• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ९. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • १०. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

रिडी–तम्घास सडक ४३ वर्षपछि विस्तार हुँदै


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीको रिडी तम्घास सडक स्तरउन्नती हुन लागेको छ । सडक ट्याक खुलेको ४३ सालपछि स्तरउन्नती हुन लागेको हो ।
    मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडी–तम्घास सडकको राजासम्म स्तरउन्नती गर्ने कार्य हुँदै आएको छ । सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरउन्नतीको काम भइरहेको छ ।
    सडक निर्माणको काम तिब्र रुपमा अगाडी बढेको छ । सडकमा कटिङ्ग र स्तरउन्नतीको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको छ ।
    राजमार्गको ७० प्रतिशत सडकको कटिङ्गको काम सकिएकोे समानन्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताउनुभयो । सडकमा सवारी साधनले काम गर्न अबरोध गर्नेभएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ ।
    सडक दिउँसोको समय १० बजेदेखि ४ बजेसम्म बन्द गरेर काम हुन्छ । सडकलाई तोकिएकै मितिमा सम्पन्न गर्न निर्माण व्यवसायीले जनशक्ति बढाउने काम गरेको छ ।
    अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्कीदै गएको थियो । गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सडक भएकाले यो सडकमा सवारी साधनको चाप पनि उत्तिकै हुने गर्दछ।
    अहिले भएको सडक सानो हुँदा दुर्घटनाको जोखिम पनि बढी नै रहेको थियो । गुल्मी जिल्ला सदरमुकाम तम्घाससम्म २०३८ सालमा जिल्लाका विभिन्न ठाउँका स्थानीय मिलेर सडक खनेर पहिलोपटक ट्याक्टर आएको थियो ।
    २०२५ सालमा तत्कालिन जिल्ला विकास समिति सभापति स्वर्गीय बैकुण्ठबहादुर चन्दले सडक ल्याउने कार्यमा अगुवाइ गर्नु भएको थियो । गुल्मी सदरमुकाम तम्घाससम्म बाटो ल्याउन चन्दले जिल्ला वासीलाई बाटो खन्ने कार्यमा ठाउँ अनुसार छुट्टा–छुट्टै भाग लगाएर खन्न लगाएर खन्ने काम भएको थियो ।
    अहिले पनि उक्त बाटो तम्घास ल्याउने कार्य गरेको प्रति स्वर्गीय बैकुण्ठबहादुर चन्दलाई सम्झिन्छन् ।
    गुल्मेलीहरु बाटो खन्नका लागि पाल्पासम्म पुगेको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–४ का ७५ वर्षिय कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो । बाटो खन्नकै लागि पाल्पामा कैयौं पटक पुगेको ज्ञवालीले बताउनुभयो ।
    बाटो खन्ने क्रममा विभिन्न ठाउँबाट बाजा गाजा सहित काम गर्ने गरेको उहाँले सुनाउनुभयो । पाल्पाहुँदै रिडीबाट तम्घाससम्म मानिसले नै खनेर बाटो ल्याइएको थियो ।
    त्यतिबेला ट्याक्टर हिड्ने मात्रे बाटो खनिएको थियो । पछि २०६० सालमा केहि समान्य बिस्तार गरेर सडक कालेपत्रे गरिएको थियो ।
    साँघुरो सडकका करिब ३१ वर्षसम्म सवारी साधनहरु जाज–जाउ गरेका थिए । जनसंख्या बृद्धिसँगै अहिले सवारी चाप पनि बढदै गएको छ ।
    सवारी साधनको बृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।
    मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
    १ अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको छ । सडकको वैशाखको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३० प्रतिशत वित्तिय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ ।
    सडकको रिडीदेखि बलेटक्सारसम्म १३ किलोमिटर क्षेत्रमा सबै काम सकेर वर्षात अगाबै ग्राभेर गरिने समानन्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताउनुभयो । तम्घास भित्रिने मुख्य राजमार्ग भएकाले यसलाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि सबै पक्षले निकै चासोका साथ हेरिएको छ ।
    सडक बिस्तारले बलेटक्सार, श्रृङ्गा, लुम्छा, विरवास लगायतका ठाउँमा केहि बस्ती समेत हटाइने भएको छ । सडक बिस्तार गर्न लागेकोमा स्थानीयले हर्षित छन् ।
    साँघुरो सडकमा जोखिपूर्ण यात्रा गर्नुपर्ने अवस्थामा रहेका नागरिकहरुले तोकिएकै मितिमा निर्माणको काम सम्पन्न गर्न आग्रह समेत गरेका छन् । सडक खुलेको धेरै समयपछि सडक बिस्तार हुनु सुखद पक्ष रहेको स्थानीय होमनाथ कँडेलले बताउनुभयो ।
    उहाँले अहिले सडक बिस्तारले गर्दा केहि दुखः पिडा भएपनि ठूलो बाटो बन्दा सबै भुलाइदिने बताउनुभयो । मदन भण्डारी राजमार्ग गुल्मीको रिडी–तम्घास–सिमलटारी,पुर्कोटहुँदै प्युठान जोडिएको छ।
    राजमार्गको तम्घास सिमलटारी २९ किलोमिटर ४ वर्ष पहिले कालोपत्रे भएको थियो । सिमलटारी सौतामारे–मच्छी–सडक कालोपत्रे गर्न निर्माण कार्य अगाडी बढेको छ ।
    सडकको १६ किलोमिटर क्षेत्र अन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । त्यस स्थानमा काम निकै सुस्त गतिमा हुँदै आएको छ ।
    मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौंले निर्माणकार्य गर्दै आएको छ । सडकको १ अरब ४५ करोड ३२ लाख ९ हजार ९९० रुपैयाँको लागतमा निर्माण कार्य हुँदै आएको छ ।
    ०७९ साल कात्तिक ६ गते सम्झौता भएको सडकको ०८२ साल साउन ५ गतेसम्पन्न गर्ने गरि म्याद रहेको छ ।

    Advertisement

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • २.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ४.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ७.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ८.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...