दाङ– दाङका दश स्थानीय तहमध्ये चार स्थानीय तहले मोवाईल एप्स सञ्चालनमा ल्याएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र शान्तिनगर गाउँपालिकाले मोवाईल एप्स सञ्चालनमा ल्याएका छन्। अन्य ६ वटा स्थानीय तहले समेत मोवाईल एप्स सञ्चालनको तयारीमा रहेको बताएका छन् ।
अहिले घोराही उपमहानरपालिकासहित बबई, दंगीशरण, गढवा, राजपुर, बंगलाचुली गाउँपालिकाले आफ्नो मोवाईल एप्स सञ्चालनमा ल्याएका छैनन् । मोबाइलबाटै सेवा प्रवाह गर्नुका साथै गाउँपालिकाका सम्पूर्ण गतिबिधि मोवाईलबाट सञ्चालन गर्न मोवाईल एप्सले मद्दत पु¥याउने शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।
Advertisement