काठमाडौँ । प्रेस सङ्गठन नेपालले यही माघ ८ गते दाेस्राे केन्द्रीय भेलाकाे आयाेजना गर्ने भएकाे छ । आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको हाे ।
सङ्गठनका केन्द्रीय सह संयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्य पत्रकारलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेताको विशेष आतिथ्यतामा भेला हुने बस्नेतले जानकारी दिनुभयाे ।
सह संयाेजक बस्नेतले प्रेस विज्ञप्ति जारी गरी भेलामा सङ्गठनका अगुवा पत्रकार, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, पूर्व पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व पदाधिकारी, जिल्ला-प्रतिष्ठान र एसोसिएट शाखाका संयोजक-सहसंयोजक सहभागी हुने जानकारी दिनुभयाे । बैठकले सङ्गठनको एकताप्रति प्रतिबद्ध रही फुट र गुटबन्दीमा नलाग्न देशभरका सम्पूर्ण सदस्यलाई अपिल गरेको छ विज्ञप्तिमा जनाइएकाे छ ।