• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

पर्यटकिय स्थलमा पूर्वाधार विकास गर्दै नौवहिनी गाउँपालिका


  •   मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित
  • बाहने । वषौेदेखि गुमनाम बनिरहेको कटवरा दहको संरक्षणमा नौबहिनी गाउँपालिकाले सक्रियता देखाएको छ। महाभारत श्रृंखलाको अग्लो डाडोमा रहेको दहसम्म पुग्न पैदल बाटो समेत अप्ठेरो छ। लिघाको फाउनेपोखरीसम्म यातायातको साधन पुगे पनि फाउनेपोखरी देखि बगरखोलासम्म सडकको ट्रयाकसम्म खोलिएको छ।
    । बगरखोलामा झोलुङ्गे पुल निर्माण गर्ने योजना अगाडि बढाएको गाउँपालिकाले बगरखोलादेखि कटवरासम्मको ठाडै करिव तीन किलोमिटर उकालो पैदल मार्ग स्थानीयको सहभागीतामा निर्माण गरिरहेको छ। पैदल मार्ग निर्माण भएपश्चात कटवरा दह सजिलै पुग्न सकिने छ।गाउँपालिकाका अध्यक्ष शिव रिजालका अनुसार पैदल मार्ग निर्माणका लागि कुर्तिवाङका झण्डै १५० जनाले स्थानीय स्तरमा रोजगार पाइरहेका छन्। वरिपरी घना जंगलले घेरिए पनि कटवरा दहमा एउटा पनि पात बगेको देख्न सकिदैन। यस्तो हुनुमा जलदेवताको शक्ति रहेको स्थानीयको विश्वास रहेको छ। पदमार्ग निर्माण समितिका सचिव समेत रहेका कुर्तिवाङका थम्मनसिंह घर्ती मगरले अहिलेसम्म दहमा पात बगेको कहिल्यै नदेखेको बताए। दहमा देवता बास गरेको पानी मान्छेले पिएमा अनिष्ट हुन सक्ने विश्वासका कारण स्थानीयले उक्त दहको पानी समेत पिउँदैनन्।
    वगरखोलाको सफा पानी र यसले ढुंगा काटेर बनाएका खोलाको स्वरुपले जोसुकैलाई आकर्षित गर्ने गर्दछ। ठाडो खोला भएपनि पानीको दवावले बनाएका स–साना कुण्टाहरुमा समेत पौडी खेल्न सकिन्छ। अत्यन्तै सफा पानीमा पौडी खेल्न पाउनुको बेग्लै मज्जा भएको पत्रकार गिरुप्रसाद भण्डारी बताउँछन्।
    बगरखोलासम्म फाउनेपोखरीदेखि ओरालो बाटो भएपनि त्यहाँबाट तह पुग्न ३३ सय मिटर ठाडो उकालो पैदल हिड्नुपर्छ। उक्त बाटोमध्ये १६ सय मिटरपछिको दोश्रो खण्डको पैदल मार्गको निर्माण कार्य १० लाख रुपैयाको लागतमा अहिले धमाधम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए स्थानीयहरु बाटो खन्ने क्षेत्रमा आवश्यक खानेकुराको जोहो गरी बास बसेरै पैदल मार्ग निर्माण गरिरहेका छ्न्।
    पैदल मार्ग निर्माणमा काम पाएकोमा स्थानीय कुर्तिवाङका युवाहरु समेत उत्साहित छन्। वैदेशिक रोजगारको शिलशिलामा कतार ३ वर्ष बसे पनि दुःख पाएर गाउँमै फकिएका खेमराज रानामगर बाटो निर्माणको काम पाएकोमा खुशी छन्। आप्mनो गाउँभन्दा बाहिर काम गर्न लाज लाग्ने गरेको बताउँदै गाउँमै काम पाएकोमा उनी खुशी भएका हुन्। नौबहिनी गाउँपालिकाको लिघा र स्याउँलीबाङ सीमा क्षेत्रमा रहेको दह निकै आकर्षक भएपनि पूर्वाधार अभावका कारण ओझेलमा परेको गाउँपालिकाका उपाध्यक्ष घनबहादुर बुढाले बताए। करिव २१ सयम मिटरको उचाइमा रहेको कटवरा दहसँगै घना जंगल, लालीगुरास, विभिन्न जीवजन्तु, चराचुरुङ्गी यहाँको आकर्षण हो। यहाँबाट जिल्लाकै अग्लो स्थानमा रहेको कोठीभिर पुग्न सकिन्छ। लिघाको तिनचुलेदेखि कटवरा दह, खलेसवाङ हुँदै कोठीभिर पुग्ने पदमार्ग निर्माण गर्न सके यसको क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गर्न सकिन्छ। प्रकृतिका वरदानको रुपमा रहेका यस क्षेत्रका सम्भावित पर्यटकीय गन्तव्यहरुमा सजिलै पुग्न सक्ने गरी पूर्वाधारको विकास गर्न सके गरीवीसँगै जिल्लामै सबैभन्दा बढी संघर्ष गरिरहेका सो क्षेत्रका वासिन्दाको मुहार थोरै भए पनि खुशी आउने निश्चित छ।

    Advertisement

    मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation