• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

भीरमा अडिएको पुठादरवार: संरक्षण गर्दै गाउँपालिका


  •   आइतबार, चैत २४, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान।
    चारैतिर अग्लो भू–भाग । दायाँबायाँ,तलमाथी बर्षेभेलले पारेका ठुला ठुला भंगाला । बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको संरचना । मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने भिर । र मन्दिरको फेदीमा रहेको आकर्षक गुफा । त्यहाँबाट देखिने नागबेली आकारका मोटरबाटा र खहरेहरु, मन्दिरको पारिपट्टि देखिने दाङको बंगलाचुली लेक, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नाङ्गा डाँडापाखा । मन्दिर अवस्थित जमीनसँग जोडिएको उर्बर फाँट । फेँदिका गाउहरुमा हावासँगै लहलह झुल्ने, गहुँ जौ जस्ता अन्नबाली । सरुमारानी गाउपालिका-५ बराहपानी स्थित पुठा दरवारका यी बाहिरी आकर्षण हुन् । मन्दिर पुगेपछि देखिने यस्ता दृश्यले मन्दिर पुग्ने जो कोहीको पनि मन लोभिने गर्दछ । दक्षिणी प्युठानको पुठादरबारको बाहिरी संरचना र यहाँबाट देखिने दृश्य अत्यन्तै आकर्षक र लोभलाग्दा छन् । मन्दिरबाट देखिने गाउँबस्ती, नदीनालाको दृश्यावलोकन पूजाआजा पछिको भक्तजनको मुख्य रोजाइमा पर्छ । चारैतिर अग्लो भू–भाग र बीचको अग्लो टाकुरामा मन्दिर भएकाले त्यहाँबाट देखिने मनमोहक दृश्य अवलोकन गर्न मात्रै वर्षेनी यहाँ सयौँ भक्तजन आउने गरेको सरुमारानी ५ हात्तीखालका स्थानीय भुम बहादुर पल्लीको भनाइ छ ।  यहि मन्दिरको पूजाआजा तथा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भक्तजनहरुले आफुले गरेको भाकल पूरा हुने भन्दै खसी बोकाको बली दिने गर्छन् । मन्दिर आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास रहेको पल्लीले बताए । पशुचौपाया लिएर त्यहाँ पुग्दा जंगली जनावरसमेत भेटिने गरेको उनको भनाइ छ । यो मन्दिरमा प्रातःकालमा दिनहुँ एउटा भाले बास्ने गर्थ्यो । त्यो भाले कताबाट आउँछ र फेरि कहाँ जान्छ स्थानीयवासीलाई कुनै पत्तो हुँन्थेन ।बाल्यकालमा मन्दिरक्षेत्रको जंगलमा पुग्दा भाले बासेको आवाज सुन्नेले गाउँमा पुगेर सन्देश फैलाउने गर्थे ।’बाजे बज्यैले भनेको सुनेका हौं,उनले भने ‘मैले त भाले बासेको सुनेको छैन।’ पहिले पहिले मन्दिर दर्शन गर्न आउँदा भक्तालुजनले चढाउने भेटी प्रसाद मन्दिरमा आफै तयार हुने गरेको किवंदन्ती समेत स्थानीयले सुनाउन भ्याए। पुजाआजा गर्दै गर्दा मन्दिर परिसरमै भेटिएका स्थानीय श्यामलाल दर्लामीले भने ‘पुठाझाक्रीले मागेको कुरा पूरा गर्दिनुहुन्छ भनेर आएको हुँ’ यहि बिश्वासले होला जताततैबाट पुजाआजा गर्न यहाँ आउछन ।’ उनले भने। मन्दिरको दर्शनका साथै यहाको मनमोहक दृश्यको अध्यन अबलोकन गर्न प्युठान सहित दाङको मुर्कुटी,स्युजा,हाँसिपुर लगायतका क्षेत्रबाट दैनिक आउछन । उनले पुठाखोला दरवार सम्म सरुमारानी गाउपालिकाले सडक खनिदिएको कारणले यातायातका साधन रिजर्भ गरि पुठा दरवार आउनेको संख्या समेत बढेको सुनाए।
    पुठाखोला दरवारको पर्यटन प्रबर्द्धन र संरक्षणको लागि पहल थालेको सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताए। गाउपालिकाकै पहलमा पुठाखोला दरवार सम्म पुग्ने सडक र पुठादरवारमा मन्दिर निर्माणको काम गरिएको उनले बताए। गाउँपालिकाको पहिचानको रुपमा यस्लाई चिनाउने गरि ब्यबस्थित योजना बनाईने उनले सुनाए । सरुमारानी गाउपालिकाको केन्द्र बडडाडा बजारबाट पश्चिम जस्पुर, पाखापानी,बराहथान हुँदै पुठादरवार पुग्न सकिन्छ। गाउपालिकाले सडक खनिदिएकाले हिजोआज यहाँ जान पैदल हिड्नुपर्दैन।

    Advertisement

    आइतबार, चैत २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु
    राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...