• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

नारी दिवस र परिर्वतनले ल्याएको खुसी


  •   शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
  • सुनिता कँडेल ÷तम्घास गुल्मी ।
    भनिन्छ, संसारमा दुईवटा मात्र जाती छ, एउटा पुरुष, अर्को स्त्रीजाती । जुन घर नारि हुन्छीन् त्यो घरमा लक्ष्मीको वास हुन्छ । नारि महान हुन् यी हाम्रो समाजमा महिलाहरुको निम्ति भनिने, सुनिने आवाजहरु हुन् । आज विश्व विकासको गतिमा धेरै फड्को मारिरहेको छ । तर हामी भने महिला समानताको कुरा कहाँबाट शुरु गर्ने भन्ने विषयमा अझै पनि अन्योलमा छौं । साच्चिकै भन्ने हो भने यो यो धर्तिमा एउटा हिस्सा ओगटेका महिलाहरु अझै पनि हक अधिकारको निम्ति आवाज उठाउनु पर्ने बाध्यता छ । आज एउटा महिलाहरुले अधिकारस्थापना भएको दिन । यो दिन संसार भरका महिलाहरुसंघर्षको जितको रूपमा मनाउँने गरेका छन् । सन् १८५७ न्युयोर्क सहरको कपडा कारखानामा काम गर्ने हजाराँै श्रमिक महिलाहरूले १८ घन्टा कामको सट्टामा १० घन्टा हुनुपर्ने, समान कामको समान ज्याला पाउनुपर्ने लगायतका मागहरू राखी ठूलो आन्दोलन गरेका थिए । लामो आन्दोलनपछि श्रमिक महिलाहरूको उक्त मागलाई सम्बोधन गरिएकाले सन् १९१० मा अन्तर्रा्ष्ट्रिय महिलाहरूको कोपनहेगनमा भएको दोश्रो अन्तराष्ट्रिय सम्मेलनमा महान् नेत्री क्लारा जेट्किनको प्रस्ताव पारित गर्दै, सन् १९११ देखि ८ मार्चलाई संसारभरि नै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको हो । जुन आजसम्म पनि विश्वभरिका श्रमिक महिलाहरूले ८ मार्चलाई आफ्नो संघर्षको जितको रूपमा मनाउँदै आइरहेका छन् । यस दिवसको दिन सरकारी तथा गैरसरकारी क्षेत्रबाट नारी हक हितको पक्षमा आवाज उठाएरमात्र महिलाको समस्या समाधान हुनेवाला छैन् । विशेषगरी राज्यले आवश्यक पहल नगरेसम्म सोचेअनुसारको परिणाम आउन सक्दैन । मुलुकमा पछिल्लो समयमा महिला हिंसाको क्रम बढ्दै गएकोले यसको न्यूनीकरणको लागि ठोस कार्ययोजना ल्याउनु आवश्यक छ । सरकारी स्तरबाट नारी हितको लागि केही प्रयास भएपनि यो पर्याप्त छैन् । कानुनमा भएका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन हुने अवस्था सिर्जना नभएसम्म नारीहित कथनीमै सिमित हुनेछ । केहि हदसम्म मुलुकमा बिभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै नारीप्रति हेरिने दृष्टिमा पनि धेरै अन्तर आएको छ । संविधान, कानुन, नीति, नियम आदिमा नारी अनुकूल व्यवस्था बढ्नु आफंैमा सुखद पक्ष पनि हो । परिर्वतनले नै आज धेरै महिलाहरु उच्च पदमा पुगेका पनि छन् । महिलाहरुको निम्ति यो महान उपलब्धी पनि हो । संबिधान जारी भएपछि धेरै अधिकारहरु स्थापित भएको पनि छ । धेरै ठाउँमा महिलाहरुको नेतृत्व देख्न सकिन्छ । यसले महिलाहरुमा ठूलो परिर्वतन पनि ल्याएको छ । यो परिर्वतनले महिलाहरुमा खुसी हुनुपर्ने एउटा महत्वपूर्ण उपलब्धी हो । तर समाजमा अझैपनि केहि सोच भने अझै पनि पुरातन वादी छ । घरमा मात्रै होइन समाजमा पनि नारि,महिलाहरुलाई अझै पनि गरिने व्यवहारमा परिर्वतन आएको छैन् । एउटा समाजमा एउटै वर्ग तर भिन्न सोच छ हामी माझ । जन्मीदँै बिभाजित, जन्मीदै अपहेलित हुनुपर्ने यो अबस्था अझै सम्म पनि रहेको छ । छोरी जन्मीदा अझैपनि हाम्रो समाजका मान्छे निराश हुन्छ शिर निहुराउनु यो समाजमा एटा वर्ग अझै पनि रहेको छ । कारण हाम्रो समाज अझै पनि पुरुषवादी सोच हटन सकिरहेको छ्रैन् । बाध्यताले पनि मान्छे जस्तो माज उस्तै बन्नू पर्ने हुन्छ ।

    Advertisement

    हामीले ठूला कुरा गरेर महिला मैत्री अधिकार भन्छौ तर व्यवहारमा भने केहिहदसम्म परिर्वतन आउन सकिरहेको छैन् । किनकी समाजमा पुरुषवादी सोच पुरुषवादी चिन्तनले छोरी,महिलाहरु दबिब्न बाध्य छन् । अबसर पाए यो समाजमा के महलिा के पुरुष काम गर्न सक्छन् तर हामीले छोरा छोरी भन्ने मतभेद त्याग्नु जरुरी छ । अहिले पनि समाजमा धेरै विषय बस्तुमा बिभाजित नै छ । यहि समाजका एउटा हिस्सा ओगटेको नारी तर अझैपनि बिभाजनको शिकार बन्नू परेको छ । कुनैपनि अधिकारको क्षेत्रमा होस् हरेक कारण बिभाजन र पुरातनवादी सोच हटेको छैन् । नारि, महिला शब्दमै जसले भिन्नता दृष्टीले हेर्दछ यसले केहि गर्न सक्दैनन् भन्ने सोच राख्दछ कहिल्यै पनि समाज परिर्वतन हुनेवाला छैन् । महिला अधिकार हनन्का घटनाहरुमा हत्या, बलात्कार,बलात्कारका प्रयास,बोक्सीको आरोपमा यातना, यौन हिंसा घरेलु हिंसाका घटनाहरु दिनानु दिन वढेका छन् । यसले पनि सैद्वान्तिक र नीतिगतरूपमा महिला अधिकार लैङ्गिक सन्तुलनका जतिसुकै कुरा गरेपनि महिलामाथि हुने हिंसा कम हुनेमा परिवर्तन आएको देखिदैन् । नेपालको कुल जनसङख्यामा महिला ५१.५० प्रतिशत रहेको छ । यसले पनि प्रष्ट रहेको छ हाम्रो समाजमा महिलाहरुको जनसंख्य धेरै छ । तर हाम्रो समाजमा छोरा छोरी बिचको भिन्नताको सोच भने जगडिएको छ । संख्याले मात्रै नहुने खासमा मान्छेको सोचमा परिर्वतन हुनु जरुरी छ ।
    हामीले छोरा छोरीको भिन्नतालाई चिर्न छोरीलाई उचित शिक्षा दिक्षा र सोहि अनुसारको वातावरण तयार गरिनु जरुरी छ । महिलाहरुमा परिर्वतन नआएको केहि हुदै नभएको त होइन् । तर पछिल्लो समयमा यसमा केहि हदसम्म कमी आएको पनि छ । छोरीहरुपनि अबसर पाए केहि गर्न सक्छन भन्ने उदाहरण पेस पनि गरेका छन् । कहि कतै नै महिलाहरु अगाडी बन्न खोजे नकरात्मक सोचले हेर्ने गरिन्छ । यसले पनि अगाडी बढ्न चाहने इच्छा शक्तिीलाई खुम्चाएर बन्न बाध्य बनेका छन् । महिलाहरु केवल चुलो चौकोमा सिमित हुनुपर्ने मानसिकता पुरुषहरुमा छ । यसले पनि छोरीहरुले बाहिरको काम बारे ज्ञान नहुनुले उनिहरु कम्जोर हुन्छन् । तर हाम्रो सामु जगडिएको छोरा र छोरी बिचको जुन सोचाई छ त्यो यसै हटनेवाला छैन् । त्यसको निम्ति सबैले आफ्नो तर्फबाट खुल्ला हृदय बनाएर छोरा महिलालाई एउटै रथका दुइ पाङग्रा हुन भन्ने सोचले समान व्यवहार,समान अधिकार समान सम्मान गरियो भने पक्कै पनि समाज परिर्वतन आउने छ । अत्यमा सबै महिला दिदि बहिनीहरुमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।

    शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation