• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

सुर्खेतका वादी महिला विभेदमा


  •   आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
  • ९ मंसिर २०७५, आईतवार

    Advertisement

    वीरेन्द्रनगर । सुर्खेत गुर्भाकोटका पुतली वादी दाउरा बेचेर गुजरा चलाउँछिन् । कहिले उनी भारत गएर कमाएर ल्याउछिन् ।

    ‘साँझ बिहान दुःख गरेर काम गर्छांै तर हामीलाई फरक पेसा गर्ने दृष्टिकोणले हेर्दछन् ।’ वादी समुदायमा पुख्र्यौंली पेसा व्यापार व्यवसाय गरेर दैनिकी चलाउने गरिए तापनि अझैसम्म आफूहरूमाथिको समाजको हेराई फरक भएको छैन’, उनले भने ।

    ‘हाम्रो जातमा पहिले केही व्यक्तिले यो पेशा गरे होलान तर, अहिले हामी सबैले व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौँ’, उनले भनिन्, ‘अन्य जातकाले यौन पसशा गरे पनि उनीहरू ढुक्कसँग हिँड्न सक्छन्, तर हामी पेशा नगरे पनि आरोप लगाइएको छ ।’

    सुर्खेत गुर्भाकोट नगरपालिकाकी कविता वादी दिल्लीमा जान थालेको चार वर्ष भयो । धेरैजसो समय उनले भारतको दिल्लीमा बिताउँछिन् भने केही दिन मात्र घरमा आएर बस्छिन् । कारण हो, समुदायमा आफूहरूमाथि हुने गरेको विभेद । छ वर्षअघि माथिललो जातिसँग विवाह भएका कारण श्रीमानबाट दिएको यातना सहन नसकेपछि उनको वैवाहिक सम्बन्ध अन्ततः डिभोर्समा परिणत भयो ।

    अहिले उनी छोराका साथमा दिल्लीमा बस्दै आएकी छन् । ‘गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिँड्न सक्दिनँ’, कविता भन्छिन्, ‘छिमेकी र समाजले हाम्रो जात भन्नेबित्तिकै फरक नजरले हेर्दछन । समाजमा अन्य जातिका व्यक्ति आफूहरूसँग घुलमिल हुन नचाहने गरेको दुःखेसो उनले पोखिन् । ‘समाजमा हामीप्रति अझै पनि राम्रो नजरले हेरिँदैन, त्यसैले हाम्रा धेरै साथीहरू गाउँमा बस्न रुचाउँदैनन्’, उनले भनिन्,‘धेरै साथी दिल्लीमा बस्ने गर्दछन ।’

    सोही वादी बस्तीका ५६ वर्षीया बकुला वादी पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जिविका चलाउँदै आएकी छन् । तर समाजले आफूहरूमाथि गरेको विभेद देख्दा उनको मन कुडिन्छ । ‘दिनभरि काम गरेर साँझ बिहानको छाक जोहो गर्दै आएकी छु’, उनी भन्छिन्, ‘हाम्रा छोरी चेलीमाथि अरु जातिले गर्ने व्यवहार फरक हुन्छ ।’

    फरक नजरले हेर्ने कारणले आफ्ना छोरी नातिनी भारततर्फ जाने रुचि गरेको उनी बताउछिन् । जिल्लामा बसोबास गर्दै आएका वादी समुदायका महिलाले भोगेको साझा समस्या हो, यो ।

    विगतका दिनमा वादी समुदायका पुरुष मादल बनाउने र माछा मार्ने तथा छोरी यौन पेशालाई अपनाउने तर, अहिले परिस्थित बेग्लै भएको छ । उनीहरूले पुख्र्यौली पेशालाई छाडेर कृषि र व्यवसाय गर्दै आएका छन् ।

    पहिलेको तुलनामा हाम्रो जातिमाथि गर्ने विभेदको केही कमी भए पनि अझै पनि आफूहरूप्रति हेर्ने दृष्टिकोण उस्तै रहेको पार्वती वादी बताउँछिन् । वादी महिलाको पुख्र्यौली पेशा अहिले परिवर्तन भए तापनि पुरानै छाप अझै नहट्नु दुःखद रहेको महिला अधिकारकर्मी किमशरा खत्री बताउँछिन् ।

    ‘पहिलेको भन्दा अहिले अन्य जाति पनि उनीहरूसँग घुलमिल हुँदै आउन थालेका छन’, उनी भन्छिन्, ‘विस्तारै यसमा पनि परिवर्तन हुँदै जान्छ ।’ वादी महिलाले यस्ता खालका हिंसा भोग्नु भनेको पहुँच भएका वर्गबाट उनीहरूलाई हेप्नु हो’, शिक्षक सरुणी वलीको भनाइ छ । ‘यस्ता खालका व्यवहारले उनीहरूमाथि भएको विभेद झल्काउँछ’, उनी भन्छिन्, ‘जसले गर्दा उनीहरूको मनोविज्ञानमा चोट पुर्याउँछ ।’

    वादी अगुवा एवं सिम्ता गाउँपालिका वडा–६ का वडा सदस्य सुक्री वादीले वादी जातिलाई अझै पनि हेप्ने प्रवृत्ति रहेको बताउछिन् । ‘जति राम्रो काम गरे पनि हाम्रो जातिलाई गलत नजरले हेर्छन’, उनले भनिन्, ‘यसको अन्त्यका लागि हामी महिला एकजुट भएर अघि बढ्नुपर्छ ।’
    नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्यवस्था गरेको छ ।

    तर वादी महिलामाथि हुने यस्ताखालका विभेदले उनीहरूको आत्मसम्मानका साथ बाँच्ने अधिकारको हनन भएको देखिन्छ । वादी महिलामाथि भएका यस्ता खालका विभेदले उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुका साथै उनीहरूमाथि जातीय विभेद भएको देखिएको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् ।

    नेपाली जनताबाट साभार!

    आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation