नवलपरासीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

नवलपरासी । नवलपरासी पूर्वमा एक आपसमा दुई ट्रक ठोकिदा ट्रक चालक दुई जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् । सोमबार राती देवचुली नगरपालिका वडा नम्बर २ दुम्कौलि चोक स्थित नवनिर्मित कल्भर्ट नजिक पूर्वबाट आउँदै गरेको ना ७ ख ७०२३ नम्वरको ट्रक र पश्चिमबाट जाँदै गरेको ना ६ ख ३०११ नम्वर को ट्रक एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएकोछ ।

ट्रक ठोकिदा ना ७ ख ७०२३ नम्वरका चालक हेडौटा उपमहानगरपालिका घर भएका ३४ वर्षीय राजकुमार न्यौपाने र अर्को ट्रकका चालक पोखरा महानगरपालिका घर भएका ५१ वर्षीय खेम बहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।

ट्रकका सहचालक बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते हुनुभएको छ। उहाँहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.