बुटवल । रुपन्देहीका सिद्धार्थनगर नगरपालिका सहित मायादेवी र सियारी गाउँपालिका गरि तीन स्थानीय तहले संयुक्त रुपमा वारुणयन्त्र सञ्चालनमा ल्याएका छन् । ६३ लाख २४ हजार रुपैयाँमा वारुणयन्त्र सञ्चालनमा ल्याईएको हो।अशोक लिल्याण्ड कम्पनीको उक्त यन्त्रमा तीन हजार ५ सय लिटर पानी र पाँच सय लिटर फोम भर्न सकिने क्षमता रहेको बताइएको छ । जसमा ६ मिटर अग्लो घुमेर उज्यालो दिनसक्ने हाइडोलिक लाइट जडित छ । नयाँ बारुण यन्त्र सञ्चालनमा आएसँगै घटना भइहाले पनि ठूलो क्षति हुनबाट बचाउन सकिने सिद्धार्थनगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । यसअघि सिद्धार्थनगरमा वारुणयन्त्र भएपनि पुराना भएका थिए ।
Advertisement