• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

डेढ अर्बभन्दा बढीको धानको बीउ आयात


  •   बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपालमा यस वर्षका रोपाइका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरू आयात गरेका हुन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको कुल ४ हजार १ सय ४९ मेट्रिक टन धानको बीउ आयात गरेका हुन् ।

    Advertisement

    यूएस ३ सय १२, च्याम्पियन, राजा, महाराजा, साँवामन्सुली, सुधा, शान्तिलगायत ४६ प्रकारका धानका बीउ आयात भएका छन् । यसरी आयात गरिएकामध्ये ३९ ओटा जातका बीउ भारत र बाँकी सातओटा जात चीनबाट आयात भएको केन्द्रका वागबानी अधिकृत विकास खरेलले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । सावित्री, सोनामन्सुली, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ । व्यवसायीहरूले भारत र चीनबाट वर्णसंकर बीउहरू आयात गर्ने गर्छन् । खरेलका अनुसार परिमाणको हिसाबले पनि चीनभन्दा भारतबाट बढी मात्रामा बीउ आयात हुने गरेको छ । यस वर्ष भारतबाट ३ हजार ९ सय ६१ मेट्रिकटन बीउ आयात भएको छ भने चीनबाट जम्मा १ सय ८८ मेट्रिक टन बीउ आयात भएको भएको छ ।

    आयातका लागि कम्पनीहरूले स्वीकृति लिने तथा धानको बीउ आयात हुने क्रम जारी रहेको बताइएको छ । अब बीउ राख्नेभन्दा पनि किसानहरूले बीउ राखेर धान रोप्नतिर लाग्ने भएकाले आयात भइहाले पनि सानो परिमाणमा मात्र आयात हुन सक्ने खरेलले बताए ।

    नेपालमा धानखेती हुने कुल १३ लाख ५० हजार हेक्टर जमीनका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन धानको बीउ आवश्यक हुन्छ । यसमा निजी बीउ उत्पादक कम्पनी तथा व्यवसायीहरूले ठूलो अंशा ओगटेका छन् । नेपाली बीउ उत्पादक कम्पनीहरूले वार्षिक १० हजार मेट्रिक टन धानको बीउ उत्पादन गर्ने गरेको तथ्यांक छ । कतिपय किसानले आप्mनै स्थानीय बीउ पनि प्रयोग गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

    सावित्री, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ भने वर्णसंकर बीउहरू भारत र चीनलगायत देशहरूबाट आयात हुने गर्छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • २.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ३.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ६.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ७.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ८.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation