• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ६. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ७. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ८. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

डोकोमा नावालक छोरा बोकेर दैनिकी चलाउदै छमा


  •   बिहिबार, बैशाख ०५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।
    बर्ष ०७६ को दोश्रो बिहान, प्राकृतिक छटाहरुको खानी पबित्र तपोभुमी झिमरुक नदिको शीर गौमुखीको दर्शन गरेर ठुलाचौर तर्फ फर्कदै थियो पत्रकारहरुको जम्बो टोली। बाह्रै महिना चिसो हुने अर्खा क्षेत्रको मौसम पनि चिसै थियो । यात्राका विच टाउकोमा मजेत्रो गुथेर पातलै कपडामा भेटिईन प्युठानको बिकट गौमुखि गाउँपालिका २ अर्खा की छमा सुनार, निधारमा नाम्लोले अड्याईएको पुरानो डोको बोकेकी थिईन। त्यही डोकोमा केही कपडा राखिएको थियो।त्यसै माथी थिए ५ महिने दुधे बालक, उनको पिठ्युँको डोकोमा काखे बालक खेलिरहेको छ । बालकलाई पनि आफ्नो औकातले भ्याए सम्मको बाक्लो कपडाले बेरेकी छिन उनले। ‘बच्चा लिएर आउन त गाह्रो भयाछ, चिसो लाग्छ लागेर के गर्ने उनी भन्छिन ।’ हामी केही सोध्न खोज्दै थियौ, एकछिन त लजाईन उनि, सुरुमा कुरा गर्न अप्ठेरो मान्दै थिइन् तर पछि खुलिन् छमा। ‘यत्रो बच्चालाई कहाँ छोड्ने,’ मलिन स्वर पार्दै उनले भनिन् ‘तल (सहरबजारमा) जस्तो दूध पायाको हुन्न, हामी त तीन वर्षसम्म दूध ख्वायाको हुन्छौँ । घरमा दूध छैन ।’ डोकोमा बच्चा किन? उनले जवाफ फ्याट्टै फर्काएर भनिन’हाम्रो गावँको चलन नै यस्तै हो’ मै पनि डोकैमा हुर्केकी’ सवै डोकोमै बोक्छन छोराछोरी,उनी थप्छिन।’अरु दुईभानालाई पनि डोकोमै हुर्काएँ’ गाउँका धेरैजसो खेती किसानी गर्छन। त्यसैले धेरै गाईबस्तु हुने कृषकहरु कोट र गोठ गर्छन। बर्षको ६ महिना उनिहरु गोठमै बिताउँछन । चरन प्रसस्त हुने र अन्नवाली जंगली जनावरले भ्याईदिने डरले तीनैको हेरचाहका लागि किसानहरु गोठ झर्छन। जिल्लाको उत्तरपुर्वी भेग तिर ‘गोठ र कोट’ को गर्ने किसान धेरै छन। बच्चा घरमा छोड्दा रेखदेख गर्ने मान्छे कोहि हुँदैन्न,छमा भन्छिन। ‘त्यसैले डोकोमै बच्चा हुर्कन्छन’ ‘पशुचौपाया डौडिदा आफु पनि पछिपछी संगै जानुपर्यो,कोखेलिमा राखेर डौडिन सकिन्न’ छमा भन्छिन कहाँ सुख छ र?
    एक छोरा र दुई छोरीकी आमा छमी सुनार २५ वर्षकी भइन्। उनले १५ वर्षकै उमेरमा भागी बिहे गरेकी थिइन्। अहिले उनको दैनिकी काखे बच्चा स्याहार्ने र घरधन्दा चलाउँदैमा बित्छ,१५ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि सुरुमा निकै गाह्रो भयोे, उनले सुनाइन्, ‘अहिले पढ्न मन लाग्छ तर, कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ।’ १५ वर्षमा पहिलो सन्तान, १७ वर्षमा दोस्रो, र २५ वर्षमा तेस्रो सन्तान जन्माइन् उनले।

    Advertisement

    स्कुल पढ्न तीन घण्टा टाढा जानुपर्ने थियो, चार कक्षामा पढ्दा पढ्दै उनले भागेर बिहे गरेको सुनाइन्। अज्ञानता र अभाव र समस्याले अहिल पछुतो लागेको उनले बताइन्। सुनार मात्र होइन यस क्षेत्रमा बसोबास गर्ने महिलाको जनजीवन ज्यादै कष्टकर छ । यहाँका महिलाहरूको वर्षभरीको सबै समय चुलो चौकाको काममा बित्ने गरेको छ । पुरुषहरू भारत जाने गरेका कारण पनि यहाँका महिलाहरूलाई कार्यबोझ धेरै छ । घरदेखि बाहिरको काम समेत महिलाकै ठेक्का हुँदा निकै तनावपूर्ण छ उनीहरूको जीवन । भौगोलिक बिगटताले गर्दा स्थानीय विकासका पूर्वाधारबाट वञ्चित छन् । त्यहाँ यातायात, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायत विकास पूर्वाधार पुग्न सकेको छैन । जसकारण त्यस क्षेत्रको जनजीवन निकै पीडादायी छ । यस्तो अभावमा महिलाले मात्रै काम गर्नुपर्ने बाध्यता पनि छ । घरका पुरुष मान्छे पैसा कमाउन बाहिर देश गएपछि सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा आउने गर्छ । उनीहरू जिम्मेवारी वहन गर्न १२ महिनै फुर्सदमा हुन्नन् । ज्यानको कुनै वास्ता नगरी निरन्तर काममा मात्रै खटिरहन्छन् । यस्तो बाध्यता मुलुकका अधिकांश ग्रामीण क्षेत्रका महिलाले वर्षौंदेखि भोगिरहेका छन् । उनीहरू जस्तो अवस्थामा पनि पारिवारिक बोझ सम्हालिरहेका हुन्छन् । स्वास्थ्य राम्रो नराम्रो जस्तोसुकै अवस्थामा अनवरत घरायसी कार्यमा तल्लीन भइरहेका हुन्छन्, धेरैजसो महिला । पुरुष मान्छे घरमा भए पनि खासै काममा सघाउँदैनन् । उनीहरू सोच्छन्, घरमा श्रीमतीलाई काममा सघायो भने इज्जत जान्छ तथा मर्द भएर त्यस्तो काम गर्नुहुन्न । यस्तो साँघुरो सोचाइका कारण अधिकांश महिलाले आफ्नै श्रीमानको सहयोग पाउँदैनन् । छमाका श्रीमान् गोठमा गाईवस्तुको रेखदेख गर्दै छन् ।उनले घरको काम गर्छिन् ,म गोठालो गर्दै दैनिकी चलेको छ , सानै उमेरमा बिबाह गरियो व्यबहारले च्याप्दै गयो श्रीमान ज्ञान बहादुर सुनार बताउँछन् । महिलाका समस्या समाधानका लागि अब सबैभन्दा चेतना नै आवश्यक पर्छ । त्यसकारण महिलाले वर्षौंदेखि भोग्दै आएका विभिन्न समस्या समाधानका लागि राज्य तथा सबैको उत्तिकै भूमिका हुन्छ । गौमुखी गाउँ पालिकाका अध्यक्ष बिष्णु गिरि भन्छन् , ‘गौमुखिका महिलाहरूलाई घरको कामकाज धेरै छ । परम्परागत प्रणालीको खेतीले यहाँका महिलाको जीवन झनै कष्टकर बनाएको छ । खेतबारीको कामको चाप, महिलाले मात्र काम गर्नुपर्छ भन्ने गलत मानसिकता पुरुषमा हावी भएकाले ग्रामिण महिला झनै समस्यामा परेको गिरि बताउछन् । ‘बालबच्चालाई स्याहार्नेदेखि खेतबारीको काम हुँदै चुलो चौकासम्म आफुले गर्नुपर्ने यहाँका महिलाको नियति रहेको छ’ उनिहरुको क्षमता बिकासका लागि बजेट बिनियोज गरेका छौँ ,उनले भने ‘महिला भित्र पनि दलित महिलाको अवस्था झन् दर्दनाक भएको र सानैमा बिहे गराइदिने प्रचलनले २० वर्ष नपुग्दै चार पाँच वटा बच्चाको आमा बन्नुपर्ने अवस्था छ ।’

    बिहिबार, बैशाख ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
    नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए
    पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह
    राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना
    आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    • ६.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • २.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ३.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ४.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ५.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ६.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    • ७.
      स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    • ८.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...