• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

चन्द्रौटा कृष्णनगर क्षेत्रमा औद्योगिक क्रान्ती: ५७ उद्योगमा ३ हजार रोजगारी


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा) प्रदेश न ५ को शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका औद्योगिक क्षेत्रको रुपमा विकास हुदैँ गएको छ । चन्द्रौटा कृष्णनगर सडकखण्ड अन्तरर्गत आसपासमा ठुला ठुला उद्योगहरु धेरै देख्न सकिन्छ । देशमै उच्च स्तरमा रहेका सिमेन्ट उद्योग,प्लाइ उद्योग,इटा उद्योग लगाएत ठुला तथा मझौला उद्योगहरु रहेका छन ।
    पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रौटादेखि भारतीय सिमाना कृष्णनगरबीचको क्षेत्रमा धमाधम उद्योग स्थापनामा तीव्रता आएसँगै यो क्षेत्र औद्योगिक क्षेत्रको रुपमा विकास हुदै गएको हो ।यस क्षेत्रमा विजया सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गणपति सिमेन्ट, बुद्ध सिमेन्ट, शिवशक्ति सिमेन्ट उद्योग संचालनमा रहेको उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेर अलि मियाले वताए । प्लाईउड उद्योग लगाएत सानाठूला गरी ५७ वटा उद्योगहरु यस क्षेत्रमा रहेको मियाले जानकारि दिए ।“अहिले केहि उद्योग निमार्ण अवस्थामा रहेका छन यस वर्ष भित्र सवै उद्योगहरु संचालनमा आउने छन” –उनले भने । बालाजी सिमेन्ट उद्योग, शुभ–लक्ष्मी सिमेन्ट उद्योग र अटल सिमेन्ट उद्योग संचालनको अन्तिम चरणमा रहेको मियाले वताए ।
    उद्योगहरुले कच्चा पदार्थ भारतवाट ल्याउन पर्ने भएकोले भन्सारमा केहि समस्या रहेको उद्योगीहरुको गुनासो रहेको छ । भन्सारको गोदाम स्थल सानो रहेको र दाङ लगाएत अन्य जिल्लामा पनि यहि नाका वाट कच्चा पदार्थ लैजानुपर्ने भएकोले भिड रहेको हुन्छ । यस क्षेत्रमा रहेका उद्योगहरुमा कार्यरत ३ हजार वढीले रोजगार पाएको अध्यक्ष्य मियाले जनाए ।

    Advertisement

    कपिलवस्तुको शिवराज नगरपालिका स्थित वालाजि सिमेन्ट उद्योगकोे निमार्ण कार्य हुदै।तस्वीर: माधब बेलवासे,कामना डेली/ चन्द्रौटा।

    पछिल्लो समयमा उद्योगहरुलाई विद्युत र सडकको समस्या देखीएको छ । कतिपय उद्योगहरु सडक भन्दा केहि टाढा रहेकोले सो स्थानमा विद्युत पुर्याउन समस्या हुने गरेको उनिहरुको भनाई छ ।अर्का समस्याका रुपमा अहिले चन्द्रौटा कृष्णनगर फोर लाईन सडक बन्ने हुदाँ सडकको नजिकै रहेका उद्योगहरुलाई समस्या हुने देखिएको छ । स्थानिय सरकारले सर्वेक्षण गरेर यो स्थानमा मात्र उद्योग स्थापना गर्न पाउनुपर्छ भन्ने नियम नलगाउदा यस्तो समस्या देखिएको छ । अर्का तर्फ फोर लाईन सडक बन्ने भएपछि उद्योगिहरु खुसी भएका छन । लामो समयदेखि उद्योग संचालन गर्दै आएका उद्योगिहरुलाई अव सवारी आगमन तथा कच्चा पदार्थ आयात सहज हुने विश्वास  छ ।
    उक्त क्षेत्रमा केन्द्र सरकारको पहलमा औद्योगिक सुरक्षा बल स्थापना गर्नुपर्ने, रु पाँच करोडमाथि लगानीका उद्योगलाई तीन वर्षसम्म स्थायी कर मिनाहा गर्नुपर्ने, चन्द्रौटा–कृष्णनगर सडक विस्तार गरी चार लेनको बनाउनुपर्ने, बाइपास रोड निर्माण गनुपर्ने तथा कृष्णनगरमा सुख्खा बन्दरगाहका लागि आवश्यक कार्यको पहल गर्न व्यवसायीले सुझाव दिएका छन् ।
    चन्द्रौटा कृष्णनगर क्षेत्रलाई औद्योगिक क्षेत्र घोषण गर्न स्थानिय सरकार,प्रदेश सरकार , संघिय सरकार समक्ष कुरा गरिसकेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले वताए ।स्थानिय सरकार केन्द्र सरकारको पहलमा औद्योगिक सुरक्षा बल स्थापना भएर उद्योगको सुरक्षा,कच्चा पदार्थ आयातमा सहज गर्न सकेमा उद्योगहरु सख्या वढ्ने पोख्रेलको दावी छ ।“देशका विभिन्न ठाउँका उद्योगपतीहरु यस क्षेत्रमा लगानि गर्न चाहानु भएको छ ,उद्योग संचालनमा सहज देखिएमा यस क्षेत्र देशकै उत्कृष्ण औधोगिक क्षेत्र बन्ने सम्भावना रहेको छ”– उनले भने ।
    त्यस्तै चन्द्रौटा क्षेत्रमा जिल्लामै पहिलो पटक क्यारेट बनाउने उद्योग संचालनमा आएको छ ।करिव ५० लाख वढीको लागतमा उक्त उद्योग संचालनमा आएको उद्योग लगानीकर्ता रेशम विष्टले वताए । उक्त उद्योगको उद्धघाटन गर्दै प्रदेश ५ का सदस्य अर्जुन केसीले यस क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । वैदेशिक रोजगराीमा रहेका युवाहरुलाई प्रोत्साहन स्वरुप सहयोग गर्न सरकार तह वाट पहल गर्ने विश्वास दिलाए ।
    संसाद केसीले कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेका उद्योगहरुलाई कच्चा पदार्थ आयात निर्यातमा समस्या नहुने वताए । सडक साघुरो तथा भन्सारमा समस्या लगाएतका कारणले ब्यावासायलाई मर्का परेको भन्दै अव त्यसो नहुने जनाए । देशको अर्थतन्त्र वलियो बनाउ उद्योगको भुमीका रहेने भएकाले उद्योग दर्ता पकृया तथा संचालनमा कुनै समस्या बनाउन नहुने तर्क राखे । यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर औधोगिक करिडोरको रुपमा विकास गर्न जरुरी देखिन्छ ।

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...