पाल्पा– ट्रिपरको ठक्करबाट पाल्पामा ५ बर्षे एक बालिकाको ज्यान गएको छ भने अर्की एक बालिका घाइते भएकी छन् ।चुनढुङ्गा लिएर जाँदै गरेको रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट जिल्लाको निस्दी ७ ज्यामिरेको लामेटारमा ठक्कर दिदा सेरागाउँका ५ बर्षकी ममिता सारुको ज्यान गएको हो ।विद्यालय जाँदै गरेका बालिकालाई टिपरले ठक्कर दिएको हो ।
त्यस्तै सोही ठाउकी ७ बर्षे सुनिता बार्ह्रघरे घाइते भएकी हुन् । उनको खुट्टामा चोट लागेको पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।
Advertisement