• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ७. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ८. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ९. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

कमरेड बन्द मुठ्ठी किन कसिलो छैन ? कता हरायो लाल सलामको जोश ?


  •   आइतबार, मङि्सर १६, २०७५ मा प्रकाशित
  • काठमाण्डौ । नेपाली जनताकाबीच आशालाग्दा आश्वासनहरु र क्रान्तिकारी उर्जा कम्यूनिष्ट पार्टीहरुले संचार गर्दै आएका छन् । कम्यूनिष्ट पार्टी कै नेताका आह्वानमा निमुखा सोझा सिधा जनता मर्न र मार्न तयार भए । सधैं थिचोमिचोमा रहेका जनताले कम्यूनिष्ट पार्टीलाई सत्तामा पुर्‍याए ।आज लाल सलाम भन्नेहरूको देशमा दुई तिहाइ बहुमतको सरकार छ । नेपालको राजनीतिक इतिहासको बिरलै संयोगमध्येको हो यो । तर, बन्द मुठ्ठी किन कसिलो छैन ? हात किन क्रान्तिकारी शैलीमा माथि उठिरहेको छैन ? हात मिलाउँदा हुने चुम्बकीय शक्ति खोइ ? कता हरायो लाल सलामको जोश ? सर्वहारा विचार कता लुप्त भयो ? श्रमिक वर्गको चिन्ता कसले गर्ने ? शोषित वर्गबारे कसले सोच्ने ? ति जनता जस्ले उनीहरुलाई त्यहाँ पुर्‍याए , कुर्शीमा बसाए तर उनीहरुलाई नै विर्सदै छन् सर्वहाराका नेताले ।

    Advertisement

    एनजिओ, आइएनजिओका चंगुलमा छन शासकहरु, भ्रष्ट र अनैतिक काम गर्नेहरुले मात्रै सहज रुपमा सत्तामा बस्नेहरुसंग उठबस गर्न पाउँछन । जनता त फगत गोटी मात्र हुन् । कालो ब्रिफकेस बोकेर आउनेलाई भेट घरको माथिल्लो तलामा हुन्छ । जनता दैलोमा रुँग्छ अनि लाचार भएर फर्कन्छ । एउटा नेतालाई जनताले सानो काम भन्छ त्यो नेताले चाह्यो भने ५ मिनेटमा फत्तेहुन्छ तर १६ सत्र महिना कुर्दा पनि त्यो काम हुँदैन तर पनि कम्यूनिष्ट नेताले भन्ने गरेको समाजवाद जिन्दावाद भन्न विवस छ जनता ।

    भाषणमा नैतिकता र मर्यादा सिकाउँछ तर ठेकेदार अनि भ्रष्टसंग आफैंलाई विकाउँछ कम्यूनिष्टको पर्याय त्यहि भएको छ आजभोलि । हो कमरेडहरु लालसलाम,सगरमाथामा पुग्न जति सजिलो छ, त्यहाँ लामो समयसम्म टिक्न त्यत्तिकै गाह्रो । एकचोटी कम्यूनिष्ट पार्टीका सम्पूर्ण अग्रदूतले गम्भीर चिन्तन गर्नैपर्छ वा पर्दैन त्यो तपाइँहरुलाई थाहा होला । नेपालका प्रत्येक राजनीतिक दल अहिले विभिन्न गुट–उपगुटमा विभाजित छन् । कम्युनिस्ट पार्टीहरूको आन्तरिक बैठकको पुरानो परम्परा रहिआएको छ– आत्मालोचना र आलोचना । यो ठूलो हतियार हो, जसलाई पुनर्जीवन दिन सक्नुपर्छ ।

    चाकडी प्रथा अन्त्य गर्दै प्रणालीबाट चल्ने परिपाटी बसाल्नु जरुरी छ । जबसम्म प्रत्येक दल आ–आफ्ना सिद्धान्तमा अडिग, आचरणमा विश्वसनीय र पार्टीमा एकजुट हुन सक्दैनन्, तबसम्म लोकतन्त्र बलियो हुन सक्दैन । अरू दलको नराम्रो पक्ष केलाउनुभन्दा आफ्नै दलमा शुद्धीकरणको प्रक्रिया अगाडि बढाउँदा गणतन्त्र टिकाउ हुन सक्छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि प्रधानमन्त्री ओली पार्टीमा हाबी भए पनि यतिबेला उनी पार्टीभित्र अल्पमतमा परेको विश्लेषण सुरु भएको छ । ओली अल्पमतमा परेकै कारण विधानअनुसार बस्नुपर्ने स्थायी र केन्द्रीय समिति बैठक बसेको छैन ।

    यस्तै गुट उपगुटका कारण पनि कामको रफ्तारमा कमि आउने गरेको दृष्टान्तहरु प्रसस्तै छन् । सरकार सञ्चालन र राष्ट्रिय राजनीतिमा एकछत्र रुपमा हावी भएका ओली पछिल्लो पटक पार्टीभित्र अल्पमतमा परेपछि पर्टीकाम अवरुद्ध भएको छ । जसका कारण सरकारले जनअपेक्षा अनुसार काम गर्न सकिरहेको छैन भन्ने टिप्पणी पनि उत्तिकै छ । कमरेड किन सेलायो जोश किन सिथिल हुँदैछ उर्जा ? कहाँ हरायो क्रान्तिकारीपन जनजनको जिज्ञासा यहि हो यतिवेला । लाल सलाम कमरेड!

    एस काठमाडौं

    आइतबार, मङि्सर १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation