन्त्य गरि इमान्दारी, अशल र साधारण जिवनको अनुसरण गर्दै आज बाटै मौनता तोडेर भ्रष्टाचार विरुद्ध आफ्नो अभियान हरेक ठाउबाट ससक्त पार्ने प्रतिज्ञा गर्द्छु। भ्रष्टाचार विरुद्ध म!!!

    Advertisement

    किशोर गैरे, बर्दघाट, नवलपरासी निबासी हुनुहुन्छ।

    मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation