कामना डेली,सुनवल। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संघिय सांसद देवेन्द्रराज कंडेल र काङ्ग्रेसका क्षेत्रीय सचीव माधब प्रसाद पाण्डेको पहलमा जिल्ला समन्वय समितीका सभापति शिवशंकर रायको सिफारिसको आधारमा आइसोलेसन सेन्टर र अस्पतालमामा बिहिवार स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
जस अन्तर्गत सुनवल नगरपालिकाद्वारा निर्माण गरिएको अस्थायी कोरोना अस्पताल (आइसोलेसन सेन्टर) लाई १२ थान पिपि र १० थान फेस सिज, परासी स्थित पृथ्वीचन्द्र अस्पताललाई १३ थान पिपिई, चौपत्ता अस्पताललाई ८ थान पिपिई र बर्दघाट स्थित चिसापानी अस्पताललाई ५ थान पिपिई बितरण गरिएको हो ।
साथै कोभिड रोकथाम र न्यूनीकरणका लागि अग्रपंक्तिमा रहेर समाज सेवामा खटिएका युवालाई २ थान पिपिई गरि जम्मा ४० थान पिपिई सामाग्री वितरण गरिएको नेपालि काङ्ग्रेसका क्षेत्रीय सचीव माधब प्रसाद पाण्डेले बताए ।
सांसद कंडेल काठमाडौं भएका कारण उक्त सामाग्री वितरणका लागि बर्दघाट नगरपालिकाका नगर सभापति शम्भुलाल श्रेष्ठ, रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, काङ्ग्रेसका शुभेच्छुक तथा समाजसेवी, कमल किशोर रायमाझी, शम्भु मिश्र, राजन भण्डारी र बिकास घिमिरेले स्वास्थ्य सामाग्री वितरणको लागि समन्वय गर्नुभएको थियो ।
सो स्वास्थ्य सामाग्री केयर नेपाल संस्थाले सहयोग गरेको थियो ।
संघिय सांसद देवेन्द्रराज कंडेलको पहलमा स्वास्थ्य सामाग्री वितरण
संघिय सांसद देवेन्द्रराज कंडेलको पहलमा स्वास्थ्य सामाग्री वितरण

Advertisement
तपाईको प्रतिक्रिया