• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

भावी समीकरणमा कांग्रेस निर्णायक


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । चितवनमा बुधबार आयोजित सभा छाडेर नेकपा दाहाल–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल हानिँदै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । देउवासँग भेटको चाँजोपाँचो उनीहरूले चितवनबाटै मिलाएका थिए । दाहाल र नेपालले महत्त्वका साथ देउवालाई भेट्नुका पछि भावी सत्ता समीकरणका लागि संसदीय गणित मुख्य कारण थियो ।

    Advertisement

    नेकपा औपचारिक रूपमै विभाजित भए सत्ता समीकरणका लागि कांग्रेस निर्णायक शक्ति हुने देखिन्छ । सभामुखसहित नेकपासँग रहेका १ सय ७३ सांसदमध्ये ओली समूहमा भन्दा दाहाल–नेपाल समूहसँग करिब एक दर्जन बढी छन् । नेकपाको यही अंकगणित कायम रहे सरकार बनाउन १ सय ३८ सांसद पुर्‍याउन दाहाल–नेपाल समूहलाई कांग्रेसकै साथ चाहिन्छ । कांग्रेसको साथ पाए ओलीले पनि आफूअनुकूल गठबन्धन बनाउने सम्भावना छ । ओलीले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर अघि बढ्न सक्ने विश्लेषण कांग्रेस वृत्तमा छ ।

    सांसद आफूतिर तान्न नेकपाका दुवै समूहले सरकार आ–आफ्नो पक्षले बनाउने दाबी अनौपचारिक रूपमा गर्दै आएका छन् । दाहाल–नेपाल समूहले कांग्रेस सभापतिलाई हतारमा भेट्नुका पछि यस्तै मनोविज्ञानले पनि काम गरेको आशंका कांग्रेस नेताको छ । बुधबार भएको करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने आश्वासनबाहेक दाहाल–नेपालसँग ठोस कुरा गरेनन् । भेटपछि एक सार्वजनिक कार्यक्रममा पुगेका देउवाले भावी समीकरणका विषयमा प्रस्ट नभएकाले अहिल्यै निर्णय गर्न उपयुक्त नहुने भनाइ राखेका थिए । नेकपा विभाजन र एकता कतातिर मोडिन्छ प्रस्ट नभएकाले कांग्रेसले निर्णयका लागि हतार नगर्ने उनले बताए । ‘ओलीजीले संसद्मा बहुमत पुर्‍याउन नसक्ने हो भने छाड्दा राम्रो हुन्छ,’ महेन्द्रनारायण निधिको ९९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा देउवाले भने, ‘तर यसो गर भनेर हामीले भन्ने कुराचाहिँ होइन ।’

    भावी समीकरण निर्माणमा दाहाल–नेपाल समूहसामु दुई विकल्प देखिन्छन्– दाहाल वा नेपालमध्ये एकले जनता समाजवादी पार्टीसँगको गठबन्धनमा सरकारको नेतृत्व गर्ने वा देउवालाई प्रधानमन्त्री छाडेर कांग्रेससँग गठबन्धन बनाउने । पहिलो विकल्पमा जाँदा दाहाल–नेपाल समूहलाई जनता समाजवादी पार्टीमा हाल कायम ३२ सांसद संख्याले बहुमत पुग्दैन । त्यसका लागि दाहाल–नेपाल समूहले ओली समूहसँग रहेका दुई दर्जनभन्दा बढी सांसद आफूतिर तान्नुपर्छ । यो बाटो चुनौती र जोखिम दुवै भएकाले दाहाल–नेपाल समूहले कांग्रेस सभापति देउवालाई समयमै ‘इन्गेज’ गराउन खोजेको देखिन्छ ।

    अर्को, कांग्रेस र जसपासँगको गठबन्धनमा सहजै सरकार बनाउने विकल्प छ । यो विकल्पमा जाँदा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुपर्ने बाध्यता आउन सक्छ । देउवाले सरकारमा सहभागी मात्रै हुने विकल्पभन्दा आफैं प्रधानमन्त्री बन्ने बाटो रोज्ने सम्भावना बढी छ । प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट बदर हुनुअघि नै ओलीले ‘प्लान बी’ अन्तर्गत देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेको जानकारी आन्तरिक भेटघाटमै उतिबेलै सुनाएका थिए ।

    देउवाले विगतदेखि नै ओलीसँगको सहकार्यलाई बढ्ता जोड दिएका छन् । नेकपाभित्र विभाजन ओलीकै कारणले मात्रै हुन सक्छ भन्ने बुझाइले नै देउवाले दाहाल–नेपालसँग भन्दा ओलीसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएका हुन् । देउवानिकट स्रोतहरूका अनुसार पार्टी विभाजनको बाटो लिने कि नलिने भन्नेमा ओलीले अहिले पनि कांग्रेसको प्रस्ट धारणा बुझ्न चाहिरहेका छन् । देउवाले यसबारेमा छलफल अघि बढाउनकै लागि बिहीबार पदाधिकारी बैठक बोलाइसकेका छन् । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले समाचार लेखेका छन् ।

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation