• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्रयोगमा छैन मौलिक मिल


  •   आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
  • मधुसुदन पोख्रेल,प्यूठान।भुइमा तिरपाल विक्षाइएको छ । तिरपालमाथी जाँतो राखी मैकै पिस्दै गरेका छन युवराज पोख्रेलको जोडि । प्यूठान नगरपालिका ६ माझकोटमा पर्ने जुम्लीधारा गाउँको आफ्नै घरको पिडिमा उनको जाडिले जातो घुमाइरहेका छन ।
    जातो घुमाउदै मुसुक्क हाँस्दै मकै मुठिभरि लिएर जातोमा राख्दै थोरै छ यति पनि के मिलमा लैजाने भन्छीन युवराजकी दुलाही नारायणि पोख्रेल । जाँतो घुमाएको देखेर उनकी छोरी दङ्ग पर्दै हेरीरहेकी छिन । शरिका लाागि व्यायाम पनि हुन्छ खान पनि मिठो हुन्छ पोख्रेलले हास्दै भने ।“चाकी घुमाउन धौ हुन्छ नी हैन ” । एक हातले जातोमा रहेको हत्तासो छापी अर्को हातले मुठिभरि मकैको एैरो खसाल्दै जोडिहरु आन्नदले मकै पिसीरहेका छन । अन्न पिस्नका लागि घर भित्र कुनै एक ठाउमा ३ किला गाडेर जातोलाई अड्याई जातो घुमाने चलन थियो । २८ वर्षका युवराज पोख्रेल र २५ वर्षे उनकी श्रीमती नारायणि पोख्रेलले मकैलाई पिसेर आटो बनाउन लागेका छन । घरमा उत्पादन भएको अन्न बालीहरु गहुँ ,मकै,कोदो, फापर,जौँ जस्ता खाद्यन्न अन्नबालीहरु जातोले पिसेर खाने चलन पहिले धेरै थियो । पहिले घर भित्र थियो अहिले खासै चाकी प्रयोग हुदैन कहिले काहि मात्र पिस्ने हुनाले किला नराखी तिरपाल माथिनै जातो राखेको पोख्रेलले बताए । उनले भने “ गाउँमै मिल छ चाकिको खासै प्रयोग हुदैन चाकी घुमाई राख्न पनि गाह्रो हुन्छ सजिलो छाडेर गाह्रो हुने काम कस्ले गरोस ”।
    १५ वर्ष भन्दा पहिले गाउँका सवै घर घरमा जातो र धान कुट्ने ढिकी थियो । आज भोली कसैको घरमा जातो वा ढिकि देखीदैन । प्राय छिटफुट रुपमा कसै कसैको घरमा मात्र जातो र ढिकि देखिन्छ । घरका दुई जना दम्पतीले जातो घुमाउथे र घरमै पिसेको अन्न खान्थे । विहानै ४ वजे उठेर एक मुरी मकै दुईं घण्टामै जातोले पिसेको गाउकै जेष्ठ नागरिक वालिका पोख्रेलको अनुभव छ । ८१ वर्ष पुगेकी उनले भनिन “गाउँमा विहान ४ नवज्दै भालेको डाको संगै सवैको घरमा चाकि पनि बज्ने गर्थ्यो अहिले त्यो चलन हरायो ” । एक दिन बाच्नु पर्छ नौलाख तारा देख्न पाइन्छ भने जस्तैे के के देख्न पाइयो उनले थपिन ।पुराना कुरा संझदै भनिन विहानै उठेर मकै पिस्न,े पानी पधेरो जाने र नास्ता खाएर घास काट्न जाने गाई भैसी चराउन बन लग्ने गर्थ्यौ तर आज भेलि ति सवै एकादेशको कथा जस्तै भयो ।
    चिउरिको तेल तोरिको तेल कोलमा पेलेर खान्थ्यौ आज भोलि देख्न पाहिदैन सवै हराए उनले भनिन । यूवा पुस्ताले जागर गर्दैनन एक माना दाल पिस्न परेपनि मिलमा दौडन्छन हामिले यति पिस्थीम भन्दा दङ्घ पर्छन जातो पिस्ने र ढिकि कुट्ने त एका देशको कथा जस्तै भएको वालिकाले बताईन । उनले थपिन “ चाकिले पिसेको र ढिकिले कुटेको खाद्यन्न मिठो हुन्थ्यो मिलले पिसेको त किन हो मलाई पच्चो लाग्छ । ” सवैका घरमा चाकिले पिसेको अन्न खाने गाउँमा अहिले मेरो घरमा चाकि छ भन्दा अचम्म मान्न पर्ने जस्तो भैसकेको छ । धार्मिक परमपरा अनुसार नयाँ बाली घरमा भित्राउदा चोखो बनाएर पिस्नुपर्ने हुनालेमात्र ढिकि चाकिको प्रयोग हुने गरेको पोख्रेलको भनाईछ । ढिकि चाकि खासै गाउँमा छैनन । गाउमा कोही कोहिले छिटपुटरुपमा मात्र राखेका छन । उनले भनिन “तिहारको बोला मात्र ढिकिको प्रयोग हुन्छ गाइलाई खुवाने पिठो कुट्न ढिकि कुर्दै लाइन धेरै बस्नु पर्छ । ” गाउँमै नया नया प्रविधिहरु आए ढिला हुने काम छिटै हुने मेसिन आए र युवा पुस्ताले जागर नगर्नाले पनि यस्ता मौलिक परम्पराका सामानहरुको लोप हुन लागेको बालिकाको भनाई रहेको छ ।
    मौलिक परमपराका सामाग्रिहरु विस्तारै लोपहुदै गहिरहेका छन । गाउमै उत्पादन हुने र परमपराका मौलिक सामानहरु डोका,े ओरो,डालो,थुन्से, मान्द्रो ढिकी, चाकी कोल, कोर्को जस्ता सामाग्रीहरु गाउँमा पाउन मुस्कील छ । यस्ता मौलिक परमपराका सामाग्रिहरु लोप हुन नदिन संरक्षण र जगेर्ना गर्नु पर्ने देखिन्छ ।

    Advertisement

    आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation