• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ५. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ६. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

तीन महिना नपुग्दै दाङका एसपी सरुवा


  •   आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
  • आइतबार, १८ कार्तिक २०७५, काठमाडौं – जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्मा तीन महिना नपुग्दै काठमाडौंमा सरुवा भएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको दबाबमा प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई शुक्रबार साँझ काजसरुवा गरेको हो।बुटवल ट्राफिक कार्यालयका प्रमुख रहेका शर्मा केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका थिए। ब्युरोमा आएको केही महिनामै उनलाई महानिरीक्षक सर्वेन्द्र खनालले दाङ पठाएका थिए।स्रोतका अनुसार दाङ पुगेको १५ दिनपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसँग एसपी शर्माको खटपट प-यो। त्यसपछि श्रेष्ठले शर्मालाई अन्यत्र सरुवा गर्न गृह मन्त्रालयसमक्ष अनुरोध गर्न थाले। १६ महिनाअघि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले श्रेष्ठलाई दाङको सिडिओ बनाएर पठाएका थिए।

    Advertisement

    दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको दबाबमा प्रहरी प्रधान कार्यालयले दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्मालाई शुक्रबार साँझ काजसरुवा गरेको छ।

    मन्त्रालय स्रोतका अनुसार आफ्नो अनुरोधलाई मन्त्रालयले बेवास्ता गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले राजनीतिक नेतृत्व गुहार्न थाले । एसपी शर्माको सरुवाका लागि श्रेष्ठले राजनीतिक नेतृत्वमार्फत दबाब दिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई सरुवा गरिदिएको स्रोतल बतायो।‘प्रहरी प्रमुखलाई हटाउनुप-यो भन्दै सत्ताधारी दलका केही नेताको दबाब आएको थियो । सिडिओ श्रेष्ठ आफैं मन्त्रालयमा आएर एसपी फेर्नुप-यो भनेर आग्रह गरेपछि शर्मालाई सरुवा गरिएको हो,’ मन्त्रालय स्रोतले भन्यो।एसपी शर्मा प्रहरी प्रमुख भएर गएको १५ दिनमै विभिन्न मुद्दामा श्रेष्ठले हस्तक्षेप गर्न थालेपछि उनीहरूबीच खटपट सुरु भएको बताइन्छ। ‘यस विषयमा प्रहरी महानिरीक्षक र प्रहरी प्रधान कार्यालयका प्रायः अधिकृत जानकार छन्। प्रहरी महानिरीक्षक खनाल कतार भ्रमणमा रहेका बेला शर्माको सरुवा गर्न प्रहरी प्रधान कार्यालयलाई ठूलै दबाब आएको थियो। खनालले मन्त्रालयको दबाब थेग्न नसक्दा शर्माको सरुवा भयो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘सिडिओ श्रेष्ठले एक महिनाअघिदेखि नै एसपीलाई हटाइदिन्छु भनेका रहेछन्, अहिले सफल भए।’प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठले प्रहरीले अनुसन्धानका लागि ल्याइएका मानिसलाई समेत छुटाउन दबाब दिँदै आएका थिए। यसपछि एसपी शर्माले अनुसन्धान गर्ने निकाय सिडिओ कार्यालय हो कि प्रहरी कार्यालय हो भन्दै श्रेष्ठसँग प्रश्न गरेका थिए।प्रमुख जिल्ला अधिकारी श्रेष्ठले एसपी शर्मासँग आफ्नो कुनै विवाद नभएको बताएका छन्। ‘म मेरै कामले काठमाडौं आएको हुँ। उहाँको सरुवा किन भयो मलाई थाहा छैन’, उनले नागरिकसँग भने, ‘एसपीसाब पूर्वको मानिस, म पश्चिमको । हाम्रो पुस्ताैंनी दुस्मनी छैन।’ उनले कार्यालयको कामले काठमाडौं आएको बताए। ‘उहाँलाई मैले एक महिनाअघि नै काठमाडाैं जान्छु भनेको थिएँ। म काठमाडौं आएपछि उहाँको सरुवा भएछ। उहाँको सरुवाको कारण मलाई थाहा भएन’, श्रेष्ठले भने।श्रेष्ठ १७ महिनाअघि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट राजनीतिक पहुँचका आधारमा सीधै गृह मन्त्रालयमा सरुवा भएका थिए। त्यसपछि दाङको प्रमुख जिल्ला अधिकारी बनेका श्रेष्ठ यसअघि कहिल्यै गृह मन्त्रालय बसेका छैनन्। उनलाई तत्कालीन गृहमन्त्री जनार्दन शर्माले दाङको सिडिओ बनाएर पठाएको १६ महिना बितेको छ। उनी सिडिओ भएर दाङ गएपछि त्यहाँ प्रहरी प्रमुख भने तीनपटक फेरिएका छन्।प्रहरी प्रधान कार्यालयले शर्माको स्थानमा बेलबहादुर पाण्डेलाई पठाएको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले दाङका प्रहरी प्रमुख शर्माको सरुवा प्रधान कार्यालयलाई आवश्यक परेर भएको दाबी गरे। ‘उहाँलाई कारबाही गरेर सरुवा गरिएको होइन, विभागलाई उहाँको आवश्यकता महसुस भयो त्यसकारण सरुवा गरिएको हो’, सुवेदीले भने।यसैगरी, स्याङ्जा जिल्लामा ड्युटीमा रहेका प्रहरी जवानलाई कुटपिट गर्ने हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेका स्याङ्जाका एसपी जयराज सापकोटालाई पनि प्रहरी प्रधान कार्यालयले केन्द्रमा तानेको छ। गाउँपालिका अध्यक्ष मानन्धरले दार्सिंग प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरीलाई युवाको झगडाको निहुँमा कुटपिट गरेका थिए । एसपी सापकोटाको स्थानमा एसपी राजकुमार लम्साललाई पठाइएको छ।

    श्रोत: नागरिक न्युज!

    आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation