बृजेश यादव, कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले जिल्ला अस्पताल तौलिहवालाई रु ५ लाख प्रदान गरेको छ ।
नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य मार्फत अस्पतालको लागि रु ५ लाखको चेक हस्तान्तरण गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामिका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।
कोभिड संक्रमित बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको महाराजगन्ज नगरपालिकाको उपप्रमुख शुभवति कुर्मीले बताउनु भयो । महाराजगन्ज नगरपालिका क्षेत्रको नागरिक तौलिहवा अस्पतालमा उपचार सेवा लिने भएकोले रकम दिएको उपप्रमुख कुर्मीले जानकारी दिनु भयो ।
केही महिना पहिले तौलिहवा अस्पताललाई रु ५ लाख दिने उद्घोष अनुसार रकम हस्तान्तरण गरिएको महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
तौलिहवा अस्पताल विकास समितिको नाममा चेक दिएको अधिकृत खरेलले बताउनु भयो ।
कोभिड अक्रान्त भएको समयमा महाराजगन्जले रु ५ लाख रकम दिनु आफैमा उदाहरणिय भएको नेपाल पत्रकार महासघंका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिनु भयो ।
उक्त चेक तौलिहवा अस्पताल विकास समितिलाई बुझाउने अध्यक्ष बज्राचार्यले बताउनु भयो ।