मुम्बई । नेपाली जनसम्पर्क समिति भारत, पश्चिम भारत क्षेत्रिय सदस्य छक्क बहादुर बिष्टले देशमा समृद्धि ल्याउन अागामी चुनाबमा काँग्रेस पहिलो दल हुन जरुरी रहेको बताएका छन । काँग्रेसले जनताको मनोभावना नजिकबाट राम्रोसँग बुझ्नसक्ने भन्दै काङ्ग्रेस नै पहिलो हुनुपर्ने बिष्ट्रकाे तर्क छ।
कामना डेलीसंगकाे कुराकानीमा सदस्य बिष्टले भने – “कम्युनिस्ट सरकारले जनताको मनोभावना बुज्न सकेन’ दुई तिहाइको दम्भ संगै कम्युनिष्ट्रको साख सकिने उनको भनाई छ।
सरकारले प्रतिपक्ष दलसंग राम्रो सम्बन्ध नबनाएकाेमा गुनासाे गरे। उनले भने – “प्रतिपक्ष दललाई शत्रु सम्झने प्रयत्न नगरियोस् यो दम्बले देश समृद्ध तिर जादैन, देश झन गृहयुद्धमा फस्छ”।
दुई तिहाइ जनमत भएको कम्युनिस्ट सरकारले बलात्कारी, भ्रष्टाचारीको संरक्षण गरेको र महंगीले गरिब जनताको ढाड सेकेको सदस्य बिष्टले अाराेप लगाए। ‘हिजो कम्युनिस्टलाई मत हाल्ने जनताले अाज अाफैलाई धिक्कार्नु पर्ने अबस्था अाएकाे छ’ उनले भने।
देशमा शान्ति , समृद्धि र अार्थिक बिकासका लागि नेपाली काँग्रेस पहिलो दल हुन जरुरी रहेको उनकाे जिकिर थियो।