विमलराज डाँगी,रोल्पा
रोल्पा जिल्ला गंगादेब गाउपालीका वडा नं ३ ले विहिवार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ। गंगादेव गाउपालीका वडा नं ३ मा रहेका विभिन्न विध्यालयमा अध्यापन गराउदै आएका उत्कृष्ट शिक्षकहरुलाई मेडल तथा सम्मान पत्र दिएर सम्मान गरेको । लामो समय देखी अध्यापन गराउदै आएका शिक्षकहरुलाई गाउपालीका शिक्षा साखा र वडा नं ३ को मुल्याङनको आधारमा ६ जना उत्कृष्ट शिक्षक छनौट गरीएको हो ।
विरेन्द्र मा वि नाउलीका शिक्षक भुपेन्द्र कुमार झा , सिद्धार्थ मा बि घाप्टेओडारका नन्दराज ओली, गणेश आधारभुत विध्यालयका महेश कुमार के सी ,भगवती आधारभुत विध्यालय कुकुरगाढेका शिक्षिका रमिता ओली सोही विध्यालयका शिक्षिका जिवितकला ओली र बालकल्याण प्रा वि का शिक्षिका लक्ष्मी के सी लाइ उत्कृष्ट शिक्षक घोषण गर्दै उत्कृष्ट शिक्षकको मेडल तथा सम्मान पत्र हस्तानतरण गरिएको थियो भने शिक्षा क्षेत्रमा अमुल्य योगदान प¥याएको भन्दै गाउपालीका शिक्षा साखा प्रमुख सेर बहादुर डाँगीलाई समेत सम्मान गरीएको हो ।
वडा नं ३ का वडा अध्यक्ष जलेश कुमार के सी को अध्यक्षतामा सन्चालन भएको कार्यक्रम गंगादेब गाउपालीका वडा नं ३ को कार्यलय झाक्रीसल्लामा आयोजन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउपालीका का अध्यक्ष बिर बहादुर खत्री को उपस्थित रहेको थियो भने विशिष्ट अतिथि जिल्ला समन्वय समिती रोल्पाका सदस्य लोकमान वली , गाउपालीका शिक्षा साखा प्रमुख शेर बहादुर डाँगी ,गंगादेब गाउपालीका गाउकार्यापालीका सदस्य निर्मला खड्का र करिव २०० जना स्थानियहरुको उपस्थित रहेकोे कार्यक्रमको सन्चालक कृषि साखा प्रमुख एवम वडा नं ३ का वडा सचिव मान बहादुर डाँगीले गर्न भएको थियो । साथै कार्यक्रमा ५७ जना अपाङ्गहरुलाइ सम्मान तथा प्रोत्साहान स्वरुप एक एक थान बलाङकेट प्रदान गरीएको थियो ।