• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

प्युठानमा जथाभावी सडक खन्दा सुके पानीका मुहान


  •   आइतबार, पुष २२, २०७५ मा प्रकाशित
  • केशर राेका,प्युठान : प्युठानका प्रायःजसो गाउँ सडक सञ्जालसँग जोडिएका छन्। स्थानीय सरकार गठनसँगै सडक निर्माणले अझ तीव्रता पाएको छ। जनप्रतिनिधि डोजर किनेर सडक बनाउन तल्लीन छन्। छिनभरमै डोजरले बाटो बनाउने, बजेट खर्चन सजिलो हुने र विकास गरेजस्तो देखिने भएकाले जनप्रतिनिधिले सडकलाई प्राथमिकता दिएका हुन्।

    Advertisement

    डोजरका कारण बाटो त बन्यो तर स्थानीयको थाप्लोबाट नाम्लाको भारी थपिएको छ। पहिले दाल, चामलजस्ता उपभोग्य सामान बोक्नुपथ्र्याे पछिल्लो समय खानेपानी बोक्नुपरेको छ। सडक निर्माणले गाउँमा विकास मात्र होइन, विनाश पनि निम्त्याएको छ। स्थानीय तहले वातावरण प्रभाव मूल्यांकनबिनै सडक खण्दा मूल सुकेकाले खानेपानी हाहाकार हुन थालेको छ। जथाभावी खनिएका सडकले गाउँभर पानीका मुहान सुक्न थालेका छन्। स्थानीयलाई खानेपानीको जोहो गर्न हम्मे पर्न थालेको छ।

    ०४२ सालमा निर्माण गरिएको मल्लरानी गाउँपालिकास्थित रस्पुरकोट चौरपानीको रैजनपानी मुहान सुकेपछि स्थानीयलाई सास्ती भएको छ। बाटो निर्माण क्रममा मुहानमा क्षति भएको हो। घण्टौं पालो कुरेर धारामा खस्ने सानो पानीबाट जोहो गर्छन्। ‘जथाभावी खनिएका बाटोले पानीको मूल सुकेकाले समस्या निम्त्याएको छ’, स्थानीय नागरिक समाजका अगुवा कृष्णराज पाण्डेले भने।

    सरुमारानी गाउँपालिकाले गत वर्ष बडडाँडा–दान्सिङ मोटरबाटो खन्दा स्थानीयले प्रयोग गर्दै आएको पाँकुरीखोला मुहान सडकबाट निस्केको लेदोले पुरिएको थियो। गाउँपालिकाको मुख्यबजार बडडाँडासहित पूरै गाउँलाई उक्त मुहानको पानीले धानेको थियो। पछिल्लो समय गाउँमा लिफ्ट आयोजना सञ्चालन गरिएको छ। करिब तीन किलोमिटर दूरीमा रहेको डिङलाङखोला लिफ्ट आयोजनामार्फत गाउँमा पानी ल्याइएको छ। डेढ सय घरधुरीले लिफ्ट योजना पूरा भएपछि खानेपानीको समस्याबाट छुट्कारा पाएका छन्।

    पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना (दोस्रो चरण)का जिल्ला सल्लाहकार प्रमोदलाल श्रेष्ठका अनुसार हालसम्म जिल्लाभर करिब ५ करोड रुपैयाँ लिफ्ट आयोजनामा खर्च भएको छ। उनका अनुसार एक करोड रुपैयाँभन्दा बढी बजेटका योजनासमेत सञ्चालनमा छन्। स्वर्गद्वारी नगरपालिका भिंगृमा १ करोड ४३ लाख रुपैयाँमा लिफ्ट आयोजना निर्माण भइरहेको छ। बिजुलीमा उदिक लिफ्ट, स्वर्गद्वारीमा सोलारबाट ओदार्ने लिफ्ट, माझकोटमा भुतभुते लिफ्ट योजना निर्माण गरिएको छ। सयांै घरधुरी लिफ्ट योजनाबाट लाभान्वित भएका छन्।

    मुहानको तुलनामा लिफ्ट योजना सञ्चालन गर्दा लागत धेरै पर्ने प्युठान नगरपालिकाका वास इन्जिनियर धु्रव धापा बताउँछन्। उनका अनुसार यस्ता योजनाको दिगोपनामा समेत समस्या देखिने गरेको छ। ‘जनसहभागिता कम हुन्छ’, उनी भन्छन्, ‘बिजुली र सोलारबाट योजना निर्माण गर्दा उनीहरूलाई आर्थिक भार थपिन्छ।’ दिगो खानेपानी समाधान गर्न वातावरण प्रभाव मूल्यांकन र मुहान संरक्षणलाई स्थानीय सरकारले जोड दिनुपर्ने उनको सुझाव छ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानअन्तर्गत जिल्लाभर ठूलो लगानीमा २१ वटा लिफ्ट योजना सञ्चालन भएका छन्। भिंगृ, कोचिवाङ, मरन्ठाना, धरमपानी, खलंगा सारीवाङ, मर्कावाङ, उदयपुरकोट, बिजुली, रजवारा, अर्खा, दम्ती, मरेङ, सौतामारे गाउँमा लिफ्टबाट पानी पुर्‍याइएको छ।

    स्थानीय स्तरमा जथाभावी निर्माण गरिएको सडक सञ्जालले वातावरणलाई असर गरेको डिभिजन वन कार्यालय प्युठानका प्रमुख अम्बिकाप्रसाद पौडेलको भनाइ छ। ‘डोजरका डाइभरसहित विकासका योजनाकार नै इन्जिनियर बन्छन्’, उनले भने, ‘मापदण्ड नपुर्‍याएकाले विकासले समस्या पनि निम्त्याएको छ।’ सामुदायिक वन हुँदै खनिएका बाटाले वनजंगल जोगाउन चुनौती थपिँदै गएको उनले बताए। ‘पहाडका डाँडापाखा पानीका ट्यांकीजस्तै हुन्’, पौडेल भन्छन्, ‘तर, यसको संरक्षणभन्दा विनाश बढी भइरहेको छ।’ जिल्लाका नौ वटै स्थानीय तहले मुहान संरक्षणमा कुनै नीति तथा कार्यक्रम ल्याएका छैनन्।

    साभार:अन्नपुर्ण

    आइतबार, पुष २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation