सुनिता कंडेल, गुल्मी । प्रेम धर्म,शक्ति र शान्ती हो । हरेक मानव हृदयमा प्रेम हुन्छ । प्रेम मानव जिबनमा हुने स्वचालित प्रकृया हो । प्रेमले सबैलाई मिलाउछ सबैलाई खुसिले बाच्न सिकाउछ । हामीले जहाँ निश्वार्थ प्रेम गरिरहेका हुन्छौ त्यहाँ खुसिको मिलन हुन्छ यसले सबैलाई खुसीले बाच्न सिकाउछ । प्रेम मान्छेमा हुने शक्ति हो . जस्को हृदयमा प्रेम हुन्छ त्यसको आत्मामा शान्ती हुन्छ तर जस्को हृदयमा क्रोध हुन्छ त्यसको आत्मामा अशान्ती हुन्छ । त्यसैले प्रेमले शान्ति दिन्छ । प्रेमले खुसी दिन्छ । क्रोधले अशान्ती दिलाउछ , युद्ध निम्त्याउछ ।
खुसी, सुखि र शान्तिले बाच्नको लागि हामी सबैमा प्रेम, माया र दयाको भाव हुनुपर्दछ । हामीले माया, प्रेम जोसँग पनि गर्न सक्छौं । खासमा प्रेम एउटा सच्चा हृदयले गरिने व्यवहार हो । त्यसको निम्ति एक आपसमा व्यवहार मिल्नु पर्दछ ।
बास्तबमा प्रेममै सन्सार अडिएको छ । जहाँ प्रेमका बिरुवा रोपिएका छन त्यहा सहयोग सद्भाव स्नेहता ममता आदर सत्कारले फल लाएको हुन्छ । तर जहाँ प्रेमको बिरुवा रोपिएको छैन त्यहा कलह झैझगडा रिसराग अशान्ति र घृणाले फल लाएको हुन्छ त्यसैले प्रेम मायाममता जहासुकै अपरिहार्य छ । प्रेमले सबैलाई मिलाउछ सबैलाई खुसिले बाच्न सिकाउछ ।
साच्चिकै भन्ने हो भने हाम्रो समाजमा प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् होला । अधिकांश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम सम्बन्धीत नै हुन्छन् । कतिपय प्रेम संयोगान्तक हुन्छन् भने कतिपय बियोगान्तक हुन्छन् ।
हाम्रो समाजमा प्रेम सम्बन्धी अल्पबुझाई अपव्यख्य पनि रहि आएको पनि छ । युबायुबतिबिचको प्रेमलाइ मात्र सच्चा प्रेमको संज्ञा दिनु सँकुचित सोच हो । प्रेम आत्माबाट निस्कने कुरा हो । प्रेम आखाबाट पलाउछ र हृदयमा जरा टेक्छ । प्रेम हरेक समय हरेक प्राणिमा हुने विशेषता हो । जुनसुकै प्राणिमा पनि प्रेमको गुण हामी देख्न सक्छौ । प्रेममा सन्सार अडिएको छ यो जिबन्त चलीरहने प्रक्रिया हो । एक दिन १४ फ्रेबुअरीमा मात्र प्रेम गर्ने भन्नेहोइन । यो दिबस मनाउनुको आफ्नै मान्यता छ जस्लाइ सहि तरिकाले मनाइनु जरुरी छ ।
ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए । आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यालेनटाइनलाई फ्रेबुअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो। प्रेम र मानवताका अनुयाइ भ्यालेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यालेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ।
बिस्वभर मनाइने यो दिवस बढ्दो सूचना र प्रविधिको विकाससँगै नेपालमा अत्यन्तै लोकप्रिय बनेको छ । प्रेम दिवसको अवसर पारेर बिभिन्न पर्यटकिय स्थलहरु, पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु एक आपसमा रमाउँने, रातो गुलाब र अन्य उपहारहरु एकआपसमा साटासाट गर्ने प्रचलन छ । यो प्रचलन नेपालमा बढ्दै गएको छ । प्रणय दिबसमा युवायुवती प्रतिको मोहले हाम्रो समाजका केहि हदसम्म बिकृति पनि निम्त्याएको छ । दिवस मनाउने शिलसिलामा हाम्रो माझ लाखौ रुपैयाँको फुलहरु समेत बाह्य देशबाट
नेपालमा भित्रिएको छ । यसले नेपालको अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । हाम्रो देशको पैसा अन्य देशमा गएको छ ।
भ्यालेण्टाइन्स डे र हामीले गरेको एउटा नक्कल पछिल्लो केहि वर्ष यता सामाजिक संजाल सुचना प्रबिधिको फट्कोले भ्यालेण्टाइन्स डे पनि निकै चर्चाको रुपमा मनाउने गर्न थालिएको छ । खासमा यो दिनलाई नयाँ जोडि बनाउने होस् या कुनै आफ्नो प्रेमीका बिच पुर्न्मिलन हुने दिन होस् ।
यो हाम्रो संस्कृतिसँग कुनै सम्बन्धीत छैन् । तर यसको सिको नक्कल हामीले धेरै नै गर्दै आएका छौं । अहिले बिभिन्न समाजिक संजालमा यसको निकै महत्व बढेको देखिन्छ । यसले हाम्रो समाजमा एउटा बिकृति खडा गर्न खोजिरहेको छ । हामीले गरिने नक्कलले हामी कुन गतितर्फ लागि रहेका छौ भन्ने प्रश्न जन्माउन थालिरहेको पनि छ ।
प्रेम दिबसले विशेष गरि युबायुबतिलाइ नकारात्मक प्रभाव पारेको छ । प्रणय दिबस के हो यो किन मनाइन्छ भन्ने नबुझी आफ्नो रमाइलोको लागि विभिन्न रमणिय स्थलमा घुम्न जाने उपहार , गुलाबको फुल साटासाट गर्ने मन परेको मान्छेलाइ प्रेम प्रस्ताव राख्ने गर्दछन । आफ्नो पढाइ र भविस्यप्रती गम्भीर हुनुपर्ने समयमा धेरैको दिमागमा प्रेमको नकारात्मक फल फलेको छ । कसैले आफुलाइ मन परेको मान्छेलाइ प्रेम प्रस्ताव राख्न फ्रेबुअरी १४ कुरेका हुन्छ्न । हप्तौ अघिदेखी प्रेम दिबशका नाममा रोजडे प्रपोज डे प्रोमिस डे … आदि मनाइरहेका छन, यो नराम्रो पक्ष नै हो । एक दिनको प्रेम दिबसले धेरै युबायुबतीलाइ पछि सम्म मानशिक रोगको सिकार बनाएको हुन्छ ।
कुनै मान्छे कसैसँग नजिकिनु मात्रै प्रेम होइन् । माया प्रेम केबल निश्वार्थ हुनुपर्दछ । सानोतिनो स्वार्थको लागि गरिने केहि क्षणको लागि गरिने प्रेम होइन यो एउटा बिकृति र देखावटि हो । यसले मान्छेलाइ कुन मोडमा लान्छ भन्ने कुनै आकलन हुँदैन । यसैले पनि हाम्रो समाजमा धेरै घटनाहरु घटि रहेका छन् । हामीले प्रेमलाई सच्चा हृदयबाट निश्वार्थ ढंगबाट गरियो भने त्यहाँ कुनै अशान्ति,बिकृति हुदैन त्यसले सहिबाटोमा लैजान्छ ।
हामीले सच्चा माया, प्रेम आमाबाट सिक्नु पर्दछ । जस्ले कहिले आफ्नो मुखबाट माया गर्छु भन्ने शब्द ननिकाली आत्मबाट सदाबहार प्रेमको भाव देखाइरहेकि हुन्छिन ।सच्चा प्रेमको उदाहरण आमा हुन । साच्चै भन्ने हो भने मायाले नै मान्छेले एक आपसमा सत्कार,आदर, सम्मान गर्ने गर्दछन् ।
प्रेम गर्ने बाहनामा एक आपसमा मनमुटाव आएमा त्यहाँ असमझदारी निम्त्याए बिकृति पनि ल्याउन सक्छ । जुन मोडले धेरै युवापिडिमा मानसिक समस्याहरु निम्तिने र बिभिन्न आत्महत्याका घटनाहरु हाम्रो समाजमा वढिरहेका छन् ।
जहाँ प्रेममा मनमुटाव आउछ त्यहाँ क्रोध जन्मीन्छ र धेरै घटनाहरु एउटा प्रेम प्रमीका बिचको असमझदारीबाट आउने गरेको पनि छन् । यो सिको गरे कुन मोडमा जान्छु भन्ने जस्ता बुझनु अहिलेका युवा पिडिहरुमा जरुरी छ ।
हामीले साच्चिकै प्रेम गर्ने हो भने दिवस नै कुर्नु पदैनन् । हामीले यसलाई एउटा पर्वको रुपमा ल्याएपनि यसको व्याख्या बुझाईलाई परिर्वतन गरे यसको महत्व अझ वढ्नेछ । हामीमा प्रेम हुनै पर्दछ । प्रेमले खुसि दिलाउछ । प्रेममा संसार अडिएको छ । सबैलाई प्रेम गरौ नक्कली होइन सक्कली दिवस खोजौ । आफ्नो घर परिवार साथिसङ्गि इष्टमित्रसँग प्रेम बाडेर हर्ष उल्लासका साथ प्रेम दिबस मनायौ देखासिकि होइन आफ्नै संस्कृतिमा रमाउन सिकौ जिवन उल्लासमय र प्रेक्षणीय बनोस प्रणय दिबसको शुभकामना ।