• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

माइजुको फन्दामा बालिका, १३ वर्षको उमेरमा जो कोठीमा पुगिन


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • सुर्खेत। १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्‍याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पुर्‍याइएको थियो।

    Advertisement

    कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्‍याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन् ।

    ‘काम कागज कारखानामा गर्ने हो। राम्रो कमाइ हुन्छ। आमाको दुःख पनि कम हुन्छ भनेपछि लोभिएँ,’ बिहीबार प्रहरीको सम्पर्कमा आएकी उनले भनिन्, ‘दिल्ली पुर्‍याएकै भोलिपल्ट दिदीहरूले कोठीमा धन्दा गर्न पठाए ।’ उनका अनुसार तारा र ममताले दिल्लीको जिपी रोडमा कोठी सञ्चालन गर्दै आएका छन्।

    उनले त्यही कोठीमा १५ महिना नारकीय जीवन बिताइन्। ‘दैनिक ४० जनासम्म ग्राहक आउँथे, यौन सम्पर्क गर्न नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५ वर्षजस्ता भए ।’ घरबाट जाँदा महिनाबारी पनि नभएकी उनी कोठीमा पुगेपछि गर्भवती भइन्। कोठी सञ्चालककी पत्नीजस्तै बनाएर गर्भपतन मात्रै गराइएन, अस्पतालमा उनको पाठेघरसमेत झिक्न लगाइयो । ‘पाठेघर झिकेपछि डाक्टरले ६ महिनासम्म पतिसँग यौन सम्पर्क नगर्नू भनेका थिए,’ उनले भनिन्, ‘एक महिनामै फेरि मलाई कोठीमा पुर्‍याएर धन्दा गर्न लगाइयो ।’ तारा र ममताले सञ्चालन गरेको कोठीको ५६ नम्बर कोठामा आफूलाई राखिएको उनले बताइन्। आफूलाई राखिएको कोठीमा धेरै नेपाली केटी रहेको जानकारी उनले दिइन्।

    कोठीमा पुर्‍याइएको १५ महिनापछि उनी एक दिन खाटबाट लडेर घाइते भइन्। ताराले स्कुटरमा राखेर उपचारका लागि भन्दै अस्पताल लाँदै थिइन्, उनले बीचैमा रोक्न आग्रह गरिन्। ‘धेरैचोटि आग्रह गर्दा पनि स्कुटर रोक्न नमानेपछि हाम फाल्छु भनेर धम्क्याएँ, त्यसपछि स्कुटी रोकिन्,’ उनले भनिन्, ‘त्यही मौकामा भागेर दुई दिनपछि मुम्बई पुगें ।’ महाराष्ट्रको पुणे बसपार्कमा अलपत्र परेकी उनलाई एक स्थानीय महिलाले धर्म छोरी बनाएर राखिन्।

    ‘दिल्लीको नारकीय ठाउँबाट उम्किन पाउँदा खुसी थिएँ, मुम्बई पुगेपछि धर्म आमाले घर (नेपाल) आउन दिनुभएन,’ उनले भनिन्, ‘आफैंले एक अस्पतालमा काम गरेर केही पैसा कमाएँ, त्यसपछि भागेर नेपाल आइपुगेकी हुँ ।’

    उनलाई नेपाली बोल्न आउँदैन, अरूले बोलेको भने बुझ्छिन्। भाइको नाम याद थियो। घरको ठेगाना थाहा थियो। उनी तीजको दिन सात वर्षपछि आफ्नो घर आइपुगिन्। ‘आमा जिउँदै हुनुहुँदोरहेछ, आमालाई देखेपछि बहुत खुसी लाग्यो,’ उनले भनिन्, ‘घर पुग्दा स्वर्गमा आइपुगेजस्तो अनुभूति भयो ।’

    बालिकाकी आमाले छोरीको खोजीका लागि सात वर्ष संघर्ष गरिन्। पटकपटक प्रहरी कार्यालय धाइन्। दिल्ली पुर्‍याउने नन्दकलीसँग छोरी ल्याइदिन हारगुहार गरिन्। ६ वर्षको निरन्तरको संघर्षपछि प्रहरीले अघिल्लो वर्ष माघ १८ गते मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दर्ता गर्‍यो। ‘हामीसँग बालिका बेचिएको प्रमाण केही थिएन।

    मुद्दा दर्ता भए पनि कसैलाई पक्राउ गरेका थिएनौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले भन्नुभयो, ‘बेचिएकी बालिका नै दिल्ली–मुम्बई हुँदै नेपाल आएपछि एक महिलालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गरेका छौं।’ प्रहरीका अनुसार बालिकाले नेपाली बोल्न भुलेकी छन्। ‘रजस्वला नहुँदा कोठीमा बेचिएकी बालिकाले पाठेघरसमेत झिकिएको बताएकी छन्,’ उहाँले भन्नुभयो, ‘घटना गम्भीर भएकाले हामीले त्यहीअनुसार अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’

    प्रहरीका अनुसार दिल्लीमा काम लगाउने भन्दै सुरुमा ममता बालिकाको घरमा पुगेकी थिइन्। ‘बहिनीलाई राम्रो काममा लगाउँछु, तपाईंका दुःख पनि कम हुन्छ भन्दै आएकी थिई,’ बालिकाकी आमाले भनिन्, ‘सानै उमेरकी छोरीलाई अर्काको देश पठाउन मनले मानेन, नाइँ भनेर पठाइदिएँ ।’

    भोलिपल्ट फेरि ममताकी आमा घर पुगिन्। उनलाई पनि छोरी दिन मानिनन्। ‘म काममा गएको बेला फकाएर लगिछन्,’ बालिकाकी आमाले भनिन्, ‘भोलिपल्ट छोरी लिन जाँदा दिल्ली लगिसकेका रहेछन् ।’ प्रहरीका अनुसार बालिकाको घरबाट छिन्चुसम्म नन्दकलीले ल्याएकी थिइन् भने त्यहाँबाट ममताले दिल्ली पुर्‍याएकी थिइन्। प्रहरीले नन्दकलीलाई पक्राउ गरेको छ । नागरिक दैनिकमा यो खबर प्रकाशित छ ।

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation