• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

अर्घाखाँचीकी कल्पना : मधेसी दलकी पहाडे सांसद


  •   बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
  • पहाडकी चेलीलाई मधेसवादी दलमा मौका !
    टोपराज शर्मा, बुटवल । राष्ट्रिय जनता पार्टी (राजपा), नेपाललाई मधेस केन्द्रीत वा मधेसवादी दल भनिन्छ । वास्तविकता पनि करिब त्यस्तै छ । प्रदेश ५ का १२ जिल्लामध्ये पहाडका ६ जिल्लामा राजपाको संगठन देखिने गरी कतै छैन भन्दा हुन्छ । तराईका रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा भने उसको पकड राम्रै मानिन्छ ।

    Advertisement

    मधेसवादी दलकै पहिचान बनाएको राजपाले प्रदेश सभामा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन । ८७ मध्ये ३५ सिट समानुपातिक रहेकामा यो पार्टीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच दलमध्ये चौथोको रुपमा एक सिट पायो । त्यही एक सिटमा सांसद बन्ने मौका पाइन् समानुपातिकको बन्द सूचीको दोस्रो नम्बरमा रहेकी अर्घाखाँचीकी कल्पना पाण्डे लम्साल ।

    सांसद बन्नुअघि राजनीति नगरेकी कल्पना राजपाकी सामान्य सदस्य मात्र थिइन् । पार्टीले समानुपातिकको एक नम्बरमा राखेर बिना पन्तले प्रदेशसभा गठन भएको ६ महिनासम्म सपथ नलिई राजीनामा दिइन् । त्यसपछि ३३ वर्षीया कल्पना पाण्डेले खस-आर्यको कोटाबाट मधेसी दलको सांसद बन्ने मौका पाइन् ।

    प्रदेश सभा गठन भएको ६ महिनापछि सपथ लिनुअघिसम्म कल्पना विद्यालय शिक्षिका थिइन् । उनले १० वर्षसम्म शिक्षण पेशाको अनुभव लिएकी छिन् ।

    अर्घाखाँचीको साविक केरुङा गाविस- १ की उनी अहिले छत्रदेव गाउँपालिका ३ की बासिन्दा हुन् । पछिल्लो ३ वर्षयता उनको बसोबास भैरहवामा छ ।

    ‘सांसद भइसकेपछि बल्ल राजनीति सिक्न थालेकी छु’ उनी भन्छिन्, ‘सांसदले ऐन, कानुन धेरै जान्नुपर्दो रहेछ, नपढी बोल्न पनि नजानिँदो रहेछ ।’

    प्रदेश सभामा विशेष समय लिएर वा संसदीय समितिमा पार्टीको तर्फबाट बोल्दाबोल्दै बानी परेको अनुभव उनले सुनाइन् ।

    शिक्षा शास्त्रमा स्नातक कल्पना पाण्डेले पार्टीको एक्ली सांसद भएकाले पनि संसद, समितिको वैठक र मिडियामा पनि बोेलिरहनुपर्छ ।

    प्रदेश सभा र प्रदेश सरकारका विभिन्न मन्त्रालयका लागि गाडी खरिदमा अनियमितता भएको प्रश्न उठेपछि लेखा समितिद्वारा गठित उपसमितिको सदस्य भएर छानविन गर्दा राजनीति र भ्रष्टाचार कसरी जोडिने रहेछ भन्ने थाहा पाएको उनले सुनाइन् ।

    ‘सबैले सहजै बुझ्ने गरी एउटा गाडीमा ३/४ लाख रुपैयाँ बढी खर्च गरे पनि दलका नेताहरुको प्रभावले कसैलाई दोषी नदेखाई प्रतिवेदन बनाइयो’, सांसद पाण्डेले भनिन्, ‘हाम्रा नेता र ऐन कानुनहरु कसरी जालझेल गरेर ठग्न सकिन्छ भन्ने खालका मात्रै रहेछन् ।’

    धादिङका नवराज लम्सालसँग मागी विवाह गरेकी उनलाई सांसद बन्ने बाटो उनकै श्रीमानले खनिदिएका रहेछन् । जनता दलका नेता रहेका श्रीमानले मधेसवादी दलहरुको एकीकरणका बेला राम्रो भूमिका खेलेका र राजपा प्रवेश पनि गरेकाले आफू सांसद बन्न पाएको कल्पनाले खुलाइन् ।

    लम्साल भने ०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

    प्रदेश सभामा ७ महिना बिताएकी कल्पना पाण्डेसँग साना दलले उठाएको मुद्दालाई मुख्यमन्त्री र मन्त्रीहरुले बेवास्ता गर्ने गरेको तीतो अनुभव छ । उनको भनाइमा प्रदेश ५ को सरकारले जनताको अपेक्षा अनुसार काम गर्न, प्रदेश राजधानी तोक्न र नामाकरण गर्न सकेको छैन । ११६ वटा कानुन बनाउनुपर्नेमा एक वर्षमा १६ वटा मात्र बनाएको भन्दै उनले प्रदेश सभाप्रति पनि असन्तुष्टि पोखिन् ।

    ‘मुख्यमन्त्री र मन्त्रीहरु कार्यक्रम उद्घाटन र भाषणबाजीमा समय बिताइरहनुभएको छ’, सांसद कल्पना पाण्डे भन्छिन्, ‘कर्मचारी अभाव बहनाबाजी बनेको छ ।’

    उनी आफ्ना दल राजपाको लाइनअनुसार शिघ्र संविधान संशोधन चाहन्छिन् । महिला, मधेसी, मुस्लिम, दलित, थारु लगायत पछाडि परेका वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्वका लागि संविधान संशोधन अत्यावश्यक भएको उनको धारणा छ ।राजपा मधेसको मात्र दल नभएको पुष्टि प्रदेश सभामा आफ्नो प्रतिनिधित्वले नै गरिसकेको उनले बताइन् । ‘आगामी पार्टी महाधिवेशनमा म पनि रुपन्देहीको मर्चवार क्षेत्रबाट प्रतिनिधित्व गर्ने सोचमा छु’ राजपाले अब ७७ वटै जिल्लामा संगठन विस्तार गर्नेछ’ उनले भनिन्, ‘अबको चुनावमा पार्टीको अवस्था धेरै माथि जाने छ ।’
    अनलाईन खबरवाट साभार!

    बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation