• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

  • ३. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ४. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ५. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

कुनाथरीमा बलेको कृषिको दियो


  •   बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित
  • काठमाडौँ / सुर्खेत — भारतीय प्रसिद्ध कवि रवीन्द्रनाथ टेगोरले अस्ताउँदै गरेको सूर्य र उज्यालो छर्ने दियोबारे मार्मिक कविता लेखेका छन् :

    Advertisement

    डुबते सुरज ने कहा.
    मेरा काम सम्हालेगा कौन ?

    सम्पूर्ण जगथानिर उत्तर मौन ।
    एक मिट्टी के दिये ने कहा झुकाकर माथ
    हमे दिजिए
    जितना बनेगा करुंगा नाथ ।

    अस्ताउँदो सूर्यले जगलाई सोध्यो म त अस्ताउँदै छु तिमीलाई उज्यालो कसले देला ? यस्तो प्रश्न सुनेर जग मौन थियो । एउटा माटाको दियोले झुकेर भन्यो— मलाई जिम्मा दिनुस् जति सक्छु, गर्छु । सुर्खेतको बड्डीचौर, कुनाथरीका कुनाकुना चहार्दा यो कविता सम्झिँदै उद्वेलित भइरहें ।

    बराहताल गाउँपालिकाको कुनाथरी गाउँमा रहेको जनज्योति माविका प्रध्यानाध्यापक नारायण सिग्देलले माटाको दियोले जस्तै काम गरेर गरे के हुँदैन भन्ने बलियोप्रमाण पस्केका छन् । २९ वर्षदेखि अध्यापन गरिरहेकासिग्देल सरले रोजगारी र शिक्षालाई सँगसँगै जोडेका छन् । भविष्यका स्वाभिमानी र आत्मनिर्भर किसान तयार पार्नेे अभियानमा जुटेका छन् ।

    विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षक र अभिभावकलाई १२ बजेको घडीको सुई एकै ठाउँ भएजस्तै गरेर राख्न सक्नु उनको सफलताको कडी हो । यस विद्यालयमा कृषि पढ्ने ३ सयभन्दा बढी विद्यार्थीबाट सिक्न सकिने मुख्य कुरा भनेकै किसान हुनु ग्लानि हैन गर्वको विषय यो ।

    आफ्ना बाआमाले कस्तो दु:खले आफूलाई पढ्न पठाउँदा रहेछन् भन्ने कुरा खेतीको काम गर्न थालेपछि मात्र थाहा भएको नुवाकोटका सृजना श्रेष्ठ र गोरखाका विनिता भण्डारीले यहीँ पढ्दा बुझे । कृषिकर्ममै फर्किनेमा पक्का छन् उनीहरू । योभन्दा ठूलो अनुभव जन्य सिकाइको मर्म के होला ?

    ‘पातमा पानी हालेर हँुदैन जरामा हाल्नुपर्छ,’ नारायण गुरुले साना कक्षाका विद्यार्थीको सिकाइमा पनि जोड दिए । यो विद्यालयमा पढ्ने सबै विद्यार्थी खेतीपाती गर्न रमाएका छन् । एक कक्षामा पढ्ने गाउँका नानीहरूले घरमा लगाएको तरकारीका नामहरू फरर भनेको सुन्दा होस् या चार–पाँच कक्षा पढ्ने भाइबहिनीले आफूले लगाएको काउलीमा पानी हाल्दै गरेको हेर्दा होस् यसको मर्म देखिन्छ ।

    यो देख्दा पोहोर काठमाडौंको एउटा बोर्डिङ स्कुलमा पढ्ने सानो विद्यार्थीले शैक्षिक भ्रमणका क्रममा उपत्याकाबाहिर जाँदा बोटमा केरा फलेको देखेर त्यो रूखमा केरा किन राखेको हो भनेर आफ्नै शिक्षकलाई सोधेको प्रसंग याद आइरह्यो ।

    यी गुरु कृषि सपार्न मात्र हैन सामाजिक विभेद हटाउनसमेत लागेका छन् । उनी यस विद्यालयमा पहिलो पटक आउँदा विद्यालयमा छोइछिटो गर्ने चलन थियो । ‘विद्यालय आएको केही दिनमै जनै लगाएको म
    बाहुनले दलित विद्यार्थीसँग बसेर खाजा खाएपछि यो विभेद अन्त्य भयो,’ उनले सुनाए ।

    विद्यालयमा पठनपाठनका लागि उनले सबै पक्षमा ध्यान पुर्‍याएका छन् । महिनावारी हुने नानीहरूका लागि विद्यालयमै प्याड राखिएको छ । उनीहरूका लागि छुट्टै शौचालयको व्यवस्थासमेत छ । शौचालयका पिसाब संकलन गरी खेतीपातीमा मलको रूपमा प्रयोग गरिएको छ ।

    कृषि विकासले मात्र हाम्रो समृद्धिको दूरदृष्टि पूरा हुन्छ भन्नेमा कुनाथरीका विद्यार्थी, अभिभावक र शिक्षक सबै स्पष्ट छन् । नेपालको समृद्धिको मुख्य आधार कृषि विकास हो । पुनरुत्पादन क्षमतामा वृद्धि गरी यसलाई उन्नत बनाउन नसक्ने हो भने हाम्रो जीविका सुरक्षित छैन ।

    कुनाथरीका खेतबारीमा आफैं खेतीपाती, बस्तुभाउ, माछा र मौरीपालन गरेर यो कुराको पुष्टि गर्ने प्रयत्न गरिरहेका छन् उनीहरू । नेपालको ग्रामीण अर्थतन्त्रमा एटीएम कार्ड भनेर चिनिने बाख्रा, कुखुरा या तरकारी खेतीलाई प्राथमिकतामा राखेर यहाँ विद्यार्थीका पचासौं परियोजना सञ्चालनमा छन् । यसले खानेकुराका साथै आम्दानी र रोजगारीका लागि कृषि भन्ने मर्म आत्मसात् गरिएको देखिन्छ ।

    ‘गर्नेलाई चाहना भए पुग्छ, बहाना त नगर्नेले बनाउँछ,’ नारायण गुरु विद्यालय र आफूले गरेको खेतीपातीप्रति गर्व गर्छन्, ‘अरूले पढ्न पैसा तिर्छन् । यहाँ पढ्ने विद्यार्थीहरू पैसा कमाएर घर पठाउँछन् ।’ यस अभियानबाट उत्साहित नवलपुरका उमाकान्त भुसालले सुनाए, यस्तो गर्न सके पो । देश नेताका गफले मात्र के बन्ला र ?

    परिसरभित्रै बैंकिङ सेवा राखेर विद्यालयले विद्यार्थीले कमाएका पैसा घर पठाउन थप सहज बनाएको छ । गाउँलेहरूले विप्रेषणको रकम लिने र बचेका पैसा राख्ने त छँदैछ । सानाकिसानले सामान्य ऋण सहुलियत नपाएर खेती गर्न नसकेको अवस्थामा, एउटा विद्यालयलेआफ्ना विद्यार्थीलाई ऋण दिएर कृषिप्रति उत्साहित बनाउने यो कदम प्रशंसनीय छ । अहिलेसम्म विद्यालयले १० लाख लगानी गरेको छ ।
    विद्यालयको पढाइ व्यवस्थित गर्न टोल शिक्षा समिति बनाइएका छन् । गाउँमा गल्ने तथा नगल्ने फोहोर खासगरी प्लास्टिकको व्यवस्थापन गरिएको छ । गाउँको सालघारी र सुनद्धारी टोलमा पाहुनाघर सञ्चालनमा आएको छ । पाहुनाघर सञ्चालन गर्नेे गाउँलेका सरल व्यवहारले कुनाथरीको सामाजिक, सांस्कृतिक परिदृश्य झल्काउँछ ।

    हाम्रो कृषि अहिले इतिहासमै सबैभन्दा बढी कमजोर छ । किसानले एक्लै थेग्न नसकेर खेतीपाती कमजोर हुँदै गएको हो । राज्यले कृषिलाई हेर्ने दृष्टिकोण अहिलेभन्दा फराकिलो नबनाई यसको विकास सम्भव छैन । यस्तो अवस्थामा सम्भावनाको खोजी गर्न सफल देखिन्छन् नारायण गुरु । गरे के हुँदैन भन्ने उदाहरण हुन् उनी ।

    हाम्रो परम्परागत खेती प्रणालीलाई उन्नत बनाउँदै लैजाने, खानेकुरामा आत्मनिर्भर हुने र तुलनात्मक लाभका कृषिउपजको व्यावसायिक प्रवद्र्धन गर्ने कुराको विकल्प छैन । यो कुरा आत्मसात् गरेर हाम्रो कृषि दोस्रो पुस्तामा बुझाउने बलियो विकल्प प्रस्तुत गर्ने कुनाथरीको जनज्योति विद्यालय बधाइको पात्र हो ।

    केही पहिले नेपालकै सबैभन्दा ठूलो कृषि क्याम्पस रामपुरको फेरो मारेको थिएँ । परिसरभित्रका वनमारा झारले आफैंलाई गिज्याएझैं लागिरह्यो । योसँगै केही वर्षअघि स्थापना भएको कृषि वन विश्वविद्यालय र त्रिविविअन्तर्गतका कृषि तथा पशु विज्ञान अध्ययन संस्थानहरूले जनज्योति विद्यालयले गरे जति मात्र पनि कृषिकर्म गर्न विद्यार्थीलाई उत्प्रेरित गरेको भए यो देशको कृषिको कायापलट भइसकेको हुने थियो ।
    परदेसिन बाध्य युवालाई नेपालमै रोजगारी र आम्दानीका अवसर जुटाउन कृषिको रूपान्तरण एउटा बलियो विकल्प बन्न सक्छ । यसका लागि कुनाथरीको सफलताबाट सिक्न सकिन्छ ।
    –कृष्णप्रसाद पौडेल ( कान्तिपुर )

    बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ३.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ४.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ३.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ४.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • ७.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ८.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation