सप्तरी–सप्तरीमा एक प्रहरी हवल्दारमाथि बुधवार साँझ गोली प्रहार भएको छ ।
सप्तरीको खड्ग नगरपालिकाको बिसनपुरा चोकमा ड्युटीमा रहेका बेला प्रहरी हवल्दार महेन्द्र यादवमाथि गोली भएको हो । उनको अवस्था गम्भीर प्रहरीले बताएको छ ।
ढाडमा गोली लागेका हवल्दार यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हवल्दार यादवमाथि गोली प्रहार गर्नेको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement