• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

टुहुरा सारु दिदिभाईको कष्टपुर्ण जीन्दगी


  •   शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
  • शम्सेरविक्रम जिसी,प्यूठान।
    बनाउनै लागेको घर, जस्ता लगाउन ठिक्क पारिएको छ । पुरानो घरलाई मर्मत गरेर टल्कने जस्ता गाउने रहर लेखराजलाई धेरै पहिले देखीनै थियो । आर्थीक अवस्था कमजोर भएका सारु आफैमा विरामि पनि थिए । ४ जनाको परिवार पाल्ने, परिवारको रेखदेख गर्ने जिम्वेवारि उनैको काधमा थियो । उनी पहिलेदेखीनै किड्नीको समस्यावाट ग्रसित थिए । उनीमात्रै हैन घरमा उनीजस्तै विरामी उनकी श्रीमती पनि थिईन । दुवैजना घरका जेष्ठ सदश्य विरामि भएपछि परिवारमा आईपर्ने सवैखालका समस्या सारु परिवारमा देखापर्न थाले । लेखराज किड्नीका विरामी थिएभने उनकी श्रीमती देवा जण्डिसकी विरामी । उमेरले दुवैजना अधवैशे । तर दुवैजनाको ५ महिनाको अन्तरमा निधन भयो ।उनीहरुका ५ वर्षको छोरा र ६ वर्षिय छोरी छन् । घरमा बाबुआमा दुवैको मृत्यू भएपछि अहिले उनका दुई सन्तानको विचल्ली भएको छ । उमेरले सानै बिक्रम सारु र मनिसा सारु अहिले हजुरआमासगं बसिरहेका छन् । गत असारको अन्तिमतिर ३० वर्षिय आमा देवाको मृत्यू भयो । आमाको मृत्यूले सोकाकुल भएका सारु परिवारमा ५ महिना वित्न नपाउदै अर्काे झडका लाग्यो । किड्नीका विरामी लेखराजको पनि केहिदिन पहिले मृत्यू भयो । बाबुआमा दुवैको मृत्यूपछि सारु परिवारमा अहिले समस्या माथी समस्या थपिएको छ ।
    प्यूठान नगरपालीका–१०दिविचौरका विक्रम शारु र मनिसा सारुले कष्टपुर्ण दैनिकी गुजारी रहेका छन् । विरामि आमावुवाको मृत्यू भएपछि उनीहरुको दुःखका दिन सुरु भए । कलिलै उमेरमा आमावुवाको माया पाउन नसकेका उनीहरुको अवस्था दयनिय भएको स्थानीय दाई मोहन सारुले वताए । उनले भने,‘आमावुवाको मृत्यूपछि घरमा विजोग भएको छ ।’ विरामि लेख वहादुर र देवाको उपचार गर्दा भएको सम्पती भरि सकिसक्यो तर उनीदुवैजनालाई निको भएन । अन्तत दुवैजनाको मृत्यू भयो । आफै काम गरेर खान नसक्ने सारु दिदिभाईको अवस्था अहिले दिनप्रतिदिन विग्रदै गएको छ । वावु आमाको उपचारका लागी नपु¥याईएको ठाउँ नै छैन् । भारतका विभिन्न स्थानमा उपचार गराउदा नभएपछि लेख वहादुरलाई घरमा ल्याईयो र बटवलमा उपचार गराउदा गराउदै पौष ८ गते मृत्यू भयो । उनीहरु अहिले बाबुको किरिया गर्न सक्ने अवस्थामा पनि छैनन । उमेरले सानै दुवै दिदिभाई ५९ वर्षिय हजुरआमासगं वसिरहेका छन् । उपचार गराउदा गराउदै सकिएको सम्पती अहिले बालवालीकाका लागी या साहुका लागी भन्ने भएको छ । ‘उपचार गराउन लिएको ऋण तिर्नै छ । साहुले कहिले आएर वारिमा हकदावी गर्ने हो ।’ काका बल बहादुर सारुले भने ,‘किरिया खर्चपनि जोहो गर्न कठिन छ ।’ सारुको किरिया खर्च ब्यवस्थापन गर्नभन्दै स्थानीयले सनिवार गाउमा भेला वसेर गाउँवाट सहयोग उठाउने निर्णयपनि गरेका छन् ।
    कलिला वालवालीकाको लागी आर्थीक जोहो गर्न सके उनीहरुको लालन पालन र शिक्षामा सहयोग पुग्ने स्थानीय वासि वताउछन् । उमेर ढल्दै गरेकी हजुरआमालाई पनि दुई नाती नातीनाको चिन्ताले सताउन थालेको छ । ‘छोरा वुहारी दुवैको मृत्यू भयो ।’हजुरआमा ज्ञानी सारुले भनिन,‘अव यी नातीनातीनाको के हुनीहोला ।’यिनीहरुको ख्याल अव कले गर्ला? चिन्ता लाग्छ । पढेर शिक्षक हुने आसा बिक्रममा छ । उनी अहिले कक्षा १ मा पढ्छन् । तर पढाईमा कस्ले सहयोग गर्ने, कस्ले हेरचाह गर्नेनै मुख्य समस्या उनीहरुमा छ । ‘ घरमा पनि टिन(जस्ता) लगाउने भनेर वुवाले घर वनाउन थाल्नुभएको थियो । ‘६ वर्षिय छोरी मनिसाले भनिन, बुबा हुनुहुन्न घरमा पनि छाना छैन् ।’ हजुरआमाले खाना खान दिनु भएको छ । घरमा धेरैदिनभयो गएको छैनौ । अभिभावकको साथ नपाएका दुई दिदिभाईको भविश्यमा प्रश्न चिन्ह खडा भएको स्थानीय समाजसेवी माधव पराजुलीले भने,‘ घरमा जस्ता लगाउन वडापालीकामा पहल गरेका छौ ।’ उनैको पहलमा गाउमा चन्दा अठाएरै किरियाखर्चको जोहोगर्ने निर्णय भएको छ । गाउका धेरैजसोले वालवालीकाको शिक्षामा कसैले चासो देखाए राम्रोहुने सुझाव दिन्छन् । वालवालीकाको पालनपोषणमा समस्या देखीएको पराजुलीले सुनाए । उमेरले सानै सारु दिदिभाईको दिर्घकालीन रेखदेख आबश्यक छ । चिसो वढ्दै जादा अवस्था अझ दयनिय हुदै गएको छ । छाना छाउन वाकि रहेको घर पानीपरे भत्कनेहुदा जस्ता सहयोग पाए घर छाउन सहयोग हुने स्थानीय अकंल बल वहादुरले भने ।

    Advertisement

    शम्सेरविक्रम जिसी प्युठानवाट नागरिक दैनिकमा लेख्छन।

    शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation