• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

भीरमा अडिएको पुठादरवार: संरक्षण गर्दै गाउँपालिका


  •   आइतबार, चैत २४, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान।
    चारैतिर अग्लो भू–भाग । दायाँबायाँ,तलमाथी बर्षेभेलले पारेका ठुला ठुला भंगाला । बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको संरचना । मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने भिर । र मन्दिरको फेदीमा रहेको आकर्षक गुफा । त्यहाँबाट देखिने नागबेली आकारका मोटरबाटा र खहरेहरु, मन्दिरको पारिपट्टि देखिने दाङको बंगलाचुली लेक, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नाङ्गा डाँडापाखा । मन्दिर अवस्थित जमीनसँग जोडिएको उर्बर फाँट । फेँदिका गाउहरुमा हावासँगै लहलह झुल्ने, गहुँ जौ जस्ता अन्नबाली । सरुमारानी गाउपालिका-५ बराहपानी स्थित पुठा दरवारका यी बाहिरी आकर्षण हुन् । मन्दिर पुगेपछि देखिने यस्ता दृश्यले मन्दिर पुग्ने जो कोहीको पनि मन लोभिने गर्दछ । दक्षिणी प्युठानको पुठादरबारको बाहिरी संरचना र यहाँबाट देखिने दृश्य अत्यन्तै आकर्षक र लोभलाग्दा छन् । मन्दिरबाट देखिने गाउँबस्ती, नदीनालाको दृश्यावलोकन पूजाआजा पछिको भक्तजनको मुख्य रोजाइमा पर्छ । चारैतिर अग्लो भू–भाग र बीचको अग्लो टाकुरामा मन्दिर भएकाले त्यहाँबाट देखिने मनमोहक दृश्य अवलोकन गर्न मात्रै वर्षेनी यहाँ सयौँ भक्तजन आउने गरेको सरुमारानी ५ हात्तीखालका स्थानीय भुम बहादुर पल्लीको भनाइ छ ।  यहि मन्दिरको पूजाआजा तथा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भक्तजनहरुले आफुले गरेको भाकल पूरा हुने भन्दै खसी बोकाको बली दिने गर्छन् । मन्दिर आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास रहेको पल्लीले बताए । पशुचौपाया लिएर त्यहाँ पुग्दा जंगली जनावरसमेत भेटिने गरेको उनको भनाइ छ । यो मन्दिरमा प्रातःकालमा दिनहुँ एउटा भाले बास्ने गर्थ्यो । त्यो भाले कताबाट आउँछ र फेरि कहाँ जान्छ स्थानीयवासीलाई कुनै पत्तो हुँन्थेन ।बाल्यकालमा मन्दिरक्षेत्रको जंगलमा पुग्दा भाले बासेको आवाज सुन्नेले गाउँमा पुगेर सन्देश फैलाउने गर्थे ।’बाजे बज्यैले भनेको सुनेका हौं,उनले भने ‘मैले त भाले बासेको सुनेको छैन।’ पहिले पहिले मन्दिर दर्शन गर्न आउँदा भक्तालुजनले चढाउने भेटी प्रसाद मन्दिरमा आफै तयार हुने गरेको किवंदन्ती समेत स्थानीयले सुनाउन भ्याए। पुजाआजा गर्दै गर्दा मन्दिर परिसरमै भेटिएका स्थानीय श्यामलाल दर्लामीले भने ‘पुठाझाक्रीले मागेको कुरा पूरा गर्दिनुहुन्छ भनेर आएको हुँ’ यहि बिश्वासले होला जताततैबाट पुजाआजा गर्न यहाँ आउछन ।’ उनले भने। मन्दिरको दर्शनका साथै यहाको मनमोहक दृश्यको अध्यन अबलोकन गर्न प्युठान सहित दाङको मुर्कुटी,स्युजा,हाँसिपुर लगायतका क्षेत्रबाट दैनिक आउछन । उनले पुठाखोला दरवार सम्म सरुमारानी गाउपालिकाले सडक खनिदिएको कारणले यातायातका साधन रिजर्भ गरि पुठा दरवार आउनेको संख्या समेत बढेको सुनाए।
    पुठाखोला दरवारको पर्यटन प्रबर्द्धन र संरक्षणको लागि पहल थालेको सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताए। गाउपालिकाकै पहलमा पुठाखोला दरवार सम्म पुग्ने सडक र पुठादरवारमा मन्दिर निर्माणको काम गरिएको उनले बताए। गाउँपालिकाको पहिचानको रुपमा यस्लाई चिनाउने गरि ब्यबस्थित योजना बनाईने उनले सुनाए । सरुमारानी गाउपालिकाको केन्द्र बडडाडा बजारबाट पश्चिम जस्पुर, पाखापानी,बराहथान हुँदै पुठादरवार पुग्न सकिन्छ। गाउपालिकाले सडक खनिदिएकाले हिजोआज यहाँ जान पैदल हिड्नुपर्दैन।

    Advertisement

    आइतबार, चैत २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...