दाङ। लमही नगरपालिका – ७ कमानपुर निवासी स्यानु चौधरीको ५ वर्षिय छोरी इन्दु चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।
Advertisement
घर नजिकै रहेकोे अर्जुन खोलामा साथीहरु सङ्ग नुहाउन गएको समयमा इन्दुको पानीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
बुधबार बिहान आफुहरु काममा गएको बेला छोरी गाउँका साथीहरु सङ्ग नुहाउन गएको रैछिन म घर आएसी थाह पाए बुवा स्यानुले भने ।
मृतक इन्दुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।