• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

शिवगढी किल्लामा पुगे सांसद र पुरातत्वविद


  •   शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)

    Advertisement

    घना जंगल भित्र पर्ने शिवगढी किल्ला । चन्द्रौटा वाट करिव ३० किलोमिटर दुरीमा रहेको किल्ला एक एतिहासिक भएको पाइएको छ । शिवराज नगरपालिका १ धानखोला वाट करिव ८ किलोमिटर उकालो हिडेपछी त्यस स्थलमा पुगिन्छ ।धानखोला वाट उकालो चढ्दा केहि सिढिहरु निमार्ण भएका छन । शिवराज नगरपालिका ९ मा पर्ने उक्त किल्ला आसपासमा एतिहासिक तथा पुरातात्विक वस्तुहरु रहेको पाइएको छ । धानखोला वाट केहि उकालो चडेपछी त्यहा विभिन्न आकृतिका ढुगांहरु फेला परेका छन । पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल शिवगढी किल्लामा प्राचीनकालका वस्तुहरु पत्ता लगाउनुपर्ने सवैको धारण रहेको छ । शिवराज नगरपालिकाको शानको रुपमा रहेको शिवगढी मन्दिर पुग्दा विच भागतर्फमा कुटी,पाइला लगाएत विभिन्न आकृतिका ढुगांहरु फेला परेका छन ।
    प्रदेश नम्वर ५ को केन्द्रविन्दुमा अवस्थि शिवगढी मन्दिरलाई पर्यटकिय स्थलको रुपमा पनि विकाश गरेमा पर्यटकहरुको सख्या वढने विश्वास रहेको छ । शिवगढी किल्लाको उत्तर तर्फ शिव लिगं फेला परेकोले सोहि स्थानमा सानो मन्दिर निमार्ण गरिएको छ । मन्दिरको नजिकै रहेको भ्यु टावर वाट तराई फाट,पाहाड डाडाहरु, दाङ जिल्ला सगै भारतको केहि भाग तथा मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । किल्ला आसपासमा पनि केहि मन्दिरहरु रहेका छन । शिवगढी किल्ला पहिला अग्लो भएपनि अहिले युद्धको बेलामा भत्काएर अहिले होचो भएको स्थानियहरुको भनाई रहेको छ । मन्दिरमा जो कसै पुग्न नसक्ने कारणले पनि यस मन्दिरको प्रचार प्रसार हुन नसेकेको स्थानिय हरी पुनको भनाई छ ।
    शिवगढी मिन्दरमा शिवरात्रीको समयमा ५ दिन सम्म मेला लाग्ने गर्दछ । मेलामा नेपालका भन्दा भारतका भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । अन्य समयमा पनि यसमन्दिरमा दर्शन गर्न आउने गरेका छन । मन्दिरमा पानीको समस्या हुदाँ आकासको पानी घैटोमा संकलन गर्ने गरेको मन्दिर संरक्षण समितिले जनाएको छ ।
    इतिहास खोज्दै पुरातत्वविद शिवगढी पुगे
    शिवगढी किल्लाको इतिहास खोज्दै ३ जना पुरातत्वविदसहितको टोली कपिलवस्तुको शिवगढी किल्ला पुगेको छ प्रदेश ५ का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.को पहलमा पूरातत्व विभाग, शिवराज नगरपालिका सहित झण्डै ४० जनाको टोली शिवगढी किल्लामा पुगेको थियो । नेपाली इतिहास, संस्कृति तथा पूरातत्व केन्द्रिय विभाग कीर्तिपुरका प्रमुख प्रो. डा. मदन कुमार रिमालले अध्ययन अवलोकनका क्रममा खस राज्यका सिँजाली बौद्धमार्गी राजा रिपू मल्ल प्राचीन धार्मिक तीर्थस्थल लुम्बिनी, तिलौराकोटका लागि पश्चिमबाट प्रवेश गर्ने पदमार्गको सम्भावना शिवगढी किल्ला रहेको अनुमान गरे । पूरातत्वविद प्रो.डा. रिमालले यसबारे गहन अध्ययनपछि मात्र वास्तविकता पत्ता लगाउन सकिने वताए । त्यहाँ रहेका पुराना इँटा, माटाका भाँडा, ऐतिहासिक किल्लाको संरचना हेर्दा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक सम्भावना बोकेको क्षेत्र रहेको अनुमान गर्दै यसको सुक्ष्म रुपमा अन्वेषण गर्नुपर्ने प्रो.डा. रिमालले जनाए ।
    लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले यस क्षेत्र धेरै पुरानो हुन सक्ने आकंलन गरे । पर्खालहरु तथा वाटोमा चिन्हहरु राखेको देखिएकोले पदमार्ग हुन सक्ने भन्दै यस क्षेत्रमा गम्भीर रुपमा अनुसन्धान गर्न सकेमा वास्तविकता आउने वताए । पुरातत्व विभाग रामशाहपथ काठमाडौंका हरिप्रसाद भुसालले पनि कपिलवस्तुको शिवगढी एक एतिहासिक स्थल हुन सक्ने वताए ।
    सांसद केसी पुगेपछी
    पछिल्लो समयमा प्रदेशसभा सदस्य अर्जुन कुमार के.सीले धार्मीक स्थलहरुलाई वढी जोड दिन थालेका छन । पुरातत्वविदहरुको टोलीलाई सांसद केसीकै पहलामा शिवगढी किल्ला पुगेका छन । लामो पैदल यात्रा गरेपछी थकित भएका संसाद केसीले शिवगढी किल्ला र मन्दिर संरक्षण गर्न आवश्यक रहेको ठहर गरे । हजारौं वर्ष पुरानो इतिहास बोकेको ठाउँ रहेको प्रारम्भिक रुपमा देखिएको केसीले वताए अति विकट ठाउँ र अत्यन्त उचाईमा रहेकाले हरेकोले विज्ञ पुग्न नसक्दा प्रचारप्रसार एथोचित मात्रमा हुन नसकेको प्रदेशसभा सदस्य के.सी.ले वताए ।
    प्रदेश सरकारले समेत शिवगढी किल्ला र शिवगढी मन्दिरको ऐतिहासिक महत्वलाई ध्यानमा राखेर यस वर्ष पर्यटन मन्त्रालयमार्फत करिव २० लाख वढी बजेट विनियोजन गरेको उनले जनाए । शिवगढीको ऐतिहासिक महत्वलाई उजागार गर्न र यसको इतिहासबारे जानकारी लिन विज्ञसहितको टोली लिई शिवगढी किल्ला पुगेको के.सी.ले वताए । पहिलो चरणमा यसको गुरुयोजना तयार प्रचारप्रसार र संरक्षणमा लाग्ने उहाँले प्रतिबद्धता जाहेर गरे । ५ नम्बर प्रदेशकै केन्द्र विन्दुमा पर्ने हुँदा यसलाई गतिलो पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन आफूले पहल गर्दै आएको जनाए ।
    अध्ययन अवलोकनका लागि शिवगढी किल्लामा पुगेका शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक रुपमा शिवगढी किल्लाले शिवराजकै शान रहेको दावी गरे । उनले शिवगढी किल्लाको उचित प्रचारप्रसार, संरक्षण र थप विकासका लागि नगरपालिकाबाट डीपीआर तयार गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
    कसरी संरक्षण गर्न सकिन्छ
    मन्दिर जाने दुई वटा वाटोहरु रहेका छन । धानखोलावाट उकालो चढदा करिव २ सय वटा सिढिहरु बनाइएको छ भने त्यहा भन्दा माथी जादा खालाको तिरैतिर जानुपर्ने हुन्छ । ठाडो उकालो रहेकोले वृद्धवृद्धा तथा बालवालिका मन्दिर पुग्न सक्दैनन । स्थानिय बुद्धीजिविहरुले यस मन्दिरमा पुग्न केवलकारको योजना समेत ल्याएका छन । धानखोला वाट उकालो को दुरी कम रहेकोले यसमा त्यत्ती सफल हुन नसक्ने अनुमान गरिएको छ । किल्ला पुग्ने अर्का वाटो रमुवादह वाट रहेको छ । यस क्षेत्र वाट भने केबुलकारको सम्भावना वढी रहेको देखिन्छ । रमुवादह वाट करिव २ किलो मिटर सिढि रहेकोले सिढिको किनार वाट सडक बनाउन सक्ने सम्भावना रहेको छ । रमुवादह वाट प्यारागलाइडिङको सम्भावना पनि उच्च देखीन्छ ।रमुवादहवाट किल्लाको केन्द्र विन्दु सम्म सडक पुर्याउन सकेमा सो किल्लामा भक्तजन तथा पर्यटकहरुको सख्या वढन सक्ने छन । मन्दिर आसपासमा खानेपानीको जटील समस्या रहेको छ ।भगवान तथा रानीले शिवगढी मन्दिरमा बस्ने र मन्दिर देखी करिव १ किलोमिटर तल इनार रहेकोले त्यहि इनारवाट पानी लैजाने गरेको आंसका गर्न सकिन्छ । मन्दिरलाई संरक्षण गरेर पुराना वस्तुहरु तथा स्थानमा उत्खनन् गरेमा एतिहासिक वस्तुहरु फेला पार्न सकिने विश्वास रहेको छ ।

    शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation