• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लोकप्रिय समाचार

  • १. असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

  • २. राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

  • ३. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

प्युठानीले दिए यस्तो सुझाव: ‘ प्रदेश ५ को राजधानी सरुमारानी क्षेत्र उपयुक्त’


  •   आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    प्युठानी जनताले प्रदेश नामाकरण तथा स्थायी राजधानी नयाँ ठाउँमा बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । आईतबार प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धी सुझाव संकलन एंव अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदेश ५ को राजधानी वुटवल, तुल्सीपुर, घोराही हुन नसक्ने बताएका छन् । वुटवल, तुल्सीपुर र घोराही राजधानी बन्ने चर्चा गरेपनि प्युठानीहरुले यी तीनै ठाउँलाई अस्विकार गरेका छन् । यी तीनवटै सहर विकसीत भईसकेका छन् । अब नयाँ ठाउँलाई प्रदेश राजधानी बनाई उक्त ठाउँको विकास गर्न प्रदेश सरकारले नयाँ रणनीति बनाउन जरुरी रहेको प्युठानीहरु बताउछन् । भारत र चिनको नजिक भएका क्षेत्रमा राजधानी बनाउन नहुने उनीहरु बताउछन् ।
    प्रदेश सभा विशेष समितिले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा प्युठानीहरु एकजुट भई नयाँ ठाउँमा राजधानी बनाउन सुझाव दिएका छन् । प्रदेशका १२ वटा जिल्लाहरुमध्य प्युठानपनि सेन्टरमा रहेकाले प्युठानलाई पनि समेटी राजधानी बनाउन प्युठानीको माग छ । जिल्ला समन्वय समितिका प्रमुख केशव राज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्यहरु, नौ वटै स्थानिय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रम्ख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा आम नागरिकको उपस्थितीमा सुझाव संकलन कार्यक्रम गरिएको थियो ।
    प्रदेश सरकारले पहिलो वर्षमै प्रदेश राजधानी टुङ्गाउनुपर्ने भएपनि ढिलाई गरेको बोल्ने बक्ताहरुले बताए । अब नयाँ राजधानी टुङ्गाउने प्रक्रियामा प्रदेश सरकार रहेकाले छिटै यो काम पुरा गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
    प्युठानको सरुरामारानी क्षेत्रलाई समावेश गर्नुपर्छ ः वक्ता
    प्रदेश नंम्बर ५ को स्थायी राजधानी बनाउँदा प्युठानको सरुमारानीलाई पनि समावेश गर्न प्युठानीले सुझाव दिएका छन् । सरुमारानी गाउँपालिका संगै दाङ्गको राप्ती र गडवा गाउँपालिका, कपिलबस्तुको शिवराज नगरपालिका , अर्घाखाँचीको सितगंगा नगरपालिकाका क्षेत्रलाई समेटी राजधानी बनाउन सुझाव दिएका हुन् । प्युठानीले यी क्षेत्रहरुलाई केन्द्रविन्दुमा राखी प्रदेश राजधानी बनाईयो भने सबै जिल्लाका जनतालाई केन्द्र पर्ने बताएका छन् ।
    सामाजिक तथा सांस्कृतिक सबै क्षेत्रबाट यो ठाउँलाई प्रदेश सरकारले राजधानी बनाउन उपयुक्त रहेकाले यसलाईनै पास गराउन आग्रह गरेका हुन् । यो क्षेत्रमा ऐलानी जग्गापनि प्रशस्त रहेकाले नयाँ ठाउँको विकास गर्न र नयाँ शहर निमार्ण गर्न प्रदेश राजधानी यो क्षेत्रमा बनाई अगाडी वढन् प्रदेश सरकारलाई सुझाव दिएका हुन् । यो क्षेत्रमा हावापानी, जनघनत्वलाई पनि व्यवस्थापन गर्न सकिने, चीन देखी भारतसम्म जोड्ने त्रीदेशीय राजमार्ग पनि यही ठाउँ भएर जाने हुनाले यो ठाउँ उपयुक्त रहेको प्युठानीले ठोकुवा गरे ।
    प्रदेश नामाकरण गर्न समेत सुझाव
    प्युठानीले प्रदेश नं ५ को नाम के राख्ने भन्ने विषयमा पनि सुझाव दिएका छन् । प्रदेश नं ५ मा स्वर्गद्धारी र लुम्बिनी धार्मिक तथा पर्यटकीय तीर्थस्थल रहेकाले यी दुवै स्थानलाई समेटी प्रदेशको नामाकरण गर्न प्युठानीले आग्रह गरेका छन् ।
    सुझावलाई लिपीवद्ध गरि छलफल गर्छौ ः प्रदेश सदस्य आचार्य
    प्रदेश नं ५ का सदस्य नारायण प्रसाद आचार्यले प्युठानीले प्रदेश सरकारको स्थान र नामाकरणका विषयमा दिएका सुझावलाई लिपीवद्ध गरि प्रदेश कमिटिमा छलफल गर्ने बताए । स्थान र नाम छनोटका विषयमा प्रदेशका १२ वटै जिल्लामा सुझाव संकलनका लागि आफुहरु हिडेको उनले बताए । उनले भने,–‘दुई समुह बनाई सुझाव लिदै हिडेका छौँ । ’ शनिवार रुकुममा सुझाव संकलन गरिएको र मंगलबार दाङमा सुझाव संकलन गरिने उनले जानकारी दिए । सबै जिल्लाको सुझावहरु संकलन गरि नयाँ राजधानीको स्थान र नाम नामाकरण गरिने उनले बताए ।

    Advertisement

    आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी,

    • २.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

    • २.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ६.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ७.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ८.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...