• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

रिडी–तम्घास सडक ४३ वर्षपछि विस्तार हुँदै


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीको रिडी तम्घास सडक स्तरउन्नती हुन लागेको छ । सडक ट्याक खुलेको ४३ सालपछि स्तरउन्नती हुन लागेको हो ।
    मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडी–तम्घास सडकको राजासम्म स्तरउन्नती गर्ने कार्य हुँदै आएको छ । सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरउन्नतीको काम भइरहेको छ ।
    सडक निर्माणको काम तिब्र रुपमा अगाडी बढेको छ । सडकमा कटिङ्ग र स्तरउन्नतीको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको छ ।
    राजमार्गको ७० प्रतिशत सडकको कटिङ्गको काम सकिएकोे समानन्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताउनुभयो । सडकमा सवारी साधनले काम गर्न अबरोध गर्नेभएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ ।
    सडक दिउँसोको समय १० बजेदेखि ४ बजेसम्म बन्द गरेर काम हुन्छ । सडकलाई तोकिएकै मितिमा सम्पन्न गर्न निर्माण व्यवसायीले जनशक्ति बढाउने काम गरेको छ ।
    अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्कीदै गएको थियो । गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सडक भएकाले यो सडकमा सवारी साधनको चाप पनि उत्तिकै हुने गर्दछ।
    अहिले भएको सडक सानो हुँदा दुर्घटनाको जोखिम पनि बढी नै रहेको थियो । गुल्मी जिल्ला सदरमुकाम तम्घाससम्म २०३८ सालमा जिल्लाका विभिन्न ठाउँका स्थानीय मिलेर सडक खनेर पहिलोपटक ट्याक्टर आएको थियो ।
    २०२५ सालमा तत्कालिन जिल्ला विकास समिति सभापति स्वर्गीय बैकुण्ठबहादुर चन्दले सडक ल्याउने कार्यमा अगुवाइ गर्नु भएको थियो । गुल्मी सदरमुकाम तम्घाससम्म बाटो ल्याउन चन्दले जिल्ला वासीलाई बाटो खन्ने कार्यमा ठाउँ अनुसार छुट्टा–छुट्टै भाग लगाएर खन्न लगाएर खन्ने काम भएको थियो ।
    अहिले पनि उक्त बाटो तम्घास ल्याउने कार्य गरेको प्रति स्वर्गीय बैकुण्ठबहादुर चन्दलाई सम्झिन्छन् ।
    गुल्मेलीहरु बाटो खन्नका लागि पाल्पासम्म पुगेको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–४ का ७५ वर्षिय कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो । बाटो खन्नकै लागि पाल्पामा कैयौं पटक पुगेको ज्ञवालीले बताउनुभयो ।
    बाटो खन्ने क्रममा विभिन्न ठाउँबाट बाजा गाजा सहित काम गर्ने गरेको उहाँले सुनाउनुभयो । पाल्पाहुँदै रिडीबाट तम्घाससम्म मानिसले नै खनेर बाटो ल्याइएको थियो ।
    त्यतिबेला ट्याक्टर हिड्ने मात्रे बाटो खनिएको थियो । पछि २०६० सालमा केहि समान्य बिस्तार गरेर सडक कालेपत्रे गरिएको थियो ।
    साँघुरो सडकका करिब ३१ वर्षसम्म सवारी साधनहरु जाज–जाउ गरेका थिए । जनसंख्या बृद्धिसँगै अहिले सवारी चाप पनि बढदै गएको छ ।
    सवारी साधनको बृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।
    मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
    १ अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको छ । सडकको वैशाखको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३० प्रतिशत वित्तिय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ ।
    सडकको रिडीदेखि बलेटक्सारसम्म १३ किलोमिटर क्षेत्रमा सबै काम सकेर वर्षात अगाबै ग्राभेर गरिने समानन्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताउनुभयो । तम्घास भित्रिने मुख्य राजमार्ग भएकाले यसलाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि सबै पक्षले निकै चासोका साथ हेरिएको छ ।
    सडक बिस्तारले बलेटक्सार, श्रृङ्गा, लुम्छा, विरवास लगायतका ठाउँमा केहि बस्ती समेत हटाइने भएको छ । सडक बिस्तार गर्न लागेकोमा स्थानीयले हर्षित छन् ।
    साँघुरो सडकमा जोखिपूर्ण यात्रा गर्नुपर्ने अवस्थामा रहेका नागरिकहरुले तोकिएकै मितिमा निर्माणको काम सम्पन्न गर्न आग्रह समेत गरेका छन् । सडक खुलेको धेरै समयपछि सडक बिस्तार हुनु सुखद पक्ष रहेको स्थानीय होमनाथ कँडेलले बताउनुभयो ।
    उहाँले अहिले सडक बिस्तारले गर्दा केहि दुखः पिडा भएपनि ठूलो बाटो बन्दा सबै भुलाइदिने बताउनुभयो । मदन भण्डारी राजमार्ग गुल्मीको रिडी–तम्घास–सिमलटारी,पुर्कोटहुँदै प्युठान जोडिएको छ।
    राजमार्गको तम्घास सिमलटारी २९ किलोमिटर ४ वर्ष पहिले कालोपत्रे भएको थियो । सिमलटारी सौतामारे–मच्छी–सडक कालोपत्रे गर्न निर्माण कार्य अगाडी बढेको छ ।
    सडकको १६ किलोमिटर क्षेत्र अन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । त्यस स्थानमा काम निकै सुस्त गतिमा हुँदै आएको छ ।
    मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौंले निर्माणकार्य गर्दै आएको छ । सडकको १ अरब ४५ करोड ३२ लाख ९ हजार ९९० रुपैयाँको लागतमा निर्माण कार्य हुँदै आएको छ ।
    ०७९ साल कात्तिक ६ गते सम्झौता भएको सडकको ०८२ साल साउन ५ गतेसम्पन्न गर्ने गरि म्याद रहेको छ ।

    Advertisement

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...