माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
कपिलवस्तुको चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित छ सनवागढ मन्दिर । मन्दिरमा बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहर फेला पर्दैन्न। किन कि धेरै जस्तो बस्तुहरु चोरी भैसकेका छन । एतिहासिक मन्दिर भएपनि यसको संरक्षण हुन नसकेको स्थानियहरुको भनाई छ । मन्दिरको पश्चिमि क्षेत्रमा रहेको सुकबेल नदिले प्रत्येक वर्षे मन्दिर क्षेत्र कटान गर्दै आएको छ । मन्दिर परिसरमा ४ वटा अग्लो ढिस्कोहरु छन । केहि वर्ष पहिला ढिस्कोमा भेटिएको मुर्तीलाई अहिले मन्दिर भित्र राखीएको छ । मन्दिर भित्र रहेको एक गोलाकार ढुगालाई उचालेमा आफुले आटेको पुग्ने विश्वास रहेको छ ।मन्दिर पुग्न २ वटा खोलाहरु तर्नुपर्छ । मन्दिर पुग्न सहज नभएका कारण पनि प्रचार प्रसारमा कमि भएको हो । जगल भित्र रहेको मन्दिरलाई व्यवस्थापन गर्न सकेमा राम्रो पर्यटकिय स्थल बनाउन सहज हुने सरोकारवालहरुको भनाई छ । मन्दिरमा एक स्थानिय चौधरीले पुजाआजा गर्दै आएका छन । जंगलको बिचमा रहेको यो ठाउँ मनमोहक र रमर्णिय छ।
मन्दिर क्षेत्रमा पहिलो पटक उत्खनन
सनवागढमा गुप्तकालिन ईटावाट निर्मीत भग्नावेषहरु फेला परेका छन । लुम्विनि विकास कोषका २ जना पुरातत्वविद खटिएर उत्खनन गरिएको हो। सो क्षेत्रमा गुप्तकालिन इतिहास स्वरुप भेटिएका भग्नाबशेषहरुको डेटिङ्ग एकिन गर्न परिक्षण गरिने बताईएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ भितिरियमा रहेको उक्त मन्दिरमा पहिलो पटक उत्खनन गरिएको हो । प्रचुर पर्यटकीय सम्भावना बोकेको सनवागढ मन्दिरमा कोषको पुरातत्व विभागले गत बर्ष देखि नै मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आइरहेको थियो । उत्खननको काम सुरु भइसकेपछि जमिन तल केहि महत्वपूर्ण इतिहास भेटिए मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आशा गरेका छन । हजारौं वर्ष पुरानो तथा धार्मीक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गए पनि यस क्षेत्रलाई अझै प्रचार प्रसारमा ल्याउन र मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खननले सहयोग पुर्याउने विश्वास रहेको छ । उत्खननका क्रममा १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको छ ।
संसाद केसीको पहल
प्रदेश नं. ५ का सभासद अर्जुन कुमार के.सीले सनवागढ मन्दिर क्षेत्रमा उत्खननको लागी पहल गरेका हुन । १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको केसीले दावी गरे । उत्खननको काम सुरु भए देखि नै जनमानसमा सनवागढ भन्ने प्रचारमा आइ सकेको केसीको भनाई छ ।यसको इतिहास तथा धार्मिक महत्वबारे प्रारम्भिक चरणमा गुप्तकालिन इतिहास भेटिनु गौरवको करा हो सांसद केसीले भने मायादेवी मन्दिरमा उत्खनन् गर्दा भेटीएका जस्तै सनवागढमा पनि गुप्ताकालिन ईटा भेटिए । सांसद केसीले अर्का वर्ष पनि उत्खननको काम निरन्तरता हुने जनाए । स्थानिय तह,प्रदेश र संघिय सरकारमा समेत सनवागढको विषयमा गम्भीर रुपमा लिनको लागी सवैमा आव्हान गरे । केसीले केहि संचार माध्यमले पहुचको आधारमा उत्खनन् भएको कुरालाई खण्डन गर्दै पहुच नभई इतिहास बोकेको यस क्षेत्रमा कोषले विगतको वर्षदेखी नै अनुसन्धान गरिरहेको वताए । कोषको कार्यक्षेत्र सोनवागढ रहेको भन्दै पर्यटन मन्त्री रविन्द्र अधिकारी सग पनि यस विषयमा छलफल भएको जनाए ।
के भन्छन पुरातत्वविद
पुष १० गते वाट सुरु भएको उत्खननबाट केहि एतिहासिक पुराना बस्तुहरु भेटिएको कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । प्रारम्भिक चरणको उत्खननमा सनवागढमा रहेको दुई अग्ला स्थानहरुबाट उत्खनन गरेको र भेटिएका एतिहासिक वस्तुहरुलाई पुरातत्व विभागमा परिक्षण गरिने वरिष्ट पुरातत्वविद कृष्ण वहादुर केसीले जनाए । अहिले कहि एतिहासिक पैसाका सिक्काहरु,गुप्ताकालिन ईटा तथा कलात्मक इटाहरु ,शिव भगवान पुर्व पट्टि हुने नन्दि पनि भेटिएको छ । यसको अध्यायन गर्दा यस ठाउमा शिवको लिगं समेत हुन सक्ने विदहरुले अनुमान गरेका छन । नदी कटानको चपेटामा पर्दै जाँदा धरापमा पर्न सक्ने सम्भावित खतरालाई नियन्त्रण गर्न गत बर्ष तटबन्धन समेत गरिएको वरिष्ठ पुरातत्वविद कृष्ण बहादुर के.सीले बताए ।
स्थानियहरुमा डर
लुम्विनि विकास कोषले उत्खनन् गरेर भेटिएका एतिहासिक वस्तुहरु हराउने हुन कि भन्ने स्थानियहरुको डर रहेको छ । विगत लामो समयदेखि संरक्षण गरेर राखेका स्थानवाट भेटिएको एतिहासिक वस्तुहरुलाई परिक्षणको लागी कोषले लैजाने भनेपछी स्थानियहरुमा संका उत्पन्न भएको हो ।स्थानिय टिकाराम खरालले भेटिएका वस्तु यस क्षेत्रमै परिक्षण गर्न आग्रह