मधुसुदन पोख्रेल,प्यूठान।भुइमा तिरपाल विक्षाइएको छ । तिरपालमाथी जाँतो राखी मैकै पिस्दै गरेका छन युवराज पोख्रेलको जोडि । प्यूठान नगरपालिका ६ माझकोटमा पर्ने जुम्लीधारा गाउँको आफ्नै घरको पिडिमा उनको जाडिले जातो घुमाइरहेका छन ।
जातो घुमाउदै मुसुक्क हाँस्दै मकै मुठिभरि लिएर जातोमा राख्दै थोरै छ यति पनि के मिलमा लैजाने भन्छीन युवराजकी दुलाही नारायणि पोख्रेल । जाँतो घुमाएको देखेर उनकी छोरी दङ्ग पर्दै हेरीरहेकी छिन । शरिका लाागि व्यायाम पनि हुन्छ खान पनि मिठो हुन्छ पोख्रेलले हास्दै भने ।“चाकी घुमाउन धौ हुन्छ नी हैन ” । एक हातले जातोमा रहेको हत्तासो छापी अर्को हातले मुठिभरि मकैको एैरो खसाल्दै जोडिहरु आन्नदले मकै पिसीरहेका छन । अन्न पिस्नका लागि घर भित्र कुनै एक ठाउमा ३ किला गाडेर जातोलाई अड्याई जातो घुमाने चलन थियो । २८ वर्षका युवराज पोख्रेल र २५ वर्षे उनकी श्रीमती नारायणि पोख्रेलले मकैलाई पिसेर आटो बनाउन लागेका छन । घरमा उत्पादन भएको अन्न बालीहरु गहुँ ,मकै,कोदो, फापर,जौँ जस्ता खाद्यन्न अन्नबालीहरु जातोले पिसेर खाने चलन पहिले धेरै थियो । पहिले घर भित्र थियो अहिले खासै चाकी प्रयोग हुदैन कहिले काहि मात्र पिस्ने हुनाले किला नराखी तिरपाल माथिनै जातो राखेको पोख्रेलले बताए । उनले भने “ गाउँमै मिल छ चाकिको खासै प्रयोग हुदैन चाकी घुमाई राख्न पनि गाह्रो हुन्छ सजिलो छाडेर गाह्रो हुने काम कस्ले गरोस ”।
१५ वर्ष भन्दा पहिले गाउँका सवै घर घरमा जातो र धान कुट्ने ढिकी थियो । आज भोली कसैको घरमा जातो वा ढिकि देखीदैन । प्राय छिटफुट रुपमा कसै कसैको घरमा मात्र जातो र ढिकि देखिन्छ । घरका दुई जना दम्पतीले जातो घुमाउथे र घरमै पिसेको अन्न खान्थे । विहानै ४ वजे उठेर एक मुरी मकै दुईं घण्टामै जातोले पिसेको गाउकै जेष्ठ नागरिक वालिका पोख्रेलको अनुभव छ । ८१ वर्ष पुगेकी उनले भनिन “गाउँमा विहान ४ नवज्दै भालेको डाको संगै सवैको घरमा चाकि पनि बज्ने गर्थ्यो अहिले त्यो चलन हरायो ” । एक दिन बाच्नु पर्छ नौलाख तारा देख्न पाइन्छ भने जस्तैे के के देख्न पाइयो उनले थपिन ।पुराना कुरा संझदै भनिन विहानै उठेर मकै पिस्न,े पानी पधेरो जाने र नास्ता खाएर घास काट्न जाने गाई भैसी चराउन बन लग्ने गर्थ्यौ तर आज भेलि ति सवै एकादेशको कथा जस्तै भयो ।
चिउरिको तेल तोरिको तेल कोलमा पेलेर खान्थ्यौ आज भोलि देख्न पाहिदैन सवै हराए उनले भनिन । यूवा पुस्ताले जागर गर्दैनन एक माना दाल पिस्न परेपनि मिलमा दौडन्छन हामिले यति पिस्थीम भन्दा दङ्घ पर्छन जातो पिस्ने र ढिकि कुट्ने त एका देशको कथा जस्तै भएको वालिकाले बताईन । उनले थपिन “ चाकिले पिसेको र ढिकिले कुटेको खाद्यन्न मिठो हुन्थ्यो मिलले पिसेको त किन हो मलाई पच्चो लाग्छ । ” सवैका घरमा चाकिले पिसेको अन्न खाने गाउँमा अहिले मेरो घरमा चाकि छ भन्दा अचम्म मान्न पर्ने जस्तो भैसकेको छ । धार्मिक परमपरा अनुसार नयाँ बाली घरमा भित्राउदा चोखो बनाएर पिस्नुपर्ने हुनालेमात्र ढिकि चाकिको प्रयोग हुने गरेको पोख्रेलको भनाईछ । ढिकि चाकि खासै गाउँमा छैनन । गाउमा कोही कोहिले छिटपुटरुपमा मात्र राखेका छन । उनले भनिन “तिहारको बोला मात्र ढिकिको प्रयोग हुन्छ गाइलाई खुवाने पिठो कुट्न ढिकि कुर्दै लाइन धेरै बस्नु पर्छ । ” गाउँमै नया नया प्रविधिहरु आए ढिला हुने काम छिटै हुने मेसिन आए र युवा पुस्ताले जागर नगर्नाले पनि यस्ता मौलिक परम्पराका सामानहरुको लोप हुन लागेको बालिकाको भनाई रहेको छ ।
मौलिक परमपराका सामाग्रिहरु विस्तारै लोपहुदै गहिरहेका छन । गाउमै उत्पादन हुने र परमपराका मौलिक सामानहरु डोका,े ओरो,डालो,थुन्से, मान्द्रो ढिकी, चाकी कोल, कोर्को जस्ता सामाग्रीहरु गाउँमा पाउन मुस्कील छ । यस्ता मौलिक परमपराका सामाग्रिहरु लोप हुन नदिन संरक्षण र जगेर्ना गर्नु पर्ने देखिन्छ ।
प्रयोगमा छैन मौलिक मिल
प्रयोगमा छैन मौलिक मिल

Advertisement
तपाईको प्रतिक्रिया