काठमाडाैं। अबको एक वर्ष भित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।याे समाचार आजको नयाँ पत्रिकामाप्रकाशित छ । मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको ‘भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्ट’का लागि लगानी बोर्डबाट स्वीकृत भएको छ,’ उनले भने, ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’
Advertisement