• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

गुल्मीदरबारमा १५ शैयाको अस्पताल प्रयोगबिहिन


  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल भवन  अलपत्र परेको छ । निर्माण व्यवसायीले गत असारमा भवन निर्माणको काम सम्पन्न गरेपनि भवन प्रयोगमा नआउदा अलपत्र परेको हो ।
    भवन निर्माण गरेको रकम निर्माण व्यवासयीले नपाउदा प्रयोगमा आउन सकेको छैन् । गाउँपालिकाको वडानम्बर–३ को धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न भएको हो ।
        साढे पाँच तलको भवन निर्माणको काम रङ्गा रोगन गरेर चिटिक्क पारिएको छ । भवन ०७८ साल असार २५ गते सम्झौता भइ ०८० असारमा तोकिकै मितिमा निर्माण व्यवसायीले सम्पन्न गरेको गुल्मीदरबार गाउँपालिकाका योजना अधिकृत टंक पन्थीले बताउनुभयो ।
    १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँको लागतमा अर्जुन बिल्र्डस प्रालि तम्घासले भवन निर्माण गरेको हो । निर्माण व्यावसायीले २ करोड ७ लाख रकम अझै पाएका छैनन् ।
     जसले गर्दा अस्पताल भवन अहिले ताल्चा मारेर राखिएको छ। निर्माण सम्पन्न भएको भवनको एक वर्षसम्म सञ्चालनमा नआउदा केहि ठाउँमा भत्कीन र घाँसले घेर्न थालेको छ ।
    लामो समयसम्म अस्पताल भवन सञ्चालनमा नआउनु दुखद पक्ष रहेको स्थानीय थम्मनबहादुर झार्की मगरले बताउनुभयो । उहाँले घर छेउमा अस्पताल बन्ला सुबिधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराए पनि सञ्चालनमा आउन नसक्दा दुख लागेको बताउनुभयो ।
    सम्बन्धी पक्षले यसबारे अबिलम्ब ध्यान दिएर भवन सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय संघिए मामिला मन्त्रालयबाट हाललाई पालिका चलाउने भनेर पठाएको पत्र पठाएकाले डाक्टर लगायत स्वास्थ्य कर्मीहरु राख्न पालिकासँग आन्तरिक श्रोत नहुँदा राख्न समस्या रहेको पन्थीले बताउनुभयो ।
    भवनको रकम निकासा गर्नका लागि पालिकाबाट पटकपटक जानकारी गराउने काम भइरहेको छ । तर त्यसको सुनुवाई नहुँदा भवन अलपत्र जस्तै बनेको पालिकाले जनाएको छ ।
    भवनमा लिफ्ट सिस्टमसँगै अत्यधुनिक खालको रहेको छ । नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यस गरेको थियो ।
    तर जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ ।
    २ वटा वडामा सुरक्षित गर्वपतन सेवा उपलब्ध रहेको छ । गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् ।
    त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा पालिकामै १५ शैयाको अस्पताललाई संचालनमा ल्याउने भनेको थियो ।
    त्यसको लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा एम.वि.वि.एस. डाक्टरको नियुक्ती गरी विशेषज्ञ सेवा प्रवाह गर्ने जनाएको थियो । गाउँपालिकामा एम.वि.वि. एस.डाक्टर सहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेना लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य गाउँपालिकाले लिएको छ।
    तर भवन निर्माण व्यावसायीबाट हस्तातरण नहुँदा समस्या बढदै गएको छ । अहिले गाउँपालिकाले नसर्ने रोग क्यान्सर, सुगर जस्ता विभिन्न रोगबाट बच्न ‘हाम्रो गाउँ स्वास्थ्य बनाउ’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
    नागरिकको खानपान बिभिन्न कारणले नसर्ने रोगका बिरामीहरु बढलै जान थालेपछि त्यसको रोकथाम र जनचेतनाको लागि उक्त कार्यक्रकम गरिदै आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण अर्यालले बताउनुभयो । गाउँपालिकामा निर्माण भएका अत्यधुनिक अस्पताल भवनहरुमा तोकिए अनुसारका सेवा सुबिधा सहितका डक्टरहरु उपलब्ध नभए ठूला भवनले कुनै अर्थ राख्ने छैन्।
    अहिले पनि दुर्गम गाउँवस्तीमा बिशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ । जिल्लाका अन्य पालिकामा १५ शैयाका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शैयाको अत्यधुनिक भवन निर्माणको काम भइरहेको छ ।

    Advertisement

    मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation