• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

विद्यालयमा मोबाइल प्रतिबन्ध


  •   शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित
  • पाल्पा। पाल्पा रामपुर नगरपालिका–४ देवीस्थानस्थित कालिका आधारभूत विद्यालयले यसै शैक्षिक सत्रदेखि विद्यालय समयमा मोबाइल फोन प्रयोगमा निषेध गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षक कर्मचारीको सहमतिमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि शिक्षक वा कर्मचारीले मोबाइल फोन प्रयोग गर्न नपाउने नियम लागू गरिएको हो ।

    Advertisement

    शैक्षिक गुणस्तर वृद्धि गरी नमूना विद्यालयका रुपमा चिनाउन विद्यालयले शुरु गरेको यो कार्यप्रति सरोकारभएका व्यक्तिले प्रशंसा गरेका छन् । यसै विद्यालको सिको नगरपालिकाका अन्य विद्यालयले पनि गर्ने तयारीमा छन् ।

    कक्षाकोठाभित्रै शिक्षकले मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको अभिभावकका गुनासो आएपछि विद्यालय समयभित्र मोबाइल फोनको प्रयोग निषेध गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडा बताउँछन् । ‘भर्ना अभियानको क्रममा घरदैलो गर्दा कक्षा कोठाभित्रै शिक्षण कार्य रोकी शिक्षक फोन उठाएर आनन्दले कुराकानी गरेर बस्छन्, विद्यार्थीले के सिक्छन् ? अन्य विद्यालयमा भर्ना गराउने कुरा अभिभावकले गरेकाले तत्काल समितिको बैठक बसेर यस्तो निर्णय गरेका हौँ’, अध्यक्ष ठाडा जानकारी दिन्छन् ।

    यसमा सरोकार भएका पक्षको सहमतिमा शैक्षिक सत्रको शुरुआतमै मोबाइल फोन विद्यालय समयभित्र निषेध गर्ने कार्य शुरु गरिएको उनको भनाइ छ । अति आवश्यक काम परे प्रधानाध्यापकको मोबाइलबाट शिक्षकलाई अनूकुल समय मिलाएर कुरा गराउने व्यवस्था मिलाइएको छ ।

    खाजा खाने समयबाहेक अरु समय मोबाइल फोन प्रधानाध्यापकको निगरानीमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सोमबहादुर सेन बताउँछन् । यसै शैक्षिक सत्रदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्यालको प्रवेशद्धारमा साँचो लगाउने गरिएको छ । यस विद्यालयमा कक्षा नर्सरीदेखि ४ सम्म अङ्ग्रेजी माध्यम र पाँचदेखि आठसम्म नेपाली माध्यममा पठनपाठन भइरहेको छ ।

    अघिल्लो शैक्षिक सत्रको तुलनामा विद्यार्थी भर्नादर पनि बढ्दो छ । हाल विद्यालयमा १३० विद्यार्थी र दश शिक्षक कर्मचारी छन् । कक्षा कोठाभित्रै शिक्षकले फोनको घण्टी बज्नासाथ उठाएर कुरा गर्ने प्रवृत्तिले विद्यार्थीको पठनपाठनमा बाधा परिरहेको थियो ।शैक्षिक गुणस्तर सुधारका निम्ति रामपुर नगरपालिका भित्रका सबै विद्यालयमा विद्यालय समयभित्र मोबाइल फोन प्रयोग नगर्न अनुरोध गरिएको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्याल जानकारी दिन्छन्।

    पाल्पाकै नमूना विद्यालयका रुपमा छनौटमा परेको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालित रामतुलसी माविले पनि यस्ता क्रियाकलाप अवलम्वन गर्न लागेको छ । अब छिट्टै नै विद्यालय समयभित्र मोबाइल फोन प्रयोग निषेध गर्ने तयारीमा रहेको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् ।

    सामुदायिक विद्यालयमा शिक्षकको अटेरीका कारण कक्षा कोठामा नियम उल्लङ्घन गर्ने प्रवृत्तिले शैक्षिक गुणस्तर बढ्नुभन्दा झन् खस्कदै जान थालेकोले अन्य विद्यालयले पनि मोबाइल फोनको प्रयोग निषेध गर्नुपर्नेमा जम्बद्ध व्यक्ति जोड दिन्छन् ।

    शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation