जीवन डाँगी,काठमाडौं। रबिन्द्र – थापा एक हुदा धेरैमा खुसि छायाे । उज्वल – मिश्रमा अा-अाफ्ना बिशिस्ट लाेकप्रियता थिए र छन् । साझा र विबेकशिल मिलेर, विबेकशिल साझा बन्याे । यी दुबै घटक पहिले क्लब थिए, एकतापछि पार्टी नै भयाे ।
काठमाडौंमा काेटपछि, सेलरोटीकाे चर्चा भयाे । विबेक र साझाकाे चर्चा दुबैमा हुन थाल्याे । हुदा-हुदा केरा गणतन्त्र पनि माईतिघर तिरै घन्कियाे ।
कुकुर छाडेर ताैलिन कुदेका, उज्वल थापालाई रबिन्द्र मिश्रले झाटेपछि उनी पनि फर्कीए । एक दिन उज्वल भागे झै मुमारामहरुले – रबिन्द्र, सुर्यराज, किसाेरलाई पनि भगाउने छन् । किन कि उनीहरु गुटबन्दी र अबसरमा निकै अघि देखिन्छन् ।
ठुलाे पार्टी बनेर फुट्नु भन्दा, सानैमा टुट-फुट हुनु धेरै राम्रो । पार्टी फुट्नु स्वभाबिक थियाे, फुट्याे । चिप्ला गफ गर्नु र चिल्लाे बाटाे हिड्नु कती फरक रहेछ, बल्ल थाहा भयाे ! चुनाबताका टिप्पाे चढेका उज्वल टेम्पाेमै पुरानाे डेरा सवार भए ।
नेता बन्ने हुटहुटि
पार्टी चहार्दै हिड्ने मुमाराम र केशब नामक लामखुट्टे विबेकशिल साझामा छिरेपछि पार्टीकाे किनारामा छाल पैदा भयाे । अाजसम्म पनि धेरैकाे प्रश्न, भाेलि के हाेला ? अझ भनाै केशब दाहाल भन्दा मुमाराम खनाल मलेरिया हुन् । बिस्तारै पार्टी भित्र टाेक्न र राेग पैदा गर्न सुरु गरिसकेका छन् । उनीमा नेता बन्ने नयाँ शक्ति देखिकै रहर छ । सामान्यतः मानिसमा धैरियता र बिस्वास हुनुपर्दछ, तर अाजकाे दिन सम्म खनाललाई मिश्र बाहेक सकैलेपनि बिस्वासिलाे मान्दैन ।
बिचार र बिश्लेषनले संगठन बन्दैन, त्यता त गुठ बन्छ । हेराै त नेकपा तिर भुसाल । यतापनि ठ्याक्कै उहीँ हाे । अबिस्यमा यदि पार्टी राम्रो बन्याे भने विबेकशिल साझाका बामदेब गाैतक, बाबुराम भट्टराई यीनै, खनालहरु बन्ने पक्का छ । दिउसो माैसमकाे संकेत बिहानीले पक्कैपनि गर्दछ ।
मनुष्यमा धेरै महत्वाकांक्षी बढ्याे भने, नत बिगत सम्झन्छ, न भबिस्यकाे अाकलन गर्छ । त्यसकारण पनि पछिल्लो चरणमा बैकल्पिक राजनीति शक्तिकाे अाकांक्षा वढिरहेकाे अबस्थामा – पार्टी चहार्दै हिड्ने सेलिब्रटिहरु : प्रश्न बनेका छन् ।
मिश्रकाे भुल
रबिन्द्र मिश्र अाफैमा स्टार हुन् । उनी संग एउटा मात्रै हाेईन अनेकौं गुण र थाेरै अबगुन छन् । स्टार याे मानेमा हुन, कि उनीसँग धेरै नेपाली युबाकाे भराेसा छ । निष्ठाकाे राजनिती भन्न पाे सजिलाे हाेला, गर्न त अप्ठ्यारो नै छ । तरपनि सयमा, सय निष्ठा प्रयाेग नगरेपनि विकेकशिल साझाका नेता – कार्यक्रताले पचास प्रतिशत गर्नैपर्छ ।
बिस्तारै सांगठनिक ट्रयाक खाेल्न सुरु गरेकाे, याे पार्टीमा ठेस मात्रै लागेकाे छ, खुट्टा भने भाचिएकाे छैन । केहिदिनकाे अाराम र मलमपट्टिपछि, अभियान सुरुवातकाे हाेस् । पार्टीको काम सेलिब्रेटिले गर्दैनन् । मिश्र सेलिब्रेटिलाई निम्तो गर्दैहिड्डा, कार्यक्रतामा निराशा पैदा हुन्छ । दिनरात संगठन निमार्ण गर्ने र झिल्केहरुकाे स्थान एकै कसरी हुन सक्छ ।
मुमाराम भन्दा गेहेन्द्र दाहाल, सुर्यराज अाचार्यकाे संगठन निमार्ण गति हेराैँ । यतैबाट प्रष्टै हुन्छ, कसकाे महत्त्व कहाँ पर्दाेरहेछ । नामले हाेईन, कामले जाग्छ, दुनियाँ ।
कहाँ छ, उज्वल
उज्वल थापाकाे बिचारमा रबिन्द्र मिश्रनै सहमत भए । अन्ततः दुबैले एक हुने निर्णय गरे । उनीसंग केही परिवर्तनशिल अभियन्तापनि छन्र रमेश, मिलन । तर रन्जुकाे सेलराेटि सेलिब्रेटि प्रति खासै फरक छैन । युवाकाे नाममा उमेर पुगेका सराप्दै हिड्ने र बिचार बिहिन तर्कमा दम देखिदैन ।
माईतिघरका स्वर स्वाभाविक हाेलान् तर रन्जुले नेतृत्व गर्दा सुटिङ शैलीमा जान्छन् । श्याल बहादुर, फुष्पकमल र केरा गणतन्त्र – परिदृष्यले अाफै छरपस्ट पार्छ । युवा अबस्थाकाे जाेसले संगठन चल्दैन । बिचार, विबेक बिहिन जागर के काम । उज्वल थापाका सारथि पनि यस्तै – यस्तै रमिते बने ।
महाधिवेशनकाे धैरियता कुर्न नसक्नु उज्वल पक्षकाे भुल हाे । ७० सालतिरकाे कुकुर समेत रबिन्द्र मिश्रलाई जिम्मा लगाउनु अर्काे भुल । सानाे तिनाे संगठन र अाधि पार्टीको नाम नै जिम्मा लगाउनुले कतैपनि राजनीति भबिस्य उज्वल छदै-छैन ।
पशुपतिमा भाकल गराउ
पार्टी भित्र अबिस्वासिला पात्र छन् । विबेकशिलमा मात्रै हाेईन, अरु पार्टिमा त झन् कति हाे, कति । तरपनि यहाँ कै चर्चा किन त ? याे अलिक फरक र अप्ठ्यारो बाटाे हाे । यहाँ मान्छे मात्रै हाेईन समाजकै स्वरुप परिवर्तन गर्नुछ ।
म पार्टी छाेड्दिन्ननँ ! के यहि उत्तरले बिस्वास पुग्ला ? पुग्दैन । मुमाराम खनालहरुकाे पार्टी चहार्दै हिड्ने, समुहलाई – म विबेकशिल साझा पार्टी छाेड्दिन्ननँ भन्न लगाए भाकल गराउनैपर्छ । तब मात्रै अागाडिका दिनकाे यात्रामा याे पार्टिकाे खुट्टा भाचिने छैन । बिस्वास वढ्ने पक्का छ । अनि मात्रै खाना पुग्छ, दिन पुग्छ । बल्ल हाम्रै पालामा परिवर्तन सम्भब छ । नत्र जुट्ने, फुट्ने यस्तै हाे, यहाँको चलन : चलिरहन्छ ।