पाल्पा – पाल्पाका ८१ वडा मध्ये ३० वडामा, वडा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका छन् । १० स्थानीय तहका ८१ वडामा सचिवको अभावमा प्रशासनिक कार्य सम्पादनका काममासमेत समस्या भएको छ । यी वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ ।अनुभव र विषय समेत नमिल्ने कर्मचारीले कार्य सम्पादन गर्नुपर्ने भएपछि काममासमेत ढिलाई भैरहेको स्थानीयले गुनासो गरेका छन् । वडा सचिव नभएपछि स्वास्थ्यकर्मी र खानेपानी प्राविधिकलाई वडा सचिवको जिम्मा दिइएको निस्दी गाँउपालिकाका अध्यक्ष मुक्तबहादुर सारु मगरले जानकारी दिए । गाउँपालिकाको ७ वटै वडामा वडा सचिव नहुँदा वडा नं १ मा खानेपानी प्राविधिकले, वडा नम्बर २, ३, ६ र ७ मा स्वास्थ्यकर्मीले, वडा नम्बर ४ मा गाउँपालिकाका जिन्सी शाखाका नायब सुब्बा र वडा नम्बर ५ मा कार्यालय सहायकले वडा कार्यालयको कामकाज सम्हालेको अध्यक्ष सारुले जनाए । जिल्लाका सबैजसो वडा, नगर र गाँउपालिकाको कार्यालयमासमेत कर्मचारीको अभाव हुँदा नागरिकका चाहाना अनुसार काम गर्न समस्या भएको जनप्रतिनिधिहरुको गुनासो छ ।सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् ।
पाल्पाका ८१ मध्ये ३० वडा सचिवविहीन,सेवाग्राही मर्कामा
पाल्पाका ८१ मध्ये ३० वडा सचिवविहीन,सेवाग्राही मर्कामा
Advertisement
तपाईको प्रतिक्रिया