माधव खनाल, प्युठान। बालिकालाई बलात्कार गरेको आरोपमा एक ६८ वर्षका वृद्ध आज पक्राउ परेका छन् । अर्घाखाँचीको भुमिकास्थान १ साम्नेगाउकी अन्दाजी १० वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्युठानको मल्लरानी गाउपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिका शारीरिक रूपमा कम्जोर देखिन थालेपछी उनकी आमाले बालिकालाई शोधपुछ गरेपछि मात्रै घट्ना बाहिरिएको हो । अभियुक्त बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिइ प्युठान प्रहरीलाई बुझाएको छ । चाउचाउ खाने पैसा दिदै फकाइफुल्याइ गरि बालिकालाई बलात्कार गरेको पिडितले बताइन । बालिका गत पुस महिना देखि बृद्धबाट बलात्कारको सिकार हुँदै आएको समेत खुलासा भएको छ । प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले आवास्यक अनुसन्धान प्रक्रीया सुरु गरिएको बताएका छन।
बालिका बलात्कारको आरोपमा ६८ वर्षीया वृद्ध पक्राउ
बालिका बलात्कारको आरोपमा ६८ वर्षीया वृद्ध पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया