बाँके । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ९ जना बाँकेका र एकरएक जना बर्दिया र कैलालीका हुन् ।
Advertisement
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । उनीहरूको भेरी अस्पताल लगायतमा उपचारका क्रममा मृत्यु भएको हो ।