काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरुले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पनि योगेश भट्टराईले गरेका थिएनन् ।
Advertisement
यही विषयलाई लिएर भट्टराईले आज आफ्नो राजनीतिक जीवनकै कठिन दिन भएको बताएका छन् ।
पार्टीको एकतालाई कायम गर्न आफूले हस्ताक्षर नगरेको स्पष्ट पार्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’