• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

ओझेलमा गौमुखी : पर्यटक भित्र्याउने खानी


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,

    Advertisement

    प्युठान । भीर, पहरा, छाँगा र छहराको संयोग । वसन्त र शरद ऋृतुमा गुराँस र अनेकौ फुलहरुले राताम्मे हुने जैविक विविधता बाइसमुलमा मलेवा चराको अदभुत प्रदर्शन । बाईसमुल झरनाको छङछङ सुस्केरा । सूर्योदयको बिहानीको दृश्य ।

    सधैं कञ्चन जलाधारहरुले लुकामारी खेलिरहने गौमुखी क्षेत्र साच्चिकै अप्सरा जस्तो छ । जुन प्रकृतीमा रम्नेहरुका लागि स्वर्ग नै हो । प्युठानकै स्वर्गद्धारीपछिको गौमुखी अर्को उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो । तर उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

    पहिलो पटका पुग्नेहरु त गौमुखी मै रमिरहन्छन् । प्रकृति र मनोरम दृश्यसँग अल्मलिरहन्छन् र फर्किएपछि पनि मनमा गौमुखी बोकिरहन्छन् । झिमरुक नदीको उद्गमस्थल गौमुखीमा माघ १ मा नुहाउन ठूलो मेला लाग्ने गर्छ ।

    गौमुखी क्षेत्र प्राकृतिक सौन्दर्यले धनी छ । ओखरकोटको सूर्योदय, टापुबाट देखिने हिमशृखलाको अवलोकन, मगर समुदायको साँस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनाहरुलाई सजिलै आकर्षित गर्छ ।

    के छन् आकर्षक कुरा ?

    ओखरकोटको रक गार्डेन, ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेशी, बाढिकोटको गढिकोट, पुजाको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुषाराकोट, खुङ्का गुफाहरु रजवाराको मगर संस्कृती, बाङ्गेमरोठको कौछेको राजनीतिक स्थानको महत्व उस्तै छ ।

    बिविध जातजातिको संगमस्थल गौमुखीका मुख्य आकर्षण हुन् । जनजातिहरुको मौलिक संस्कृती कतै जीवन्त छ भने त्यो उपल्लो प्युठानको गौमुखीमा छ । गौमुखीका खास बिशेषता र आकर्षण पनि यीनै कलाकौशल, भेषभुषा र संस्कृती हुन् ।

    गौमुखी मगर समुदायहरुको थातथलो हो । स्थानीय कला संस्कृती र खानपानमा रमाउँदै अध्यन अवलोलन गर्ने रुचाउनेहरु यहाँ पुग्छन । तर प्रयाप्त सेवा सुविधा हुन नसक्दा गाउँको होमस्टे धान्नसमेत स्थानीयलाई धौधौ छ ।

    कसरी पुग्ने ?

    गौमुखी समुन्द्री सतहदेखि एक हजार ५ सय मिटरको उचाईमा छ । अर्खाको ठूलाचौरसम्म यातायात पुगेकाले झण्डै ३ घण्टा हिडेर गौमुखी पुग्न सकिन्छ । प्यूठानको बाग्दुलाबाट ३४ किलोमिटरको दुरीमा छ गौमुखी ।

    काठमाडौंबाट दाङको भालुवाङ हुँदै प्युठानको बाग्दुला ठूलाबेशी पुगिन्छ । यहाँबाट करिब ४० किलोमिटर दुरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ । ठूलाचौरबाट झन्डै पौने एक घण्टा पैदल यात्रापछि गौमुखी मन्दिरमा पुग्न सकिन्छ । प्युठानको स्वर्गद्धारी दर्शन गरेर पनि गौमुखी पुग्न सकिन्छ ।

    ढाँडबाट इस्नाथान, मुर्चुललेक र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डाँडैडाँड हिमाल हेर्दै पूजा–डाडाँकटेरी हुँदै दलित होमस्टे बाग्लिबाङ पुगिन्छ । पूजा तामाखानी हुँदै रजबारा कालेपुनको घाँटी, झाँक्री ढुंगा तिखाचुली लेकको भेडीगोठसम्मको पदमार्गबाट गौमुुखी पुग्न सकिन्छ । अर्खा ठूलाचौर मगर होमस्टेमा बास बसेपछि एक साताको प्याकेजमा यो पदमार्गमा यात्रा पूरा गर्न सकिने रतिमान राना बताउँछन् ।

    के गरियो ? के गरिएन ?
    गौमुखीको पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले गत र्वा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । यो वर्ष पनि ८ लाख रुपैयाँ बिनियोजन गरेको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरी बताउँछन् ।

    यस क्षेत्रको विकासका लागि पर्यटन कार्यालयले बजेट दिँदै आएको छ । त्यही पैसाले गौमुखी पुग्ने बाटो फराकिलो बनाइएको छ भने रेलिङ पनि बनाइएको छ ।

    दुर्गम ठाउँ भएका कारण पर्यटकीय पुर्वाधारको अभाव रहेकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि राज्यले विशेष पहल गर्नुपर्ने गौमुखी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष डोरबहादुर राना बताउँछन् । गौमुखीलाई चिनाउने गरी मिडिया सम्मेलन गर्ने तयारी भइरहेको उनको भनाई छ ।

    तर, स्थानीय तहले जसरी यसको प्रवद्र्धका लागि ध्यान दिनुपर्ने हो, त्यो चाँही गरेको छैन । पर्याप्त ध्यान नदिँदा गौमुखी पर्यटनको बजार हिस्सा बन्न सकेको छैन । गौमुखी क्षेत्रका साविकका १० वटा गाविसलाई समेटेर समुदायको प्रयासमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिए पनि प्रयाप्त छैन ।

    सम्पदाको संरक्षण आधारभुत पूर्वाधार निर्माण पर्यटन शिक्षा होम स्टे सञ्चालन नयाँ गन्तव्यहरुको खोजी पदमार्ग निर्माणका कामहरु हुन थालेका पनि छन् । तर उनीहरुको प्रयास पनि सार्थक हुन सकेको छैन ।

    गौमुखीको प्रचारप्रसार गर्न सके आर्थिक विकासमा जिल्लाको मुहार परिवर्तन गर्न सकिने सम्भावना रहेको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउँछन् । ‘स्थानीयले यसलाई आयआर्जनसँग जोडनुपर्छ,’ उनले भने, ‘यसले रोजगारीको ढोका पनि खोल्ने छ ।’

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    भर्खरै

    • १.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • २.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ४.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ७.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ८.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...