• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

रोग लुकाउँछन् कालिकोटका महिला


  •   बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
  • कालिकोट : नरहरिनाथ गाउँपालिका–१ की दुरी विकले एक सातासम्म निरन्तर रगत बग्दा पनि कसैलाई खबर गरिनन्। उनी ४ महिनाकी गर्भवती हुन्। दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले जानकारी पाए।
    उनले पत्नीलाई कुमालगाउँस्थित स्वास्थ्य चौकी पुर्याए। उनको समस्या निरन्तर बढ्दै गएपछि त्यहाँका हेल्थ असिस्टेन्टले जिल्ला अस्पताल कालिकोट रेफर गरे। पुस ७ गतेदेखि थला परेकी उनलाई तत्काल रगत चढाउनुपर्ने कुमालगाउँका चिकित्सको सल्लाहअनुसार सात जना युवाले १४ पुसमा दिनभर स्टेचरमा बोकेर जिल्ला अस्पताल कालिकोट पुर्याए। ‘दैनिक रगत बग्न थाले पनि उनले मलाई भनिनन्, घरको काम गर्दै थिइन्’, पति अम्मरेले भने, ‘जब उनी कामै गर्न नसक्ने अवस्थामा पुगिन्। अनि मात्रै थाहा पाएँ, लगत्तै स्वास्थ्यचौकी पुर्याएँ।’
    तीन दिन जिल्ला अस्पतालमा उपचार गरेपछि उनी घर फर्किएकी छन्। दुई छोरीकी आमा दुरीले भनिन्, ‘सामान्य रगत बग्दै थियो, घरमा भन्नै लाज लाग्यो, आफैं सन्चो होला भन्ने आशाले काम गरिरहेकै थिएँ। चार दिनपछि उठ्नै नसक्ने भएपछि उहाँले थाहा पाउनुभयो, अस्पताल आयौं।’
    यस्तै, पचालझरना गाउँपालिका–२ निवासी ठिट्टु सार्कीको अवस्था उस्तै छ। उनी जिल्ला अस्पताल कालिकोटमा उपचाररत छिन्। तीन महिनाकी गर्भवती सार्कीको पनि आफैं रगत बग्न थाल्यो। पति रोजगारीका लागि भारतमा रहेकाले कसैलाई समस्या भन्न सकिनन्। तर, पीडा सहनै नसक्ने भएपछि मात्रै उनले छिमेकीलाई रत्तस्रावबारे जानकारी दिइन्।
    उनलाई पनि गाउँका युवाले स्टेचरमा बोकरै जिल्ला अस्पताल कालिकोट पुर्याए। कर्णालीका ग्रामीण क्षेत्रका अधिकांश महिला रोग लुकाउँछन्। सानै उमेरमा बिहे, उमेर नपुगी बच्चा जन्माउनु, धेरै सन्तान हुनु तथा गर्भावस्थामा ख्याल नपुर्याउनुले अधिकांश गर्भवतीले यो पीडा सहनुपरेको छ। जिल्ला अस्पताल कालिकोटका डा.नहकुल शाही भन्छन्, ‘गर्भवती हुँदा उचित हेरचाह, पोषणयुक्त खानेकुरा अभाव र रगत बग्न सुरु भए पनि अरूलाई भन्न लजाउनेजस्ता कारण गाउँका महिला जोखिम मोल्ने गर्छन्।’ अन्नपूर्णपोष्टबाट

    Advertisement

    बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation