माधब खनाल, अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वाड नम्बर ९ च्यानडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्यापजिप दुर्घटना हुदाँ भुमिकास्थान -९ का जिप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक प्रविन अार्चायले जानकारी दिए । गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ३ सय मिटर तल खसेको अार्चायले जानकारी दिए। गाडी अाेभर स्पिडका कारण दुर्घटना भएकाे प्रहरीले अनुमान गरेकाे छ ।
Advertisement